Skip to main content

दैनिक उपभोग्य वस्तुको भाउ तोकियो(तालिकासहित)

काठमाडौं, भदौ २८ –सरकाले पहिलो पटक दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य(एमआरपी) तोकेको छ। मुख्य सचिव लिलामणि पौडेलको संयोजकत्वमा बसेको सरकारवालाको बैठकले उपभोग्य वस्तुको एमआरपी तोकेको हो। व्यवसायीका प्रतिनिधी समेत सहभागी बैठकले उनीहरुको सहमतीमा भाउ तोकेको हो। सरकारले चामल, दाल, गेडागुडी र पिठोको भाउ तोकेको छ।

नुन र चिनीको भाउ भने सरकारी संस्थानहरुसँग छलफल गरेर तोक्ने निर्णय भएको छ। बैठकले खाने तेलमा भने प्याकेटमा लेखिएको एमआरपीमा २ प्रतिशत छुट दिने निर्णय गरेको छ। तोकिएको भाउमा नबेच्ने व्यापारीलाई सरकारले कारबाही गर्नसक्नेछ।

 सरकारले तोकेको मूल्य(किलोमा)
जनरल सोना मन्सुली ३६
स्टिम सोना मन्सुली ४६
जनरल जिरा मसिनो ५५
स्टिम जिरा मसिनो ६०
मास दाल मझौला ९६
मास दाल ठूलो गेडा १०५
मुसुरो दाल मझौला ९३
मुसुरो दाल ठूलो गेडा १०२
मुङ खोस्टा मझौला ११७
मुङ खोस्टा ठूलो गेडा १२७
चना मझौला १०७
केराउ सेतो ६५
बोडी ९५
आटा ३१
मैदा ३६

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...