Tweet मृत्युपत्र विष्णु पोखरेल यो पत्र होइन । मृत्युपत्र हो । कसैलाई बकपत्र लाग्ला । कसैलाई जीवनको छोडपत्र । पत्र त पत्रै हो–मृत्युलाप पत्र । जीवनगमनपत्र । परमधामपत्र । मरण–चरणपत्र । हुनसक्छ कसैका लागि–पतित पत्र । खलपत्र । हारपत्र । अनि केहीका लागि अलमलपत्र । जब माओको मस्तिष्कबाट मोहम्मद बोल्छु । मलाई नै थाहा हुदैन–म मर्दैछु । सीताको राज्यमा बसेर रावणले हरण गरेको सोच्छु र विभिषण बन्ने प्रयत्न गर्छु । बरा फ्रायड जिउदै हुदाहुन्–तिनको बुता के चल्थ्यो? मेरो मस्तिष्को कोर्टेक्सलाई कोट्याउने? हुन पनि हो, सीताहरण त वनबासमा पो हुन्छ । जब सुसुम्नाले सन्देश दिन्छ–मुहारमा कान्ती हराउ“छ । मन एकतमासे बन्दै डराउ“छ । थाम्दाथाम्दै थाप्लोबाट चिसिदै गएको संवेदनाले नाभी कमाउ“छ । खै, जत्ति नाभी काम्दापनि लोकलाजको डर भने छैन । होस् पनि किन? जबसम्म दिमाग ठेगानमा हुन्छ, तबसम्म पो लोकलाज? मुटुको चाललाई धामीको ड्याङ्ग्रो ठान्ने भएपछि, मस्तिष्कले कसरी जानोस् लाजको लवज? बिचरो धमिराले मक्काएको ढोड भइसक्यो । अ.......अगि के पो भन्दै थिए? ए ए ‘पत्र’ । हो त बाबै, यो मेरो मृत्युपत्र हो । लोकले द
This is a personal blog