Skip to main content

स्मार्ट एन्ड इको फ्रेन्ड्ली ‘इटुओ’

काठमाडौंमा छाडेको कारलाई पोखरा पुगेर लक वा अनलक गर्न सकिन्छ? तपाईको उत्तर होला, सकिदैन। तर महिन्द्रा रेभाले एक महिनाअघि नेपाल भित्र्याएको विद्युतिय कार ‘रेभा इटुओ’मा भने यो सम्भव छ।

हो, महिन्द्रा रेभाको इटुओ कार किन्नुभयो भने तपाइले कारलाई काठमाडौंमा छाडेर पोखरा पुगी अनलक गर्न सक्नुहुन्छ। यत्ति मात्र होइन, पोखराबटै कारको ब्याट्री कती बाकी छ भनेर जाच गर्न पनि सक्नुहन्छ। तर, यसका लागि तपाइसँग रेभा इटुओ कार मात्र भएर हुदैन, स्मार्टफोन र त्यसमा महिन्द्रा रेभा इटुओको एप्स भएको हुनुपर्छ। यो एप्ससँग सिंङ्क गरिएको अर्को सिमकार्ड कारको भित्रपट्टी रहेको स्क्रिनमा जडान गरिएको हुन पनि उत्तिकै जरुरी हुन्छ।

महिन्द्रा रेभाको नेपाली बिक्रेता अग्नी इन्कर्पोरेटेड प्रालिले एक महिनाअघिदेखि बिक्री सुरु गरेको इटुओमा यस्तै ‘हाइटेक’ विशेषता छन्। पेट्रोल वा डिजेलको सट्टामा ब्याट्रीबाट चल्ने भएकाले अरुभन्दा भर इटुओलाई हाइटेक विशेषताले थप भिन्न र अकर्षक बनाइदिएको छ।


शुन्य वातावरण प्रदुषण अवधारणमा निर्मित यो कारबाट न धुवाँ आउछ, न कुनै किसिमको आवाज नै। ध्वनी र वायु प्रदुषण नगर्ने यो कारमा आरामदायी र हाइटेक विशेषता भएकाले धेरैको मन जित्ने बिक्रेताको दाबी रहेको छ। ‘हाम्रो कार वातावरण मैत्री मात्र छैन,’ अग्नीका बजार प्रमुख ज्ञान चाम्लिङले भने, ‘यसमा भएका आधुनिक र हाइटेक विशेषताले ग्राहकलाई आकर्षित गरेको छ।’

पुरानो रेभाको मोडललाई थप सुविधा र विशेषता थपेर महिन्द्राले बजारमा ल्याएको यो कारमा चारजना चढ्न मिल्छ। एक पटक चार्च गरेपछि यसको ब्याट्रीले १ सय किलोमिटरसम्म यात्रा तय गर्न सकिन्छ। पाँच घण्टामा चार्ज हुने ब्याट्री प्रयोग भएको रेभा इटुओमा पावर स्टेयरिङ, स्वचालित ट्रान्समिसनजस्ता विशेषतायुक्त यसमा थ्रीसीसी टु सिलिन्डर एट भाल्भे इन्जिन प्रयोग भएको छ।

जिपिएस नेभिगेसन सिस्टम प्रयोग भएकाले यो कारलाइ कुदाउदै अगाडीको डिजिटल स्क्रिनमा यात्रामार्ग देख्न सकिन्छ। आर्टिक सिल्भर, कोरल ब्लू, इको ग्रिन, ओसेनिक ह्वाइट, स्पेनिस रेड र सनफायर एल्लो कलरमा पाइए रेभा इटुओका दुइखाले भ्यारेन्ट नेपाली बजारमा उपलब्ध छन् ‘टि—जिरो’ र ‘टि—टु’। नेपाली बजारमा इटुओको ‘टि—जिरो’ भ्यारेन्टको मूल्य २२ लाख ५० हजार र ‘टि—टु’ भ्यारेन्टको २३ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

पाँच वर्षे आयुयुक्त ब्याट्री प्रयोग भएको इटुओ महिन्द्राले लामो समय लगाएर वातावरण प्रदुषण कम गर्ने र कार्बन उत्सर्जनलाई निरुत्साहित गर्नर्े गरि बनाएको छ। सहरी क्षेत्रमा यात्रा गर्नका लागि उपयुक्त हुने ‘सिटी कार’को खोजीमा रहेकाहरुलाई इटुओ उपयुक्त कार हुनसक्छ।

यसलाई चलाउन फ्लिप कीको बटम दबाएपछि अगाडी को स्क्रिनमा ‘वेलकम’ भनेर देखाउछ। त्यसपछि यो कारलाई चलाउन सकिन्छ। पेट्रोल वा डिजेलबाट चल्ने गाडी स्टार्ट हुदा इन्जिनको आवाज आउछ। तर यो विद्युतिय कार भएकाले कुनै आवजविनै स्टार्ट हुन्छ। स्क्रिनमा ‘वेलकम’ देखिएपछि तपाई यसको स्टेयरिङ घुमाएर कुदाउन सक्नुहुन्छ।

महिन्द्रा आफैले बनाएको मोबाइल एप्लिकेसनमा धेरैखाले विशेषता छन्। जसले कार चलाउनलाई सहज बनाइदिएको छ। एप्समा रहेको ‘रिभाइभ’ बटमले ब्याट्री पुरै सकिएको अवस्थामा पनि गाडी चलाउने सुविधा दिन्छ। ब्याट्री पुरै सकिएर कार नकुद्ने अवस्था आएमा तपाई यो बटम दबाउन सक्नुहन्छ। यो बटम दबाएपछि तपाइको कारमा जडान भएको ब्याट्रीमा शक्ति उत्पन्न हुन्छ। यसको माध्यमबाट तपाई ब्याट्री चार्ज गर्ने स्थानसम्म कार कुदाएरै जानसक्नुहन्छ। यस्तो सुविधा ब्याट्रीको पुरा जीवनमा तीनपटक गर्नुसक्नुहुन्छ।

स्मार्टफोन एप्समा रहेको ‘एसी’ बटम दबाएर गाडीको एसी अन गर्न सकिन्छ। यसैगरी ‘इनर्जी’ बटम थिचेर संसारको जुनसुकै कुनाबाट पनि आफ्नो कारको ब्याट्री कति सकियो भनेर हेर्न मिल्छ। यसलाई कारमा लागेको कार्डले सजिलो बनाइदिएको छ, कारमा सिमकार्ड लगाएर इन्टरनेटसँग कनेक्ट गरिएको हुन्छ। जसको मद्दतले प्रयोगकर्ताले कारलाई आफ्नै स्मार्टफोन एप्सको माध्यमबाट टाढैबाट नियन्त्रण र सञ्चालन गर्न सक्छ।

स्मार्टफोन एप्समै राखिएको ‘भ्याकेसन मोड’ले ब्याट्री डिस्चार्ज हुने कार्यलाई कम गरेर आफ्नो विदा अवधिभर कुदाउ सक्ने अवसर दिन्छ। यसमा १५ एम्पियरको प्लग छ। जसलाई हामी घरममा सामान्यरुपमा अन्य विद्युतिय सामान चार्ज गरेजस्तै गरि चार्ज गर्न सक्छौ।
‘बुस्ट मोड’मा राखेर चलाएका बखत यो कारले बढी शक्ति दिन्छ। अधिकतम यसलाई ९० किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ। ‘सिटी कार’कारुपमा बनाइकाले यसको गति पेट्रोल वा डिजेलको जस्तो धेरै छैन।
विद्युतिय कार भएकाले अरु कारमा जस्तो एक्सिलेटर दबाएर गति लिनलाई पर्खिरहनु पर्दैन। यसमा एक्सिलेटर दबाउने वित्तिकै आफ्नो गति लिन सकिन्छ। कारमा राखिएका आधुनिक र हाइटेक विशेषतासँगै यसको डिजाइन र लुक्समा पनि कम्पनीले ध्यान दिएको छ। सानो, छरितो र आरामदायी बनाउनका लागि कम्पनीले यसमा पहिलेको काराको तुलनामा धेरै सुधार गरको छ।

यसको यात्रु क्षमतालगायतका विशेषतालाई हेरेर यसलाई केही महँगो भन्न सकिन्छ। तर, यसमा रहेका हाइटेक फिचर्स र प्रदुषण रहित  विशेषताले ‘पैसाभन्दा वातावरण ठूलो’ भनेर ग्राहकलाई एक पटक सोच्न बाध्य बनाउछ। यत्तिमात्र होइन, यो कारमा स्मार्टफोन कन्ट्रोलको प्रयोग गरेर हेर्नेले भन्नसक्छन्, ‘हाउ स्मार्ट कार?’




Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...