Skip to main content

लौ हेर्नुस् तीन लाख पर्ने रक्सी

विलासी वस्तुका लागि अर्बौ बाहिरिने नेपालमा कति भाउसम्मको रक्सी आउछ? ‘लाख रुपैयाँसम्मको’ तपाईको जवाफ हुनसक्छ। किनकी करिब तीन महिनाअघि नेपालमा विश्वप्रसिद्ध ह्स्विकी कम्पनी जोनी वाकरको एक लाख पर्ने ह्विस्की आएको समाचार प्रकाशमा आएको थियो। ‘जोनी वाकर ओडिसी’ बारे केही समयअघिका ताता बहस ताजै रहेकाले तपाइले महँगो रक्सी सम्झदा  लाख अंक पनि सम्झन सक्नुहुन्छ।
यदी अहिले पनि महँगो रक्सी सम्झदा एक लाख मात्र सम्झिरहनु भएको छ भने अब त्यसमा थप दुई लाख पनि जोडेर महँगो रक्सीको मूल्य निकाल्नु भए हुन्छ। हो, अब नेपाली बजारमा एक बोतलको तीन लाख पर्ने रक्सी भित्रिसकेको छ। बिक्रेताले यसलाई नेपाल आयात भएको हालसम्मकै सबैभन्दा महँगो रक्सी भनेका छन्।
नेपाली बजामरा वेलायती कम्पनी चिभाज ब्रदर्सले उत्पादन गरेको ‘रोयल स्यालुट–६२ स्यालुट’ ब्रान्डको तीन लाख पर्ने महँगो ह्विस्की भित्रिएको हो। चिभाज ब्रदर्सले उत्पादन गरेको यो ‘ब्लेन्डेड स्कच ह्विस्की’को दाम नेपाली बजारमा कर सहित ३ लाख रुपैयाँ तोकिएको छ।

एक लिटरको बोतलमा उपलब्ध यो ह्विस्की एसपीजी ट्रेडिङ प्रालीले नेपाली बाजरमा ल्याएको हो। कम्पनीले आयात गरेर ल्याएको यो ह्विस्की कान्तिपथ र दरबारमार्गस्थित ग्रिनलाइन सेन्टरमा किन्न पाइन्छ। ‘वेलायती महारानी एलिजावेथलाई ६२ तोपको सलामी दिएको ह्विस्की भएकाले यसको ब्रान्ड नेम ‘रोयल स्यालुट–६२ स्यालुट’ रहेको हो,’ कम्पनीका बजार प्रमुख रमेश घिमिरेले भने, ‘हामीले दुइवटा सोरुमबाट यो ह्विस्की उपलब्ध गराएका छौ।’

यसअघि नेपाली बजारमा यत्तिकको महँगो मदिरा नआएको कम्पनीको दाबी छ। विभिन्न कम्पनीले नेपाली बजारमा आयात गरेर नेपाली बजारमा लाख रुपैयाँभन्दा बढीका मदिरा बिक्री गरिरहेका छन्। ‘पेन्च कोन्याग–लुई–१३’, ‘आइल अफ स्काई’लगायतका मदिराको मूल्य लाख रुपैयाँभन्दा बढी पर्छ। ‘अरु पनि महँगा मदिरा बजारमा छन्,’ घिमिरेले भने, ‘यत्तिको महँगो मदिरा भने यो नै पहिलो हो।’

यो ह्स्किी सन् १९५३ मा रानी एलिजावेथ द्वितियको जन्मदिनका बेला उत्पादन गरेर ६२ तोपको सलामी दिइएको ह्विस्की हो। नेपालीहरुको सबैभन्दा ठूलो चार्ड दसैं नजिकिदै गरेका बेला यो कम्पनीले सबैभन्दा महँगो रक्सी भित्र्याएको हो। विलासी वस्तुका लागि वर्षेनी अर्बौ रुपैयाँ बाहिरहेका बेला एकसे एक यस्ता महँगा वस्तु समेत भित्रन थालेका छन्।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...