बर्ड फ्लुको संक्रमण भएको कारण देखाउदै केही मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सूचना जारी गर्न थालेका छन्।
राजधानी काठमाडौंकै कुखुरा फर्महरुमा बर्डफ्लु संक्रमण देखिएपछि आफ्ना नागरिकलाई नेपाल नजान सम्बन्धित मुलुकले सूचना जारी गर्न थालेका हुन्। विहिबार मात्र साउदी अरेबियाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ।
‘नेपालमा बर्ड फ्लुका कारण संकटकालिन अवस्था सृजना भएकाले आफ्ना नागरिकलाई नेपाल नजान परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको छ,’ अरब ज्युज अनलाईन संस्करणले विहिबार लेखेको छ, ‘मन्त्रालयले नेपालमा रहेका साउदी नागरिकलाई जतिसक्दो चाडो नेपाल छाड्न भनेको छ।’
नेपालको राधजानी सहित केही क्षेत्रमा बर्ड फ्लु संक्रमण भएकाले आफ्ना नागरिकको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै साउदी अरेबियाले यस्तो सूचना जारी गरेको हो। साउदी अरेबियाले यस्तो सूचना जारी गरेपछि मध्यपूर्व सहित विश्वभर नकारात्मक सन्देश प्रचार हुदा नेपालको पर्यटन क्षेत्र प्रभावित हुने व्यवसायीहरु बताउछन्।

‘साउदी अरेबियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या निक्कै कम छ,’ होटल एसोसिएसन नेपाल(हान)का अध्यक्ष श्याम सुन्दरलाल कक्षपतीले भने, ‘साउदी पर्यटकको संख्या कम भएपनि यस्ता प्रोपोगान्डाले पर्यटन व्यवासयमा नकारात्म असर पर्नसक्छ।’
बर्ड फ्लुको हल्ला भएपनि अहिले नेपाली होटलहरुमा राम्रै बुकिङ भइसकेको हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले बताए। ‘अहिले नै सिजनका लागि ९० प्रतिशत बुकिङ भइसकेको छ,’ उनले भने, ‘यस्ता खालका एड्भाइजरी जारी भएमा नकारात्मक सन्देश प्रवाह भई नकारात्मक असर पर्नसक्छ।’
नेपालले समयमै यस्ता खाले संक्रमणको बारेमा सही सूचना प्रवाह गर्न नसक्दा र नियन्त्रणका कार्य अघि नबढाउन अन्तर्राष्ट्रियरुपमा यस्ता खाले नकारात्मक सन्देश जाने गरेका छन्। ‘हामी आफैले गर्नुपर्ने काम गर्न नसक्दा यस्ता खाले ट्राभर एड्भाइजरी जारी हुने गर्छन्,’ पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले टेलिफोनमा भने, ‘यस्ता खाले एड्भाइजरी जारी हुन नदिनका लागि नेपाल आफै सचेत हुनुपर्छ।’
राजधानी काठमाडौं सहित मुलुकका विभिन्न क्षेत्रमा बर्ड फ्लु देखिएपछि सरकारले संक्रमित स्थानलाई संकटग्रस्त क्षेत्र घोषण गरेर पंक्षी र पंक्षीजन्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ। पंक्षी र पंक्षीजन्य वस्तुका लागि मात्र संकटग्रस्त क्षेत्र घोषणा गरिएको र नियन्त्रण भइरहेकाले अहिले नेपाल भ्रमण गर्न डराउने नपर्ने अवस्था भएको साउदी अरेबियास्थित नेपाली राजदुत उदयराज पाण्डेले बताएको अरब न्युजले जनाएको छ।
पशु सेवा विभाग बर्ड फ्लु नियन्त्रण अभियानका प्रवक्ता डा. प्रदीप भट्टराईका अनुसार नेपाल आउन कुनैपनि विदेशी डराउनु पर्ने अवस्था छैन। ‘सिधैं पंक्षीसँग जोडिएर काम गर्नेलाई समेत खतरा छैन,’ उनले भने, ‘यस्तो अवस्थामा विदेशीले आउन डराउनु पर्ने अवस्था होइन।’
भट्टराईका अनुसार सरकारले पंक्षीका लागि मात्र संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिए। नेपालको हालसम्म उपत्यकाभित्रका काठमाडौं, ललितपुर, भक्तपुर र नजिकैको काभ्रेमा बर्ड फ्लु देखिएको उनले जानकारी दिए। गत साउन २ गतेदेखि देखिएको बर्ड फ्लु उपत्यकाभित्रका सबै जिल्लामा देखिएको हो। यसैगरी उपत्यका बाहिरका विभिन्न ८ जिल्लामा पनि यस्तो संक्रमण देखिएको छ।
सरकारले संक्रमित क्षेत्रमा पंक्षीजन्य वस्तु ओसार पसारमा प्रतिबन्ध लगाइसकेको छ। नियन्त्रण कार्य जारी रहेको जनाउदै भट्टराईले गत साउनदेखि हालसम्म १३ लाख ६१ हजार कुखुरा मारिसकिएको जानकारी दिए। यस अवधिमा १६ लाख ९३ हजार अण्डा र ९३ हजार किलो दाना नष्ट गरिएको छ।
‘बाहिरबाट आउने व्यक्ति सिधैं कहिल्यैपनि कुखुराको फर्ममा पुग्दैन,’ उनले भने, ‘पर्यटकले सिधै कुखुराको सम्पर्कमा नपुग्ने हुदा संक्रमणको खतरा नभएकाले कसैले डराउनु पर्दैन।’
Comments
Post a Comment