Tweet साढे दुई वर्षपछि भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति (आईजीसी) बैठकमा प्रस्तुत अधिकांश नेपाली मुद्दामा भारत असहमत देखिएको छ । मंगलबार र बुधबार नयाँदिल्लीमा भएको बैठकमा भारतीय पक्षले धेरै नेपाली मुद्दामा असहमति जनाएको हो । ‘हामीले छलफलमा राखेका अधिकांश कुरामा भारतीय पक्ष सकारात्मक हुन सकेन,’ बैठकमा सहभागी एक अधिकारीले बुधबार साँझ कान्तिपुरसँग भने, ‘भारतीय विमतिले गर्दा बैठक लम्बिँदै गएको छ ।’ बुधबार अपराह्न सकिने भनिएको बैठक भारतीय पक्ष कडा रूपमा प्रस्तुत हुँदा यो समाचार तयार पार्दासम्म सम्पन्न भएको छैन । नेपाली उत्पादनमा लगाएको गैरभन्सार अवरोध हटाउन नेपाली टोलीले आग्रह गरेपछि भारतीय पक्ष बिच्किएको थियो । ‘हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं,’ बैठकमा भारतीय अधिकारीले भनेको उद्धृत गर्दै नेपाली सहभागीले भने, ‘हाम्रो गुणस्तर मापदण्ड अपनाउन बरु सहयोग गर्न तयार छौं ।’ भारतले केही महिनादेखि नेपालबाट निर्यात हुने चिया र छालामा गैरभन्सार अवरोध सिर्जना गरेको छ । उसले नेपाली उत्पादनलाई भारत निर्यातमा निरुत्साहित गर्न गुणस्तर परीक्षण जटिल बनाउँदै लगेको छ । दुई पक्ष
This is a personal blog