Skip to main content

औ अब बाइक कुदाउदै मोबाइल चार्ज गर्नुस्


यात्राका क्रममा मोबाइल फोनको ब्याट्री सकियो भने के गर्नुहुन्छ? कारधनी हुनुहुन्छ भने त कारमा चार्ज गर्नुहोला। बाइकमा चढेर कतै निस्कदै हुनुहुन्छ भने पक्कै समस्या पर्छ। मोबाइल चार्ज गर्न बाइक रोकेर छेउछाउको बस्ती तिर लाग्नुको विकल्प हुन्न। बस्ती तिर लाग्दैमा पनि चार्ज गर्न पाइन्छ भन्ने कहा ग्यारेन्टी छ र? लोडसेडिङ भइरहेको हुनसक्छ।
यस्तै चिन्ताले सताउने गरेको छ भने ढुक्क हुनुहोस् अब तपाईले यात्रका क्रममा मोबाइल चार्ज गर्न कार किनिरहनु पर्दैन। न त बाइक छेउ लगाएर बस्ती तिर दौडनु नै पर्छ। बाइकमै आफ्नो माबाइलको चार्जर जोडेर ब्याट्री फुल बनाउन मिल्ने सुविधा सहितको बाइक आइसकेको छ। तपाईले पुरानो बाइक बेचेर यस्तो सुविधा भएको बाइक किन्न सक्नुहुन्छ। अनि ढुक्क भएर बाइक चलाउदै त्यसैमा मोबाइल चार्ज जर्न पनि सक्नुहुन्छ।
नेपाली बजारमा भर्खरै बिक्री सुरु गरिएको अमेरिकी कम्पनी युनाइटेड मोटर्स(युएम) ग्लोबलले उत्पादन गरेको ‘रेनेगेड कमान्डो’ बाइक किन्नुभयो भने तपाइले यस्तो सुविधा पाउनु हुनेछ। लामो यात्राका लागि आरामदायी हिसाबले बस्न मिल्ने डिजाइनमा तयार भएको यो बाइकले तपाईलाई कारमा हुने केही ‘हाइटेक’ सुविधा दिएको छ। यसलाई उपयोग गर्दै तपाई मोटरसाइकलमै कारको सुविधा प्रयोग गर्न सक्नुहुन्छ।
यसको हेडलाइट मुन्तिर युएसबी पोर्ट राखिएको छ। जसको मद्दले तपाई मोबाइल मात्र होइन अन्य इलेक्ट्रोनिक्स सामान समेत चार्ज गर्न सक्नुहुन्छ। यो बाइक लिएर बस्ती नभएको स्थान जादा पनि तपाइले मोबाइल, क्यामेरा जस्ता विद्युतिय उपकरण चार्ज गर्न सक्नुहुनेछ।
क्रुजर मोडेलको यो बाइक स्पोर्टी लुक्सको छ। लामो
यात्राका लागि आरामदायीरुपमा बस्न सकिने यसमा 
२ सय ३० सिसी क्षमताको इन्जिन प्रयोग भएको छ। एक सिलिन्डर फोर स्ट्रोक मोटरयुक्त यसको इन्जिन शक्तिशाली छ। फाइभ स्पिड विथ क्लच ट्रान्समिसनयुक्त यो बाइकको अगाडीपट्टीको बनावट हाइड्रोलिक टेलेस्कोपिक छ।
१७ लिटर पेट्रोल ट्याङ्कीको क्षमता भएको यो बाइकको सिटभित्र राखिएको जेलले सिट लचकदार छ। यसले चालकलाई थकान कम गर्न मद्दत गर्छ। ‘म्याटेड ब्ल्याक’ रङमा उपलब्ध यो मोटरसाइकलमा सानोतिनो कोरिएको पनि देखिँदैन। यसले बाइकधनीलाई बइक पुराानो भएको महसुस हुदैन । ‘क्लासिकल’ हेटलाइटयुक्त यो बाइक अरुभन्दा भिन्न देखिन्छ। डबल साइलेन्सरयुक्त यो बाइकमा सुरक्षालाई मध्य नजर राखेर ‘ब्लाइन्ड स्पोट मिरर’ राखिएको छ। यसले गर्दासानोतिनो घुम्तीमा पनि ४५ डिग्रीभन्दा फराकिलो देख्न सकिन्छ। जसले दुर्घटना हुनबाट जोगाउँछ। 
युवा पुस्तालाई लक्षित गरि ल्याइएकाले यो बाइकले नेपाली बजारमा ‘धुम’ मच्चाउने आयातकर्ता कम्पनी इम्र्पोट युएसएका अध्यक्ष अर्जुन पाण्डेले बताए। ‘यो स्पोर्टी मात्र नभएर युनिक विशेषतायुक्त छ,’ उनले भने, ‘धेरैले बाइक आउने वित्तिकैदेखि चासो दिएका छन्, यो चाडै लोकप्रिय हुनेछ।’
नेपाली बजारमा ग्राहकले यो बाइक २ लाख ८४ हजार ९ सय रुपैयाँमा किन्न सक्छन्। अमेरिकाकी कम्पनी युएमको बाइक नेपालमा पहिलो पटक भित्रिएका हुन्। आफ्ना बाइक अमेरिकामा समेत लोकप्रिय भएकाले नेपालीको रोजाइमा पर्ने कम्पनीका अधिकारीहरुले बताएका छन्।
उनीहरुले गत साता राजधानीमा भएको औपचारिक बिक्री सुरुवात कार्यक्रममा बाइकको माग भारतलगायतका अन्य दक्षिण एसियाली मुलुका पनि भइरहेकाले चाडै दक्षिण एसियाका अन्य मुलुकमा पनि बाइक बिक्री सुरु गर्ने घोषणा गरिसकेका छन्।
यो बाइक किन्दा पाउने हेल्मेट समेत युनिक विशेषतायुक्त रहेको छ। यो हेल्मेट लगाएपछि बाइक चलाउनेले सिधै आफ्नो मोबाइललाई कनेक्ट गरेर कुरा गर्न सक्छ। ‘स्मार्ट हेल्मेट’ भनिएको यो हेल्मेटले इयरफोन वा ब्लुटुट डिभाइसको जस्तो काम गर्न सक्छ। यसले दुर्घटना कम गर्ने कम्पनीको दाबी छ।
‘रेनेगेड कमान्डो’ मात्र होइन, युएमले यस्तै खाले विभिन्न युनिक विशेषतायुक्त अर्को मोडल पनि विकल्पकोरुपमा नेपाली बजारमा भित्र्याएको छ। युएमको अर्को मोडल हो–‘एस्ट्रिट’। यसमा भने ग्राहकले दुइवटा इन्जिन क्षमताको विकल्प पमाउनेछन्–२ सय र २ सय ३० सिसी। यी दुवै मोडलमा १६ लिटर पेट्रोल क्षमताको ट्याङ्की छ। दक्षिण अमेरिकामा अत्यधिक रुचाइएको यो मोटरसाइकल चिलीमा नम्बर एक ब्राण्डका रूपमा स्थापित छ। खासगरी स्पोर्टस् बाइककमा सोखिनलाई लक्षित गरेर बनाइएको यो मोटरसाइकल आरमदायी, स्टाइलिस र चलाउन सजिलो छ। कम्पनीका दाबीमा विश्वमा पहिलोचोटि एक्स्टि्रट मोटरसाइकलमा ३७ वटा लिड राखेर हेडलाइट तयार पारिएको छ। जसले गर्दा आध्यारोमा पनि यो हेडलाइटले दिउसोको उज्यालोसरह प्रकाश दिन्छ र यात्रालाई सहज र सरल बनाउन मद्दत गर्छ।
पाँच गियर भएको यो मोटरसाइकलको दुवै पाङ्ग्रा ट्युबलेस छन्। । दुवै पाङ्ग्रामा डिस्क ब्रेक छ। यसमा रहेको सर्भिसिङ लाइटले बाइकधनीलाई चिन्ताबाट मुक्त गराउँछ। यस्तो लाइटले १६ हजार किलोमिटर गुडेपछि प्रत्येक २ हजार किलोमिटरमा सर्भिसिङ गर्न बाइक धनीलाई जनाउ घण्टी दिन्छ।
जसले गर्दा मोटरसाइकल धनीले मोटरसाइकल कहिले सर्भिसिङ गर्ने हो भनेर सोचिरहनुपर्दैन। रातो र कालो रङमा उपलध्ध यसको दुई सय सिसी क्षमताको मोडलको मूल्ये २ लाख ७३ हजार ९ सय र २ सय ३० सीसी क्षमताको मोडलको मूल्ये २ लाख ७९ हजार ९ सय रुपियाँ पर्छ।
स्पोर्टी लुक्स, स्टाइलिस र युनिक विशेषतायुक्त युएमको बाइक नेपाली बजारमा रुचिकर बन्ने कम्पनीका अधिकारीको विश्लेषण छ। पछिल्लो समयमा नेपाली युवा पुस्ता स्पोर्ट र न्याकेट बाइकतर्फ आकर्षित हुदै गएकाले यस्ता बाइकको बिक्री ह्वात्तै वृद्धि भएको छ। कम्पनीकका अधिकारीले नेपाली बाइक बजारमा युएमको प्रवेशले तरङ्ग ल्याउने दाबी गरिहरका छन्। युनिक युएम बाइकले कस्तो तरङ्ग ल्याउला? हेर्न भने बाकी नै छ।
 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...