Tweet विष्णु पोखरेल कपाल फुलेर सेतो बनेझैँ हिउ फुलेर सगरमाथा कालो बनेका बेला छेउमा आएर भन्छौँ– ‘बाग्मती दुर्गन्धित भयो, सफा गर्न जाऔँ ।’ एक मनले सोच्छु– ‘ठिकै भन्दैछौँ बाग्मती सफा गर्नु धुलाम्मे बनेको सभ्यताको एउटा पुस्तक टक्टक्याउनु हो, भूँइचालोले भत्काएको भग्नावशेषबाट एकजोडी घाइते प्रेमिलाई अंकमाल गरिरहकै अवस्थामा उद्दार गर्नु हो ।’ हुर्कदै गरेको बाख्राको पाठोझैँ चुलबुल गरिरहने मन स्थिर हुन कहाँ सक्छ र ? अर्को मनले भन्छ– ‘पख, पख बाग्मतीमा अहिले पानी होइन ढल बग्छ, सुगन्ध होइन, दुर्गन्ध फैलन्छ पक्कै तलाई पत्तो नहोला अचेल त्यहाँ सभ्यता होइन सत्ता र सत्ताको छायाँ सँगसँगै बग्दछ ।’