Skip to main content

यसरी ठगेछ साल्ट ट्रेडिङले उपभोक्ता र सरकारलाई


काठमाडौं, असोज–सुलभ दरमा उपभोग्य वस्तु उपलब्ध गराउने भनेर सरकारले खडा गरेको साल्ट ट्रेडिङ लिमिटेडले उपभोक्ता र सरकारलाई ठगेको भेटिएको छ। 
सरकारको समेत स्वामित्व रहेको यो कम्पनीले उद्योगीसँग चलेकोभन्दा बढी भाउमा चिनी किनेर, पहिलो गोदाम रित्याएर व्यापारीका हातमा चिनी पुगेपछि भाउ बढाइदिएर र ५५ रुपैयाँको चिनीको भाउ ७६ रुपैयाँ कायम गरेर ठगी गरेको तथ्य बाहिर आएको हो। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपभोक्तालाई ठगी गरेको शंका गर्दै छानबिनको थालेको कम्पनीमा एक उपभोक्तावादी संस्थाले गरेको अध्ययनबाट यो तथ्य बाहिर आएको हो। यद्यपी अनुगमनको जिम्मेवारी पाएको सरकारी निकय वाणिज्य विभागले भने आफ्नो अध्ययनको प्रतिवेदन सार्वजनिक गरिसकेको छैन। 
विभागले वाणिज्य मन्त्रालयमा प्रतिवेदन पठाइसकेको छ। यसलाई मन्त्रालयको निर्णयपछि मात्र सार्वजनिक गर्ने विभागले जनाएको छ। विभागले छानबिन सुरु गरेपछि अध्ययनका लागि आफ्नो छुट्टै टोली बनाएको उपभोक्ता हित संरक्षण मञ्चले भने अध्ययनबाट एक अर्ब भन्दा बढी रकम भ्रष्टाचार भएको र उपभोक्तालाई कालोबजारी गरि महँगोमा चिनी बेचेको भेटिएको सार्वजनिक गरेको छ। 

मञ्चले दिएको उजुरीपत्र
मञ्चले अध्ययनको बारेमा सार्वजनिक मात्र गरेको छैन। कम्पनीविरुद्ध छुट्टा–छुट्टै चार सरकारी निकायमा उजुरी समेत गरेको छ। मञ्चले साल्ट ट्रेडिङ लिमिटेडले नुन र चिनीमा कालोबजारी र अनियमितता गरेको भन्दै उजुरी गरेको हो। कम्पनीले उद्योगहरुले तोकेको फ्याक्ट्री गेट मूल्यभन्दा बढीमा चिनी खरिद गरेको र ५५ रुपैयाँमा किनेको चिनी ७६ रुपैयाँमा बिक्री गरेर कालोबजारी गरेको भन्दै उजुरी गरिएको छ। मञ्चले मंगलबार महानगरिय प्रहरी परिसरमा कालोबजार तथा केही सामाजिक अपराध ऐन अन्तर्गत उजुरी दर्ता गराएको छ। यसैगरी अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा भ्रस्टाचार निवारण ऐन अन्गर्तत र वाणिज्य विभागमा उपभोक्ता संरक्षण ऐन अन्तर्गत अनुचित व्यापारिक क्रियाकला गरेको भनि उजुरी दर्ता गराएको हो। 
बाजुरामा १५ रुपैयाँ अधिकतम मूल्य तोकिएको ट्रेडिङको आयो नुन ४५ रुपैयाँ प्याकेटमा बिक्री गरि स्थानियको मानवअधिकार हनन गरेको भन्दै मञ्चले मानवअधिकार आयोगमा पनि उजुरी गरेको छ। मञ्चकी सचिव विमला खनालले प्रहरी, अख्तियार र वाणिज्यमा उजुरी गरेकी हुन् भने केन्द्रीय सदस्य विष्णुप्रसाद तिमिल्सिनाले आयोगमा उजुरी गरेका हुन्। 
चारवटै निकायमा गरेको उजुरीमा कम्पनीकाी महाप्रबन्धक उर्मिला श्रेष्ठ, बिक्री विभाग प्रमुख पंकज जोशी, व्यापार विभाग प्रमुख भगवती राणा र संचालक समितिलाई विपक्षी बनाइएको छ। आयोगमा दिइएको उजुरीमा भने बाजुराको कोल्टीस्थित डिपोलाई पनि विपक्षी बनाइएको छ। 
'हामीले आन्तरिकरुपमा गठन गरेको समितिले छानबिन गर्दा चिनीमा व्यापाक कालोबजारी गरेको भेटियो,' मञ्चका महासचिव ज्योती बानियाँले भने, 'उपभोक्ता र राज्य दुवैलाई ठगेको भेटिएपछि हामीले कानुन अनुसार उजुरी गरेका हौ।' मञ्चले गरेको छानबिनका क्रममा चिनी कारखानाहरुले तोकेको 'फ्याक्ट्री गेट' मूल्यभन्दा बढीमा चिनी खरिद गरेको देखिएको उनले बताए। कारखानाले तोकेकोभन्दा बढी भाउमा खरिद गरिएको चिनी व्यापारीलाई फाइदा पुग्ने गरि बेचेको मञ्चको आरोप छ। 
मञ्चले दिएको उजुरीपत्र
'विहिबार र शुक्रबार गोदाम नै खालि हुने गरि चिनी बिक्री गर्ने अनि आइतबार भाउ बढाउने गरेको भेटिएको छ,' बानियाँले भने, 'यसरी चिनी व्यापारीको हातमा पुर्‍याएर भाउ बढाई अनियमितता गरेको देखिन्छ।' उनले यस्ता खाले बिजबिजक मञ्चसँग रहेको दाबी गरे। 
कम्पनीले पहिले कम भाउमा गोदामबाट चिनी व्यापारीलाई दिइसकेपछि मूल्यवृद्धि गरेको शंकामा वाणिज्य विभागले पनि अध्ययन गरिसकेको छ। विभागले गरेको अध्ययन प्रतिवेदन भने सार्वजनिक भएको छैन। विभागले प्रतिवेदन वाणिज्य मन्त्रालय पठाइसकेको छ। मन्त्रालयबाट निर्णय भएपछि मात्र प्रतिवेदन सार्वजनिक गर्ने विभागले जनाएको छ। 
कम्पनीले गत जेठदेखि आठ पटक भाउ बढाइसकेको उजुरीमा उल्लेख छ। यसरी भाउ बढाउदा २–३ दिन अघि सयभन्दा बढी फर्मलाई अत्यधिक मात्रामा चिनी सस्तोमा बेचेर भाउ पछि बढाएको देखिएको मञ्चले जनाएको छ। 
मञ्चले गरेको उजुरीमा एकैदिन खरिद गरेको चिनीको भाउ पनि विभिन्न कम्पनीसँग फरक–फरक देखिएको उल्लेख छ। यसले कमिसनको आधारमा मूल्य निर्धारण भएको मञ्चको आरोप छ। ट्रेडिङले ५२ देखि ५५ रुपैयाँसम्ममा खरिद गरेको ५० हजार टन चिनी ७६ रुपैयाँमा बिक्री गरेर कालोबजार ऐन विपरित काम गरेको उजुरीमा उल्लेख छ। ऐनमा २९ उपभोग्य वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था छ। 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...