Skip to main content

Posts

Showing posts from 2013

पूर्वी क्षेत्रका सुन पसले पनि ठग

Tweet सरकारी टोलीले अनुगमन बढाएपनि सुनचाँदी व्यवसायीले शुद्धतामा उपभोक्ता ठगीलाई निरन्तरता दिइरहेको पाइएको छ। अनुगमन हुन थालेपछि उपत्यका भित्रका पसलेले ठगी कम गरेपनि उपत्यका बाहिर भने कम नभएको देखिएको हो। उपत्यका बाहिर बहुमूल्य धातुको शुद्धता कम गर्ने र स्वास्थ्यमा हानी पुग्ने रसायन समेत मिसाउने गरेको तथ्य बाहिर आएको छ। गत मंसिर अन्तिम साता सरकारी टोलीले पूर्वी नेपालका पाचवटा बजारमा गरेको अनुगमनले सुनचाँदीमा उपभोक्ता ठगी नरोकिएको देखाएको हो। पूर्वी क्षेत्रका व्यापारिक केन्द्रहरु विराटनगर , इटहरी , धरान , धनकुटा र भोजपुर बजारमा गरिएको अनुगमनले त्यस क्षेत्रमा पसलेले बहुमूल्य धातुमा उपभोक्तालाई ठगी गरिरहेको देखाएको छ। सरकारी टोलीले संकलन गरेका सुनचाँदीका नमुना राजधानीको बालाजुस्थित नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालामा परीक्षण गर्दा सबैजसो पसलेले ठगी गरेको भेटिएको हो। पााचवटा बजारका २१ पसलबाट संकलन गरिएका सुनचाँदीका गहनाको नमुना परीक्षण गर्दा १९ वटाका

आयात : चीनबाट घट्दो, ब्राजिलबाट बढ्दो

Tweet नेपालमा चीन र मध्यपूर्वबाट हुने आयात घटेपनि र इन्डोनेसिया र ब्राजिलबाट हुने आयात भने बढेको छ। पाम आयल र सुपारीको आउने क्रम बढेकाले इन्डोनेसिया र ब्राजिलबाट हुने आयात बढेको हो। चीनतर्फबाट आउने सामग्रीमा कमी आउादा चीनबाट हुने आयातमा भने कमी आएको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वस्तु आयात हुने नेपालका मुख्य पााच साझेदार मुलुकमध्ये चीन र संयुक्त अरब इमिरेट्स(युएई)को आयात केही घटेको छ। यस अवधिमा इन्डोनेसिया र ब्राजिलबाट हुने आयात भने दोब्बरभन्दा बढीले बढेको छ। वाणिज्य मन्त्रालयका अनुसार गत वर्षको प्रथम चौमासिकको तुलनामा चीनतर्फको आयात १३.६ प्रतिशतले र युएईतर्फको आयात ७.३ प्रतिशतले घटेको हो। यस अवधिमा ब्राजिलतर्फको आयात एक सय ३६ प्रतिशतले र इन्डोनेसियातर्फको आयात शतप्रतिशत बढेको छ। यस अवधिमा भारतबाट हुने आयात पनि बढेको छ। भारतबाट हुने आयात भने १० प्रतिशतले बढेको हो। ‘पहिले अन्य मुलुकबाट आउने गरेको पाम आयल यसपाली भने ब्राजिलबाट धेरै आएको छ, यसले गर्दा त्यहाबाट हुने आयात बढेको देखिएको हो’, वाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले भने, यस अवधिमा पोहोर वर्षभर आएको जति

पूर्वाधारमा निजी क्षेत्र-टेलिकम साझेदारी

Tweet नेपालको ठूलो दूरसञ्चार कम्पनीमध्येको एक नेपाल टेलिकमले सेवा विस्तार र वैकल्पिक सेवा सञ्चालनका लागि निजी क्षेत्रका पूर्वाधार प्रयोग गर्न थालेको छ। ठूला दूरसञ्चार कम्पनीबिच पूर्वाधार साझेदारी हुन नसकिरहेका बेला टेलिकमले साना कम्पनीका पूर्वाधार प्रयोग गरेर साझेदारी अवधारणा अघि बढाएको हो। सेवा विस्तार र वैकल्पिक सेवा सञ्चालनका लागि टेलिकमले पूर्वाञ्चलका केही क्षेत्रमा हालै मात्र साना कम्पनीसाग पूर्वाधार साझेदारी गरेको छ। कम्पनीले साना कम्पनीहरुको अप्टिकल फाइबर भाडामा लिएर साझेदारी अवधारणा अघि बढाएको हो। टेलिकमले केही वर्ष अघि निजी क्षेत्रको प्रतिष्पर्धी कम्पनी एनसेललाई पूर्व–पश्चिम राजमार्गमा बिछ्याइएको अप्टिकल फाइबर भाडामा दिन अस्वीकार गरेको थियो। कर्मचारी संगठनहरुको दबाबमा एनसेललाई अप्टिकल फाइबर नदिने निर्णय भएपछि एनसेल आफैले फाइबर बिछ्याएको थियो। टेलिकमले हालै सुनसरीको दुहबीदेखि इटहरीसम्म प्लस कम्युनिसकेसन प्रालीको फाइबर भाडामा लिएको छ। पूर्वी क्षेत्रमा विभिन्न केबुल टेलिभिजन र इन्टरनेट सेवाप्रदायकलाई फाइबर भाडामा दिदै आएको प्लस कम्युनिकेसनसाग जमिनमाथी टागिएका फाइबर भाडामा