Tweet दुई वर्षअघि भारतको राजधानी दिल्ली एउटा सामूहिक बलात्कारको मुद्दालाई लिएर निक्कै दिनसम्म तातेको थियो। लगत्तै हाम्रो राजधानी पनि उस्तै मुद्दा लिएर तात्यो। नागरिक अभियन्ताहरू बालुवाटार दरबार घेर्न गए। बालुवाटार सत्याग्रह (अक्यूपाई बालुवाटार)को बिजारोपण भयो। सत्याग्रहले कति साहस देखायो र कति सत्य स्थापित गरायो अनि सरकारलाई सही कदम उठाउन कति बाध्य बनाउन सक्यो, त्यो तपाई हाम्रासामू छर्लंग छँदैछ। दुई वर्षपछि अहिले फेरि दिल्ली उही निर्भया बलात्कार घटनासँग सम्बन्धित डकुमेन्ट्री विवादले तातेको छ। डकुमेन्ट्री प्रसारणमा लगाइएको रोकको पक्ष विपक्षमा पुरै भारत विभाजित छ। प्रसारणको विपक्षमा हुनेहरूले सरकार र भारतीय सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरिरहेका छन् भने प्रसारण रोकको विपक्षमा हुनेहरू दिल्लीले अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको आरोप लगाइरहेका छन्। ठिक यसै समय हाम्रो राजधानी पनि तातेको छ। यता दिल्लीमा बढ्दो तापक्रमसँगै दुई वर्ष पुरानो घटनासँग सम्बन्धित डकुमेन्ट्रीले सडक र सदनको पारो चढाएको छ। उता, काठमाडौं खाल्डोमा भने बलात्कारीलाई फाँसी दिनुपर्ने मागले सडक र सभामा तापक्रम ब
This is a personal blog