Skip to main content

पालो अब हाइब्रिड कारको


काठमाडौं–नेपालीले पैसा हालेर पेट्रोल, डिजेल किन्न पनि बाह्रैमास जस्तो सास्ती खेप्नुपर्छ। पेट्रोल पम्पमा लाग्ने लामो लाइन नेपालीलाई नौलो हुन छाडिसक्यो। 
आफ्नै पेट्रोलियम स्रोत नभएको नेपालले मागजति इन्धन आपूर्ति गर्न नसक्दा सधैं समस्या आउने गरेको छ। पेट्रोलियम इन्धन स्रोत नभएको नेपालमात्र हैन, रित्तिँदो इन्धन स्रोत अहिले संसारभरको टाउको दुखाइ भएको छ। 
रित्तिदो इन्धन स्रोतको चिन्ताले सवारी निर्मातालाई भने नयाँ–नयाँ अन्वेषण र खोज गर्न हौस्याएको छ। सवारी निर्माता इन्धन कम खाने र वातावरणमैत्री उत्पादनको अनुसन्धान र विकासमा जुटिरहेका छन्। यस्तै अन्वेषणमध्येको एक सफल प्रयोग 'हाइब्रिड कार' अहिले विश्व बजारमा फैलँदो छ, जसले नेपाली बजारमा पनि भर्खरै मात्र प्रवेश पाएको छ।
इन्धन किफायती र वातावरणमैत्री भनी चिनिएका हाइब्रिड कार नेपालका लागि मितव्ययी सवारी सावित हुन सक्नेछन्। पेट्रोल वा डिजेल र ब्याट्री दुबैबाट चल्ने यस्ता सवारी प्रयोगले इन्धनका लागि वर्षेनि विदेशिने अर्बौं  रकमसमेत कम गर्न सकिने बिक्रेता बताउँछन्। 
सरकारले सवारीसाधनमा लगाएको कर नघटाएसम्म यस्ता कार सस्तो मूल्यमा उपलब्ध हुनसक्ने छैन। तर, यस्ता कारका लागि कर घटाउनुपर्ने व्यवसायीको माग छ। अरूमा अहिलेकै कर जारी राखे पनि हाइब्रिडमा भने करको दर कम गर्नुपर्ने व्यवसायीको माग छ। 

'हाइब्रिड कारलाई सरकारले कर सहुलियत दिए मुलुककै लागि फाइदा हुनेछ,' नाडा अटो सोबाट औपचारिक रूपमा होन्डाको हाइब्रिड कार बिक्री सुरु गर्न लागेको स्याकार कम्पनीका निर्देशक सौरभ ज्योति भन्छन्, 'हाइब्रिडले इन्धन खपत निक्कै कम गर्छ।' होन्डाले उत्पादन गरेको 'इन्साइट' मोडेलको हाइब्रिड कार कम्पनीले नेपाल ल्याएको हो। 
यहाँका सडकमा गुडाएर परीक्षणपछि कम्पनीले यो मोडेल भिœयाएको हो। ह्याचब्याक समूहको यो गाडीको बजार मूल्य कम्पनीले ७५ लाख रुपैयाँ तोकेको छ। 'यस्तै सुविधा भएका सामान्य कारको भाउ ४० लाख पर्छ,' ज्योति भन्छन्, 'हाइब्रिड भएकाले यसको भाउ धेरै भएको हो, ५० प्रतिशतसम्म कर घटाइदिने हो भने अरूकै भाउमा आउँछ।' 
पेट्रोल र ब्याट्री दुबैबाट यो कार कुदाउन सकिन्छ। यसको ब्याट्रीलाई छुट्टै प्लग जोडेर चार्ज गर्नुपर्दैन। पेट्रोलबाट इन्जिन स्टार्ट हुन्छ, त्यसपछि एक गतिमा कुदाएका बेला स्वचालित रूपमा ब्याट्रीबाट चल्छ। ब्रेक लगाउनु पर्‍यो वा स्पिड बढाउनु पर्‍यो भने पेट्रोल खपत हुन्छ, एक गतिमा कुदाउँदा भने ब्याट्रीको इन्धन खपत हुन्छ। 
'यो अनप्लग हाइब्रिड हो,' उनी भन्छन्, 'प्लगइन हाइब्रिडको ब्याट्रीलाई भने बिजुली जोडेर चार्ज गरिन्छ।' १ हजार ३ सय सिसी इन्जिन क्षमताको यो कार राजधानीभित्र १ लिटर पेट्रोलमा १७ किलोमिटर कुद्न सक्छ। कम्पनीले बिक्रीका लागि भन्दा पनि सरकार र ग्राहकलाई समेत जानकारी गराउन हाइब्रिड कार बजार ल्याएको जनाएको छ। 'यसले नीति निर्मातालाई पनि सहयोग पुगोस् भनेर ल्याएका हौं,' ज्योति भन्छन्, 'यस्ता गाडीबारे सरकारमा बस्नेले पनि जाकारी लिन जरुरी छ।' 
मुलुकमा अहिले पेट्रोल प्रतिलिटरको १ सय २५ रुपैयाँ र डिजेल ९५ रुपैयाँ पर्छ। दिनहुँ यस्ता इन्धनको भाउ आकासिँदो छ। हाइब्रिड गाडी प्रचलनमा आए भाउ बढिरहेका बेला ग्राहकले इन्धन खर्च बचत गर्न सक्छन्। 
होन्डा मात्र होइन, टोयोटाको बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले पनि हाइब्रिड कार बजार ल्याएको छ। कम्पनीले टोयोटाको 'प्रिअस' हाइब्रिड मोडेल बजार ल्याएको हो। 'अहिले टेस्टका लागि ल्याएका हौं,' कम्पनीकी कार्यकारी उपप्रबन्धक सारा केसी भन्छिन्, 'किन्न चाहनेलाई उपलब्ध गराउन पनि सक्छौं।' 
मुलुकको सडक सुहाउँदो भए यसलाई बजार ल्याउने कम्पनीको योजना छ। टोयोटाले प्रिअसका चार मोडेल उत्पादन गर्छ। स्वदेशी बजारमा भने कम्पनीले एउटा मोडेलमात्र ल्याएको छ। यसको भाउ १ करोड २० लाख तोकिएको छ। यो पनि पेट्रोल र ब्याट्री दुबैबाट चल्छ। 
होन्डा र टोयोटामात्र होइन, अन्य कम्पनीले पनि हाइब्रिड गाडी बनाएका छन्। सरकारले यस्ता इन्धन किफायती गाडीमा कर कम गरे धेरै कम्पनीले ल्याउन सक्ने बिक्रेता बताउँछन्। हाइब्रिड गाडीमा कर घटाउन गाडी बित्रेकताको छाता संगठन नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले पनि पहल गरिरहेको छ। इन्धन किफायती र वातावरणमैत्री भएकाले अब ग्राहकको रोजाइमा यस्ता गाडी पर्ने बिक्रेताहरू दाबी गर्छन्। 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...