Skip to main content

लौ हेर्नुस् तीन लाख पर्ने रक्सी

विलासी वस्तुका लागि अर्बौ बाहिरिने नेपालमा कति भाउसम्मको रक्सी आउछ? ‘लाख रुपैयाँसम्मको’ तपाईको जवाफ हुनसक्छ। किनकी करिब तीन महिनाअघि नेपालमा विश्वप्रसिद्ध ह्स्विकी कम्पनी जोनी वाकरको एक लाख पर्ने ह्विस्की आएको समाचार प्रकाशमा आएको थियो। ‘जोनी वाकर ओडिसी’ बारे केही समयअघिका ताता बहस ताजै रहेकाले तपाइले महँगो रक्सी सम्झदा  लाख अंक पनि सम्झन सक्नुहुन्छ।
यदी अहिले पनि महँगो रक्सी सम्झदा एक लाख मात्र सम्झिरहनु भएको छ भने अब त्यसमा थप दुई लाख पनि जोडेर महँगो रक्सीको मूल्य निकाल्नु भए हुन्छ। हो, अब नेपाली बजारमा एक बोतलको तीन लाख पर्ने रक्सी भित्रिसकेको छ। बिक्रेताले यसलाई नेपाल आयात भएको हालसम्मकै सबैभन्दा महँगो रक्सी भनेका छन्।
नेपाली बजामरा वेलायती कम्पनी चिभाज ब्रदर्सले उत्पादन गरेको ‘रोयल स्यालुट–६२ स्यालुट’ ब्रान्डको तीन लाख पर्ने महँगो ह्विस्की भित्रिएको हो। चिभाज ब्रदर्सले उत्पादन गरेको यो ‘ब्लेन्डेड स्कच ह्विस्की’को दाम नेपाली बजारमा कर सहित ३ लाख रुपैयाँ तोकिएको छ।

एक लिटरको बोतलमा उपलब्ध यो ह्विस्की एसपीजी ट्रेडिङ प्रालीले नेपाली बाजरमा ल्याएको हो। कम्पनीले आयात गरेर ल्याएको यो ह्विस्की कान्तिपथ र दरबारमार्गस्थित ग्रिनलाइन सेन्टरमा किन्न पाइन्छ। ‘वेलायती महारानी एलिजावेथलाई ६२ तोपको सलामी दिएको ह्विस्की भएकाले यसको ब्रान्ड नेम ‘रोयल स्यालुट–६२ स्यालुट’ रहेको हो,’ कम्पनीका बजार प्रमुख रमेश घिमिरेले भने, ‘हामीले दुइवटा सोरुमबाट यो ह्विस्की उपलब्ध गराएका छौ।’

यसअघि नेपाली बजारमा यत्तिकको महँगो मदिरा नआएको कम्पनीको दाबी छ। विभिन्न कम्पनीले नेपाली बजारमा आयात गरेर नेपाली बजारमा लाख रुपैयाँभन्दा बढीका मदिरा बिक्री गरिरहेका छन्। ‘पेन्च कोन्याग–लुई–१३’, ‘आइल अफ स्काई’लगायतका मदिराको मूल्य लाख रुपैयाँभन्दा बढी पर्छ। ‘अरु पनि महँगा मदिरा बजारमा छन्,’ घिमिरेले भने, ‘यत्तिको महँगो मदिरा भने यो नै पहिलो हो।’

यो ह्स्किी सन् १९५३ मा रानी एलिजावेथ द्वितियको जन्मदिनका बेला उत्पादन गरेर ६२ तोपको सलामी दिइएको ह्विस्की हो। नेपालीहरुको सबैभन्दा ठूलो चार्ड दसैं नजिकिदै गरेका बेला यो कम्पनीले सबैभन्दा महँगो रक्सी भित्र्याएको हो। विलासी वस्तुका लागि वर्षेनी अर्बौ रुपैयाँ बाहिरहेका बेला एकसे एक यस्ता महँगा वस्तु समेत भित्रन थालेका छन्।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु