Skip to main content

चामल, दाल, तेलको अधिकतम मूल्य तोकिँदै


विष्णु पोखरेल, काठमाडौं, भदौ २२- केही व्यापारीको मिलेमतोमा उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा बढिरहेका बेला वाणिज्य विभागले अत्यावश्यक आठ खाद्य वस्तुको अधिकतम मूल्य (एमआरपी) तोक्न सरकारलाई प्रस्ताव गरेको छ।  वाणिज्यमन्त्रीसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य तोक्न दुई साताअघि विभागलाई निर्देशन दिएका थिए।
विभागले सोही निर्देशनअनुसार बजार मूल्यको विश्लेषण गरेर सर्वसाधारणलाई अति आवश्यक आठ वस्तुको भाउ तोक्न वाणिज्य मन्त्रालयलाई बिहीबार प्रस्ताव गरेको हो। सरकारले यसरी भाउ तोक्न लागेको यो पहिलोपटक हो।
विभाग महानिर्देशक नारायणप्रसाद बिडारीका अनुसार चामल, दाल, पिठो, तेल, गेडागुडी, नुन, चिनी र चिउराको भाउ तोक्न मन्त्रालयमा प्रस्ताव छलफलबाट मन्त्रिपरिषदले पारित गरेपछि लागू हुनेछ।
'हामीले विभिन्न खाले तथ्य-तथ्यांक विश्लेषण गरी आठ वस्तुको मूल्य प्रस्ताव गरेका हांै,' बिडारीले भने, 'हामीले व्यापारीका संस्थाहरुको सुझाव मागेका थियौं, उहाँहरुले नदिएपछि सुझावबिनै प्रस्ताव पठाएका छौं।' विभागले चेम्बर अफ कमर्स, खुद्रा व्यापार संघ, किराना व्यापारी संघलगायतलाई मूल्य सुझाव गर्न बिहीबारसम्मको समय दिएको थियो।
यी संस्थाहरुले कुनै सुझाव नदिएपछि विभाग आफंैले संकलन गरेको तथ्यांक विश्लेषणका आधारमा मूल्य तोक्न सिफारिस गरेको हो। विभागले एक वर्षअघिदेखि राजधानीमा बढी खपत हुने दैनिक उपभोग्य वस्तुको नियमित मूल्य संकलन गर्दै आएको थियो।
बिडारीले मसिनो, मन्सुली र मोटा चामलको मात्र भाउ तोक्ने प्रस्ताव गरिएको बताए। यसैगरी दालमा मास, मुसुरो, रहर र मुङ, पिठोमा गँहु र मैदा, तेलमा तोरी, भटमास र सूर्यमुखी, गेडागुडीमा केराउ, चना र सिमी-बोडीको अधिकतम मूल्य तोक्न सिफारिस गरिएको छ। उनले सिफारिस गरे पनि अन्तिम रूप नपाइसकेकाले मूल्य विवरण भने सार्वजनिक गर्न नमिल्ने बताए।
सरकारले आवश्यक वस्तु संरक्षण ऐनअनुसार उपभोग्य वस्तुको भाउ तोक्न लागेको हो। ऐनले बजारमा अत्यावश्यक वस्तुको कालोबजारी हुन नदिन भाउ तोक्नसक्ने व्यवस्था गरेको छ। विभागले पठाएको प्रस्तावलाई मन्त्रालयले सरोकारवालाबिच छलफल गराई मन्त्रिपरिषद पठाउनेछ।
वाणिज्य सचिव लालमणि जोशीले सर्वसाधारणले कालोबजारीको सामना गर्नुपरिरहेकाले सरकारले उपभोग्य वस्तुको भाउ तोक्न लागेको बताए। उनले बजार हस्तक्षेपका लागि सरकारले उपभोग्य वस्तुको मूल्य तोक्न लागेको जानकारी दिए। मन्त्रालयले चाँडै खाद्य वस्तुको भाउ तोक्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने जोशीले बताए।
केही समयदेखि बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ। मूल्यवृद्धि धेरै भएपछि सरकारलाई नियन्त्रण गर्ने दबाब परिरहेको छ। मूल्यवृद्धि नियन्त्रणका लागि प्रधानमन्त्री भट्टराईले पटक-पटक सरकारी निकायलाई निर्देशन दिइसकेका छन्।
'ठूला गोदाम छापा मार्छौं'
वाणिज्य सचिव जोशीले मूल्यवृद्धि नियन्त्रणका लागि ठूला व्यापारी र उत्पादकका गोदाम छापा मार्ने बताएका छन्। उनले प्रधानमन्त्रीको निर्देशनअनुसार ठूला व्यापारीका गोदाम पनि छापा मार्ने तयारी भएको जानकारी दिए।
'प्रधानमन्त्रीले कृत्रिम अभाव सृजना गर्नेका गोदामका ताला फोडेर भए पनि अनुगमन गर्न निर्देशन दिइसक्नुभएको छ,' बिहीबारै राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, 'अब गोदाम बन्द गरेर हिँड्ने व्यापारीको ताला तोडेर भए पनि अनुगमन गछर्ौं।'
केही दिनअघि सरकारी अनुगम टोली जाँदा कुलेश्वरका आयातकर्ता व्यापारीले गोदाम बन्द गरेर भागेका थिए। प्रधानमन्त्रीले ठूला व्यापारीका कारण भाउ बढेको भन्दै यस्ता भगौडालाई कारबाही गर्न निर्देशन दिएपछि जोशीले यस्तो प्रतिक्रिया दिएका हुन्। 'हिजो अस्तिसम्म सचेतनामूलक अनुगमन भइरहेको थियो, अब सशक्त अनुगमन हुन्छ,' जोशीले भने, 'मूल्यवृद्धि कम गर्न सरकारले अब कुनै कसर बाँकी राख्दैन।'

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...