Skip to main content

स्लिम सेट : ‘एक्सफ्याक्टर एचडी’

लोभलाग्दो डिजाइन, हलुका र पातलोपनले जोसुकैलाई लोभ्याउनसक्‍ने स्मार्टफोन हो-कलर्सको ‘एक्सफ्याक्टर एचडी’। यसमा भारतीय ब्रान्ड भन्दै नाक खुम्च्याउनेका लागि समेत पहिलो नजरमै आकर्षित गर्ने विशेषता छन्।
दक्षिण एसियाली बजारमा अमेरिकी कम्पनी एप्पल र कोरियाली कम्पनी सामसङका स्मार्टफोन ग्राहकको रोजाइमा परिरहेका बेला भारतीय कम्पनीले बजारमा ल्याएको यो स्मार्टफोन साँच्‍चै लोभलाग्दो छ। ग्राहकलाई हेर्नेबित्तिकै ध्यान खिच्ने यसको पहिलो विशेषता हो- अरू स्मार्टफोनभन्दा पातलो डिजाइन। कम्पनीको भनाइमा ‘ब्रिलियन्ट कर्व डिजाइन’ रहेको यो स्मार्टफोनको मोटाइ सात दशमलव९९ मिलिमिटरमात्र छ।
यसको पातलोपनले गर्दा धेरैलाई पहिलो नजरमै आकर्षित गर्नसक्छ। गुगलसँगको सहकार्यमा एन्ड्रोइड अपरेटिङ सिस्टम राखिएको यो स्मार्टफोनमा रहेको ठूलो स्क्रिन पनि ग्राहकको आकर्षणमा पर्छ। यसमा चार दशमलव सात इन्चको फराकिलो स्क्रिन छ। ‘हाई डेफिनेसन (एचडी)’ डिस्प्लेयुक्त यो स्मार्टफोनमा ‘फुल एचडी’ भिडियोको मज्जा लिन सकिन्छ।

यसमा एक हजार दुई सय ८० बाई सात सय २० एचडी डिस्प्ले रहेको छ भने तीन सय १२ पीपीआई पिक्सेल रिजोलुसन रहेको छ। उच्‍च रिजोलुसन भएकाले यसमा भिडियो प्रस्टसँग देखिने र तस्बिरहरू पनि प्रस्ट हुनेछन्।
एउटा नेटवर्कको मात्र मोबाइल प्रयोग गर्दा समस्या आउने नेपालमा यो स्मार्टफोनमा दुईवटा सिमकार्ड राख्‍न सकिने विशेषता छ। दुईवटै सिमकार्ड स्ट्यान्डबाई रहने भएकाले प्रयोगकर्तालाई कुनै झन्झट हुनेछैन। दुईवटै सिमकार्डमा थ्रीजी चलाउन सकिन्छ।
एक दशमलव दुई गिगाहर्ज मेडफ्याटेक क्वाड कोर प्रोसेसरयुक्त ‘कलर्स एक्फ्याक्टर एचडी’ मा एक गिगाबाइटको र्‍याम र चार गिगाबाइटको आन्तरिक मेमोरी रहेको छ। यसमा ३२ गिगाबाइटसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ। अगाडिपट्टि दुई मेगापिक्सेलको क्यामेरा रहेको यो स्मार्टफोनबाट भिडियो कल गर्न र आफ्नै विशेष पलहरू कैद गर्न पनि सजिलो हुनेछ।
पछाडिपट्टि यसमा आड मेगापिक्सेलको क्यामेरा छ। स्मार्टफोनमा जडान गरिएको भए पनि यसका क्यामेरामा डिजिटल क्यामेराका विशेषता छन्। यसको मुख्य क्यामेराले तीन सय ६० डिग्रीमा पानोरमा सट् खिच्न सक्छ। यसैगरी प्रयोगकर्ताले आफ्ना विशेष पललाई ९९ कन्टिन्युअस सट्(लगातार खिचिरहने) मार्फत कैद गर्न सक्छन्। यसले सात सय २० पी गुणस्तरको भिडियो खिच्न सक्छ। भिडियो खिच्दा पनि कन्टिन्युअस फोकस र रियल टाइम जुमले सहजता प्रदान गर्छ।
डीटीएस थ्रीडी साउन्ड विशेषताले गर्दा यसमा म्युजिक सुन्दा र फिल्म हेर्दा साउन्ड एकदमै सहज रूपमा सुनिनेछ। ‘रिचर एन्ड लाउडर’ साउन्डका लागि यो स्लिम फोन उपयुक्त छ। यसमा एन्ड्रोइडको पछिल्लो पुस्ताको ४.२.१ जेलिबिन भर्सनको अपरेटिङ सिस्टम प्रयोग भएकाले यो स्मार्टफोनमा ह्याङ र स्लो हुने झन्झट रहँदैन।
यसमा रहेको ‘फेस लक’ सुविधा उपयोग गरी तपाईंले आफ्नो अनुहार देखाएर फोनलाई ‘लक’ र ‘अनलक’ गर्न सक्नुहुन्छ। यसमा पिन, प्याटर्न र पासवर्ड लकको सुविधा पनि छ। १८ सय एमएएचको ब्याट्री रहेकाले यसको स्ट्यान्डबाई टाइम दुई सय ७० घन्टा रहेको छ। १४ घन्टासम्म लगातार कुराकानी गरे पनि यसको ब्याट्रीले धान्छ। यसैगरी ४० घन्टासम्म म्युजिक सुन्न सकिन्छ।
पातलोपनमात्र होइन, यसको तौल पनि कम छ। यसको तौलमात्र एक सय २० ग्राम छ। कम्पनीले यसमा एस्सेलेमिटर, ग्रेरोस्कोप, कम्पास, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सरलगायतका सेन्सर उत्पादनकै क्रममा राखेको छ। यसले प्रयोगकर्तालाई हिँडडुल गर्दा, साइकल चलाउँदा वा गाडी चलाउँदा सहजता प्रदान गर्नेछ।
जीपीआरएस, थ्रीजी र वाइफाईबाट इन्टरनेट चलाउन मिल्ने यसलाई हटस्पट बनाएरसमेत इन्टरेनट चलाउन सकिन्छ। मोबाइलले वरपर वाइफाई जोनजस्तो बनाइदिने भएकाले हटस्पट सुविधाबाट धेरैवटा कम्प्युटरमा पनि इन्टरनेट चलाउन सकिन्छ। ब्लुटुथ, युएसबी पोर्ट र जीपीएसको सुविधा भएको यो स्मार्टफोनमा एसएमएस, एमएमएस, इमेल, इन्टेन्ट म्यासेज, सोसल नेटवर्किङ साइट, एप्सलगायतका सेवा चलाउँदा कुनै झन्झट बेहोर्नु पर्दैन।
म्युजिक र पोलिफोनिक रिङटोनयुक्त यो स्मार्टफोनलाई साइलेन्ट, भाइब्रेसन, एरोप्लेनलगायत मोडमा राख्‍न सकिन्छ। यसमा एमपीथ्री, डब्लूएमए, डब्लूएभी, ओजिजी, एएमआर, थ्रीजीपीलगायतका भिडियो र अडियो फर्मेट चलाउन मिल्छ। एफएम सुविधा भएको ‘एक्स फ्याक्टर एचडी’ मा लोडसेडिङका बेलामा काम लाग्ने उच्‍च प्रकाश क्षमताको लाइटको सुविधा छ। कालो, सेतो र नीलो रङमा पाइने यो स्मार्टफोनमा अनलिमिटेड फोनबुक, मिसकल, रिसिभ कल, डायल कलजस्ता विशेषता छन्। यसले गर्दा तपाईंले फोन किनेदेखिकै ‘लग’ लाई समेत सुरक्षित राख्‍न सक्नुहुन्छ।
इनबिल्ट क्यालेन्डर, अलार्म र क्याल्कुलेटरयुक्त यो स्मार्टफोन किन्दा साथमा ब्याट्री, चार्जर, इयरफोन, यूएसबी केबल, आठ जीबी मेमोरी कार्ड, स्क्रिन प्रोटेक्टर, ब्याक कभर, युजर म्यानुअल र वारेन्टी कार्ड पाइन्छ। कम्पनीले नेपाली बजारका लागि यो स्मार्टफोनको मूल्य २४ हजार रुपैयाँ तोकेको छ।
कलर्सको नेपाली बिक्रेता टेलिटकले ब्याट्री र चार्जमा ६ महिना र स्मार्टफोनमा एक वर्षको वारेन्टी प्रदान गर्छ। यसको आफ्नै सर्भिस सेन्टरसमेत छ। ग्राहकले स्मार्टफोनमा समस्या आए सर्भिस सेन्टरमा एक वर्षसम्म नि:शुल्क सेवा पाउनेछन्। कम्पनीले यो स्मार्टफोनलाई ‘लाइफ इज ब्रिलियन्ट विथ कलर्स एचडी’ भन्ने नाराका साथ बजारमा ल्याएको छ। नेपाली ग्राहकको लाइफलाई भने कत्तिको ब्रिलियन्ट बनाउने हो, चाँडै यसको बिक्री रेकर्डले देखाउनेछ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु