Skip to main content

कहिले रोकिएला तरकारीको मनपरी भाउवृद्धि?

तरकारी बजारमा आइतबार काउलीको थोक मूल्य ५५ रुपैया किलो तोकियो। फलफूल तथा तरकारी बजार विकास समितिले यही मूल्यलाई आधिकारीक मान्दै आइतबारको बजार भाउ सार्वजनिक गर्‍यो। 
उपत्यकाको मुख्य तरकारी बजारमा ५५ रुपैयामा कारोबार भइरहेको काउली आइतबारै बालाजुस्थित कृषि उपज बजारमा भने किलोको ७० रुपैयामा बिक्री भइरहकेको थियो। कालिमाटीबाट मुस्किलले ५ किलोमिटर दुरीको बालाजुस्थित समितिले नै सञ्चालन गरेको बजारमा एक किलोमै १५ रुपैया महगोमा तरकारी बिक्री गर्नुपर्ने जायज कारण छैन। ५ किलोमिटरको दुरीमा ढुवानी भाडा र अन्य खर्च एवं नाफा जोडेपनि तरकारी किलोमै १५ रुपैया महगो पर्न जादैन। तर पनि व्यापारीहरु भने अनावश्यक नाफा राखेर महागोमा तरकारी बिक्री गरिरहेका छन्। 
व्यापारीहरुले मनपरीरुपमा भाउ बढाएर तरकारी बिक्री गरेको यो तथ्य मनगणन्ते हैन। उपभोग्य वस्तुको मूल्य अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य विभागले आइतबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो। तर, विभागले दुई तिरको भाउको तुलना गरेर कसैलाई कारबाही भने गरेको छैन। विभागका अधिकारीहरुले दुवै स्थानका तरकारीको भाउको विवरण संकलन गरेपनि बढी मूल्य लिनेलाई कुनै कारबाही गरेका छैनन्।
विभागले वाणिज्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई आइतबार पठाएको अनुगमन सम्बन्धि विवरणमा बालाजुमा सबैभन्दा सस्तो आलु किलोको ५० देखि ५५ रुपैयामा कारोबार भएको उल्लेख छ। जबकी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने आइतबार सस्तो आलु किलोको ३३.६७ रुपैयामा कारोबार भएको विवरण सार्वजनिक गरेको थियो। काउली र आलु मात्र होइन, कालिमाटीमा २६.७५ रुपैया तोकिएको मूला बालाजुमा किलोको ४० रुपैयामा बिक्री भइरहेको थियो।
यो राजधानीभित्रै थोक बजारबाट खुद्रा बजारमा पुग्दा तरकारीको भाउ मनपरीरुपमा बढाइने गरेको तथ्य हो। बालाजुमा मात्र होइन, उपत्यकाका प्राय: सबैजसो क्षेत्रमा तरकारीको खुद्रा मूल्य अस्वभाविक र अप्राकृतिरुपमा बढाइने गरेको छ। यसका लागि बिक्रेताहरुले विभिन्न बहाना खोज्ने गरेका छन्। 
भर्खरै सकिएका नेपालीका ठूला चार्डपर्व, नजिकिदो निर्वाचन र बन्द हड्तालको कारण देखाउदै मनपरी तरकारीको भाउ बढाउने गरिएको छ। करिब दुई महिनादेखि राजधानीमा तरकारीको भाउ अस्वभाविकरुपमा बढिरहेको छ। उत्पादन क्षेत्रबाटै भाउ बढेर आएकाले थोक मूल्य समेत वृद्धि भएको बिक्रेताहरु बताउाछन्। 
थोक मूल्य नै केही बढेको भएपनि खुद्रा बिक्रेताले भने अत्यधिक नाफा राखेर ग्राहकलाई बिक्री गर्दा उपत्यामा तरकारीको भाउ छोइनसक्नु भएको छ। ‘खुद्रा मूल्य धेरै बढेको भए हामीलाई थाहा भएन, थोक मूल्य भने त्यस्तो धेरै बढेको छैन,’  कालिमाटी तरकारी तथा फलफूल थोक बजार व्यवसी संस्थाका निवर्तमान अध्यक्ष भरत खतिवडा भन्छन्, ‘थोक बजारमा घटिसक्दा पनि खुद्रा बजारमा नघटाउने चलन पनि छ।’ 
पछिल्लो समयमा राजधानीभित्र माग अनुसार तरकारी आपूर्ति हुन नसकेकाले भाउ केही बढेको खतिवडाले बताए। ‘अब त तरकारीको सिजन सुरु हुन लागेको छ, क्रमस: भाउ घट्दै जान्छ,’ उनले भने, ‘बन्द हड्ताल नभए विस्तारै आपूर्ति बढ्छ।’ समितिका अनुसार हाल उपत्यकामा दैनिक ७ देखि ८ सय टन तरकारी आइरहेको छ। उपत्यकामा दैनिक करिब १ हजार ५ सय टन तरकारीको खपत हुने गर्छ। कालिमाटी सहित विभिन्न स्थानका निजी तरकारी बजारहरुले उपत्यकामा तरकारी आपूर्ति गर्दै आएका छन्। 
तरकारीमा अस्वभविक मूल्यवृद्धि भएको गुनासो आएपनि वाणिज्य विभागले मूल्य नियन्त्रणका लागि कारबाही गरेको छैन। विभागका उपमहानिर्देशक विनोदप्रकाश सिंह भने तरकारीको भाउ वृद्धिको गुनासो आएपछि आइतबारदेखि अनुगमन र तरकारी मूल्यको अध्ययन थालिएको बताउाछन्। 
‘हामीले हिजोदेखि तरकारीको भाउको बारे जानकारी संकलन गरिरहेका छौ,’ सिंहले भने, ‘बजारको अवस्था हेरेपछि कृत्रिम मूल्यवृद्धि भएको भए कारबाही हुन्छ।’ सिंहले प्रधानमन्त्री कार्यालयले तरकारीको मूल्य नियन्त्रण गर्न निर्देशन समेत दिएको उल्लेख गर्दै विभागले तरकारीको भाउ नियमन गर्न कडा कदम चाल्ने जानकारी दिए। 

महगिदै दाल–चामल पनि 
चार्डपर्व र नजिकिदो चुनावको दाउ छोपेर व्यापारीहरुले तरकारी बाहेकका अन्य उपभोग्य वस्तुको समेत भाउ बढाइरहेका छन्। चामल, दाल, तेल, पिठोलगायतका सामग्रीको समेत भाउ बढिरहेको सरकारी अध्ययनले नै देखाएको छ। 
वाणिज्य विभागले राजधानी सहित मुलुकका विभिन्न स्थानबाट संकलन गरेको मूल्य विवरण अनुसार भाउ बढेको देखिएको छ। यसको कारण भने व्यापारीले फरक–फरक दिने गरेको उपमहानिर्देशक सिंहले बताए। विभागले भदौ अन्तिम साता र असोज अन्तिम साता संकलन गरेर सार्वजनिक गरेको उपत्यकाभित्रको मूल्य विवरणमा धेरै उपभोग्य वस्तु महगिएको देखाएको छ। 
विभागले सार्वजनिक गरेको मूल्यसूची अनुसार भदौ अन्तिम साताको तुलनामा कात्तिक अन्तिम सातामा विभिन्न किसिमका चामल किलोमा एक–दुई रुपैयादेखि १५ रुपैयासम्म महगिएका छन्। यसैगरी दाल, तेल घिउलगायतका सामग्री समेत महगिदै गएको विभागको विवरणमा उल्लेख छ। 
‘सबैखाले उपभोग्य वस्तुको भाउ बढ्ने कारण पर्याप्त उत्पादन नभएर आयात गर्नु रहेको व्यापारीहरुको तर्क छ,’ सिंहले भने, ‘डलरको भाउ बढेकाले पनि महगिएको हो।’ उनले उपभोग्य वस्तुको भाउ पनि विभागले तुलना गरेर हेरी कालोबजारी गरेको पाए कारबाही गर्ने दाबी गरे। ‘हामीले अहिले थोक बिक्रेतासागको स्टक अनुमगन गरिरहेका छौ,’ उनले भने, ‘कसैले सामान धेरै राखेर अभाव देखाई भाउ बढाएको पाए कारबाही गर्छौ।’ 

थोक मूल्य बढेका तरकारीको भाउ प्रतिकिलो 
तरकारी                              असोज अन्तिम साता            हाल 

ठूलो गोलभेडा ३७.५ ८५
सानो गोलभेडा  ४५                                         ५५
रातो आलु                           ३१                                            ३५.५
सेतो आलु २१                                          ३१.६७
प्याज                                 ९७.५ १०५
गाजर ९५ ११०
स्थानिय काउली                ४५                                           ४७.५
भान्टा २७.५                                        ५२.५
तिते करेला                     ६२.५ ९५
लौका २७.५                                            ४५
पाकेको फर्सी १९                                                २२
हरियो फर्सी                   १९                                                  ३७.५
पालुंगो साग                ३२.५ ५५
चम्सुर साग               ३२.५                                                ५५
तोरी साग                   २७.५                                               ४२.५
मेथी साग                 ३७.५ ५५
हरियो प्याज ३७.५ ७५
सुकेको खुर्सानी १६५ १९०
चिनिया लसुन १०२.५ १०५
नेपाली लसुन ८५                                                   ९५
स्रोत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति 

एक महिनामै खुद्रा मूल्यवृद्धि भएका केही उपभोग्य वस्तुको भाउ प्रतिकिलो  

वस्तु                  भदौ अन्तिम साता               असोज  अन्तिम साता

स्टिम सोना मन्सुली                         ३९.७                                  ४१
जनरल सोना मन्सुली                      ४५.७                                   ४६
जनरल जिरा मसिनो                      ५८.३                                      ६०
वास्मती ११२                                       १२७
मोटा ३७.४ ४०
सुजी                                             ४३.३                                       ७०
मुसुरो दाल(ठूलो)                            १०७.३                                    ११०
मास दाल(मझौला) १११.७                                     १००
मास दाल(ठूलो)                            १६.७                                        ११०
राज्मा                                            १६३ १७५
काबुली चना १०१.७                                        ११०
ठूलो चना ८२.३ ८५
सानो चना ५६.७ ८५
घिउ                                            ६६३.३ ७००
स्रोत : वाणिज्य विभाग 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...