Skip to main content

Posts

Showing posts from 2015

भारतीय ‘मन्द बिष’ र नेपाली राष्ट्रीयता

Tweet पश्चिमा दर्शनशास्त्रीमा प्लेटोको नाम सर्वविदितै छ । उनै प्लेटोले मानव समाज कसरी भ्रममा बाचेको हुन्छ भन्ने बुझाउन दृष्टान्त बनाएको ‘एलेगोरी अफ दी केभ’ विश्व चर्चित छ । ज्ञान दर्शनका विद्यार्थीका लागि त यो एउटा ‘मास्टर्ड पिस’ नै हो । ‘एलेगोरी अफ दी केभ’मा प्लेटोले काल्पनिक गुफा सिर्जना गरेका छन् । गुफामा हात बाधेर लहरै राखिएका कैदी छन् । तीनको पछाडीपट्टिबाट प्रकाश दिइन्छ । त्यहि प्रकाशलाई छेक्दै घोडाका आकृती कुदाइन्छ । जब कैदीहरु आफू अगाडी घोडाको छाँया देख्छन्– तिनलाई लाग्छ असली घोडाहरु यिनै हुन् ।  कुनै दिन एक कैदीलाई गुफाबाट बाहिर निकालिन्छ । उसले सूर्यको प्रकाश सामना गर्न सक्दैन । जसरी हामी मध्य दिउसो घरबाट फुत्त निस्कदा घामको प्रकाशमा अध्यारो मात्र देख्छौ । त्यो कैदीको अवस्था त्यस्तै हुन्छ । उसलाई असली घोडा देखाइन्छ । सुरुमा उसले गुफा भित्रकै घोडा असली ठान्छ । बाहिरी घोडालाई नक्कली भन्छ । तर, विस्तारै उसले वास्तविकता बुझ्छ अनि आफ्नो भ्रमबाट मुक्त हुन्छ ।  प्लेटो त्यही भ्रमबाट मुक्त भई ज्ञान आर्जन गरेको कैदीलाई भित्र लगेर अरुसँग मिलाउने कल्पना गर्छन् । जब उ भित्र जान्छ,

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हुन् भन्न स

मोदी मनोविज्ञान र भारतीय हस्तक्षेप

Tweet संसारका सबै वस्तु र क्रियाका केही न केही आधार हुन्छन् । विना आधार वस्तु र क्रियाको अस्तित्व सम्भव छैन । ग्रहको अस्तित्व गुरुत्वमा निर्भर गर्छ भने ज्ञानको आधार सिकाई र अनुभवमा । हामीले व्यक्त गर्ने हरेक क्रिया, प्रतिक्रिया र आचरण कुनै न कुनै आधारबाट निर्देर्शित र नियन्त्रित हुन्छन् । तर, हामी हरेक क्रिया, प्रतिक्रिया वा आचरणका आधारको खोजी गर्दैनौ न त तिनको आत्माभास नै हुन्छ । तैपनि प्रकृतिको नियमै हो, आधारविना कुनै तत्वको निर्माण सम्भव छैन । चाहे त्यो भौतिक होस वा अभौतिक, मौलिक होस् या गैर–मौलिक, मूल्यवान् होस् मूल्यहिन, आत्मिक होस् या बौद्धिक ।  विश्व संरचना पनि यस्तै विभिन्न आधारबाट चलेका हुन्छन् । कति आधार समूह–निर्मित (ग्रुप म्यानुफ्याक्चर्ड) हुन्छन् त कति स्वयं–निर्मित (सेल्फ म्यानुफ्याक्चर्ड) हुन्छन् । विश्व संचरचनामा अन्तर्राष्ट्रिय सम्बन्ध पनि एक हो । अधिकतर राजनीतिक स्वार्थबाट निर्देशित हुने अन्तर्राष्ट्रिय सम्बन्ध संचालनका पनि आफ्नै आधार छन् । यीनै आधारबाट निर्देशित भएर यस क्षेत्रमा नया“ आयाम आउने र हराउने गर्छन् । अब कुनै आधार आयाम बन्छन्, कालान्तरमा नियम वा

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिपले तानेन । 

कविता

Tweet पाल म नीलो पाल आफन्त वियोगी आत्मालाई शीतबाट ओत दिन उभिएको आँसुले भिजेका गालालाई आशाका पसिनाले भिजाउन खुला चौरमा ठडिएको । नीलो छ, आकास मजस्तै नीलै हुन्छन् रतिक्रीडाका रात पनि ओ महाशय ! मलाई रतिक्रीडाको रङ नसम्झ म शोक र चित्कारको आर्तनादमा उभिएको सन्त मलाई सेल्फी खिच्न झुन्ड्याइएको पर्दा नसम्झ । कुरुक्षेत्रपछि एक्लिएको कृष्णझैँ विरक्तिएका मनलाई साहसी बनाउन मुहारमा लालिगुराँस फूलउदै छु ओ महशय ! मलाई साहसिक पदमार्गमा टाँगिएको अस्थायी आवास नठान म भत्किएका मनहरु टाल्ने  एक इँटा मलाई विशिष्ट सभाहलको छानो नसम्झ । म मृत्यु देख्नेहरुको मृत्यु रोक्ने मन्त्र बोकेर आएको माया गुमाउनेहरुको मन बहलाउन आएको एक आकासे यायावर ओ महाशय ! मलाई तिम्रो हेलिकप्टर यात्रालाई कानुनी बनाउने यन्त्र नठान मृत्यु जितेर बाँचेकाहरुलाई खादा र फूलमाला बोकाएर मेरो स्वागतमा उभ्याउने नगर । म नीलो पाल दूधे बाललकको चित्कारले सम्मोहित भई पीडितको पाउ छुन आएको खण्डहर आत्महरुसँगै रुन आएको ओ महाशय ! तिमी प्रेमीकाको साथमा मेर

मृत्युदण्ड : व्यक्ति होइन, सोचलाई

Tweet दुई वर्षअघि भारतको राजधानी दिल्ली एउटा सामूहिक बलात्कारको मुद्दालाई लिएर निक्कै दिनसम्म तातेको थियो। लगत्तै हाम्रो राजधानी पनि उस्तै मुद्दा लिएर तात्यो। नागरिक अभियन्ताहरू बालुवाटार दरबार घेर्न गए। बालुवाटार सत्याग्रह (अक्यूपाई बालुवाटार)को बिजारोपण भयो। सत्याग्रहले कति साहस देखायो र कति सत्य स्थापित गरायो अनि सरकारलाई सही कदम उठाउन कति बाध्य बनाउन सक्यो, त्यो तपाई हाम्रासामू छर्लंग छँदैछ। दुई वर्षपछि अहिले फेरि दिल्ली उही निर्भया बलात्कार घटनासँग सम्बन्धित डकुमेन्ट्री विवादले तातेको छ। डकुमेन्ट्री प्रसारणमा लगाइएको रोकको पक्ष विपक्षमा पुरै भारत विभाजित छ। प्रसारणको विपक्षमा हुनेहरूले सरकार र भारतीय सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरिरहेका छन् भने प्रसारण रोकको विपक्षमा हुनेहरू दिल्लीले अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको आरोप लगाइरहेका छन्। ठिक यसै समय हाम्रो राजधानी पनि तातेको छ। यता दिल्लीमा बढ्दो तापक्रमसँगै दुई वर्ष पुरानो घटनासँग सम्बन्धित डकुमेन्ट्रीले सडक र सदनको पारो चढाएको छ। उता, काठमाडौं खाल्डोमा भने बलात्कारीलाई फाँसी दिनुपर्ने मागले सडक र सभामा तापक्रम ब

कस्मिरबाट नेपाली लडाकुको पत्र

मममतामयी माता साष्टाङ्ग दण्डवत!   माते! खै के लेखुँ यहाँको खबर? ठिक छैन भनुँ भने ठिकै छ। ठिकै छ भनुँ भने बेठिकै बेठिक छ। जीवनमा सपना त धेरै देखियो। सपनाकै हुटहुटीले ‘सपनापथ’का धेरै खाले दोबाटाहरु काटियो। तर, माता! सबै सपना कहा साकार हुदा रहेछन् र?   मान्छेको जातै सपनाको पहाड बनाउने। पहाड चढ्ने गोरेटा कोर्ने। सुरुङ बनाउने, सके केबुल कार, जहाज र रकेट बनाउने, अनि सपनाको शिखर पुग्ने। नसके  सिसिफसको कथा जस्तो, थुन्सेभरी सपना पूर्तिका आकांक्षा र लक्ष्य बोकेर पहाड उक्लने। उक्लँदाउक्लँदै पहिरो आउँछ, पहिरोसँगै फेदीतिर झर्ने। अनि फेरि, अर्को सपनाको पहाड ठड्याउने। दैनिकी उही–थुन्सेभरी सपना, नाक ठोक्किने उकालो, पहिरो अनि फेदी।   हामी नेपाली साह्रै भाग्यमानी हौ या साह्रै अभागी। एकबारको जुनीमा हामीले जति धेरै सपनासँग साक्षात्कार गर्ने मौका दुनियाँका कमैले पाउलान्। हामी त सपना विज्ञानका प्रयोगकर्ता हौ। विज्ञानकै भाषामा भन्दा सपना विज्ञानका वैज्ञानिक हौ। सायद, नेपालीले जत्ति ‘जीवन–सपना’को परीक्षण गर्ने मौका कसले पाएका होउलान्?   दुनियाँका कैयौ पुस्ता आमाको गर्भमै माता–पिताले बनाइदिएका सप

किन चाहन्छ भारत नेपालको जलस्रोतमा एकाधिकार?

जब नेपाल-भारत जल तथा उर्जा साझेदारीको विषय उठ्छ, नेपालमा उच्च राजनीतिक तहदेखि जनस्तरसम्म विवाद सुरु हुन्छ। एकथरिले भारतसँग सम्झौता गर्नै हुन्न भन्छन्, अर्कोथरीले जसरी पनि गनैपर्छ भन्छन्। कहिले सम्झौता गर्नै पर्छ भन्नेको बल पुग्छ र सम्झौता हुन्छ भने सम्झौता  गर्नै हुन्न भन्नेको बल पुग्दा हुन लागेका सम्झौता रोकिन्छन्। नेपाल–भारत जल तथा उर्जा साझेदारीका विषयहरु विगतदेखि नै यीनै दुई अतिवादी धारको धरापमा पर्दै आएका छन्। ‘गर्नै पर्छ’ र ‘गर्नै हुन्न’को बिचमा अर्को एउटा आवाज पनि उठ्ने गर्छ–‘नेपालको राष्ट्रिय हितलाई बढीभन्दा बढी समेटेर सम्झौता गर्नुपर्छ।’ तर, यो आवाज सधैं धिमा हुने गरेको छ। जसले गर्दा दुई अतिवादी धारको लडाइमा ‘जसरी पनि सम्झौता गर्नुपर्छ’ भन्ने अतिवादले जित्दा नेपालले हरेक जल तथा उर्जा सम्झौतामा भारतलाई हात माथि पार्न सजिलो पारिदिएको छ। दुई अतिवादको धरापमा परेकै कारण नेपाल कोशी, गण्डक र महाकाली सन्धिमा ठगिएको छ। कतिपयले यी सन्धिहरुलाई उत्कृष्ट नमुनाकारुपमा समेत प्रस्तुत गर्छन्। तर, हामीले गरेका सन्धिले हाम्रै हातबाट प्राकृतिक सम्पदा कसरी खोएिको छ भन्ने जान्न विश्वका अरु क्