Skip to main content

चिनी किन्नलाई चार घण्टा

रामशाहपथमा चिनी किन्न लाइन लागेका उपभोक्ता ।

काठमाडौं, कात्तिक १–पुल्चोकका हरिबहादुर थापा ६ किलो चिनी किन्नका लागि बुधबार रामशाहपथस्थित नेसनल ट्रेडिङ हातामा तीन–चार घण्टा उभिए। 
यसअघि कहिल्यै आवश्यक सामान किन्न लामो समय लाइन नलागेका उनले साल्ट ट्रेडिङको स्टलबाट सस्तोमा चिनी किन्न लामो समय लाइनमा उभिएका हुन्। 'घर छेउछाउमा किन्दा किलोमो ८२ रुपैयाँ पर्छ, यहा ७१ रुपैयाँ किलोमा पाइने भएकाले लाइन लागेको हुँ,' उनले भने, 'किलोमा ११ रुपैयाँ सस्तो पाइने भएपछि धेरै बेर लागेपनि लागोस भनेर बसियो।' 
सरकारले दसैं–तिहारका अवसरमा सञ्चालन गरेको सहुलियत पसलमा पुग्दा उनीभन्दा अगाडी धेरै लाइन लागिसकेका थिए। अगाडीकाले किन्दाकिन्दै चिनी सकिएपछि साल्ट ट्रेडिङले केन्द्रीय कार्यालयबाट थप चिनी मगायो। कालिमाटीबाट रामशाहपथसम्म चिनी आइपुग्न समय लागेपछि थापाजस्तै धेरैले लाइनमा निक्कै बेर उभिनु पर्‍यो। 
लाइनमा लामो समय बस्नुपर्ने भएपनि सहुलियत पसलमा पुग्ने धेरैले पर्खिएरै भएपनि चिनी किने। 'घरतिर किन्दा ८५ रुपैयाँसम्म तिर्नुपर्थ्यो, यहा सस्तोमा पाइएकाले लाइनमा बसेरै किने,' भक्तपुर दुवाकोटकी प्रमिला त्यातले भनिन्, 'धेरै लिएर जाने सोच थियो तर ६ किलो मात्र पाइने रहेछ।' 

सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराउन सरकारी संस्थानहरुले सञ्चालन गरेको यो पसलमा चिनी मात्र नभई अरु सामान किन्नेको पनि घुइचो लागेको छ। बजारकोभन्दा सस्तोमा चिनी, चामल, नुन, तेल, घिउलगायतका सामग्री पाइने भएपछि सहुलियत  पसलमा भिड लागेको हो। विशेष गरि यस्ता पसलमा कामकाजी, सरकारी कर्मचारी, प्रहरी, सेना र आफ्नै सवारी साधन हुने ग्राहकको भिड लाग्ने गरेको छ। 
'बजारमा भन्दा किलोमा ११–१२ रुपैयाँसम्म सस्तो पाइने रहेछ,' पसलमा रहेको खाद्य संस्थानको स्टलमा वास्मती र जिरा मसिनो चामल किन्दै गरेकी मैतिदेवीकी शस्टिका शिवाकोटीले भनिन्, 'आफ् बाइकमा लादा फाइदा हुने देखेर चामल किनेका हौ।' उनले दसैंपछि पनि सहुलियत पसलमा आएर किनमेल गर्ने सोच बनाएको बताइन्। 
सहुलियत पसलमा ग्राहकको भिड लागेपछि स्टलमा बसेर बिक्री गर्ने कर्मचारीलाई पनि भ्याई नभ्याई छ। 'यहा विहान १० बजेदेखि ५ बजेसम्म नै हात खालि छैन,' खाद्य संस्थानको स्टलमा बसेका कर्मचारी जितेन्द्र महतले भने, 'कारोबार राम्रो भइरहेको छ।' उनका अनुसार गत असोज १६ गतेदेखि सञ्चालन भएको पसलमा हालसम्म करिब २५ लाख बराबरको कारोबार भइसकेको छ। 'यो त हाम्रो यहाको स्टलको मात्र कारोबार हो, अन्य स्टलमा पनि उस्तै भिड लागेको छ,' उनले भने। 
संस्थानले ६ थरी चामलमा छुट दिएको छ। उसले सबै चामल किलोमा २ रुपैयाँ घटाएर बिक्री गरेको हो। यी पसलमा ग्राहकले वास्मती चामल किलोको ६५, सोना मन्सुली किलोको ३४, जिरा मसिनो किलोको ४६, मकवानपुरे किलोको ३०, जापानी किलोको ४० र अमेरिकी चामल किलोको ४६ रुपैयाँमा किन्न सक्छन्।
ग्राहकको भिड खाद्य संस्थानको भन्दा धेरै साल्ट ट्रेडिङको स्टलमा देखिएको छ। चिनीका कारण पनि यो स्टलमा धेरै भिड भएको हो। कम्पनीका बरिष्ठ सहायक श्रीजन रेग्मीका अनुसार पसल सुरु भएदेनि नै स्टलमा ग्राहकको भिड धेरै छ। उनले सरकारी कर्मचारी, प्रहरी, सेनका जागिरेहरु धेरै आएको जानकारी दिए। उनका अनुसार स्टलबाट दैनिक ३ हजार किलोभन्दा बढी चिनीमात्र बिक्री हुने गरेको छ। चिनीको माग धेरै भएपछि कम्पनीले ग्राहकलाई एक पटकमा ६ किलो मात्र उपलब्ध गराइरहेको छ। 
सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, तेल, दाल, पिठो, ग्यास, रेगुलेटरलगायतका सामग्री राखेको छ। कम्पनीले नुनमा २ र चिनीमा ५ रुपैयाँ छुट दिएको छ। यी पसलमा ग्राहकले चिनी ७१ रुपैयाँ र नुन १३ रुपैयाँमा किन्न सक्नेछन्। 
पसलमा राखिएको दुग्घ विकास संस्थानको स्टलबाट पनि दैनिक राम्रो कारोबार भइरहेको स्टलमा बसेका नेसनल ट्रेडिङका बरिष्ठ सहायक अशोक केसीले बताए। उनका अनुसार पसल सुरु भएदेखि हालसम्म करिब ७ लाखको कारोबार भइसकेको छ। दुग्ध विकास संस्थानले भने ४२ उत्पादन सुपथ मूल्य पसलमा राखेको छ। ४२ वस्तुमध्ये संस्थानले घिउ भने लिटरमा १० रुपैयाँ छुट दिएको छ। अन्य वस्तुको भाउ भने पहिलेकै रहेको छ।
सहुलियत पसलसँगै रहेको नेसनल ट्रेड्रिको मदिरा पसलमा पनि बिक्री ह्वात्तै बढेको छ। दसैंका बेलामा किनमेल गर्न आउने बढेकाले बिक्री वृद्धि भएको हो। कम्पनीले दसैंलाई लक्षित गर्दै मदिरा र औजार उपकरणमा पनि छुट दिएको छ। मदिरातर्फका बिक्री प्रमुख योगेन्द्र दाहालका अनुसार दैनिक २ लाखभन्दा बढीको कारोबार भइरहेको छ। उनले बढी रेगुलर ह्विस्कीको कारोबार हुने बताए। 
नेसनल ट्रेडिङले मेसिनरी सामान, विद्युतिय सामान, मदिरालगायतका सामग्री पसलमा राखेको छ। कम्पनीले जेनेरेटरबाहेकका मेसिनरी सामानमा ४० प्रतिशत, अन्य घरायसी सामग्रीमा २० प्रतिशत, विद्युतिय सामग्रीमा २५ प्रतिशत र मदिरामा १० देखि २५ प्रतिशत छुट दिएको छ।
गत असोज १६ गतेदेखि राजधानीका विभिन्न स्थानमा सञ्चालित यस्ता पसल मंसिर ४ गतेसम्म सञ्चालन हुनेछन्। सरकारी संस्थानहरुको सहभागितामा राजधानीको कालिमाटी, टेकु, भद्रकाली, थापाथली, कोटेश्वर र ललितपुर विशालबजारमा यस्ता पसल सञ्चालन भइरहेका छन्। यी पसलमा साल्ट टे्रडिङ, खाद्य संस्थान, नेशनल टेरडिङ र दुग्ध विकास संस्थानले एकिकृतरुपमा उपभोग्य सामग्री राखेका छन्। 
कालिमाटीस्थित साल्ट ट्रेडिङको केन्द्रिय कार्यालय, टेकुस्थित नेसनल ट्रेडिङको केन्द्रिय कार्यालय, भद्रकालीस्थित नेसनल ट्रेडिङको बिक्री कक्ष, थापाथलीस्थित खाद्य संस्थानको अञ्चल कार्यालय, कोटेश्वरस्थित साल्ट ट्रेडिङ कार्यालय र पुल्चोकस्थित ललितपुर विशालबजारमा पसल राखिएका हुन्। 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...