Skip to main content

यसरी ठगीन्छौ हामी बहुमूल्य सुनमा

राजधानी बाहिरका गहना पसलेहरुले २४ क्यारेट भन्दै २२ क्यारेट सुन बिक्री गर्दै उपभोक्तालाई ठगी गरिरहेको पाइएको छ। 
असोज र कात्तिक महिनामा मुलुकका विभिन्न क्षेत्रबाट संकलन गरिएको सुनका गहनाको नमुना परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको हो। सरकारी अनुगमन टोलीले चितवनको नारयणगढ र कास्कीको पोखरा क्षेत्रबाट संकलन गरेका नमुना परीक्षणले त्यहाका अधिकांश पसलेले कमसल सुनलाई २४ क्यारेट भन्दै बिक्री गरेको देखाएको छ।  
गत वैशाख र जेठ महिनामा उपत्यकाभित्र संकलन गरेका नमुना परीक्षणबाट पनि यस्तै तथ्य बाहिर आएको थियो। तर, असोजमा उपत्यकाभित्रबाट संकलन गरिएका नमुना परीक्षणबाट भने यस्तो ठगी कम भएको देखाएको छ। उपत्यकाभित्र यस्तो ठगी कम भएको देखिएपनि उपत्यका बाहिर भने कमसल सुनलाई २४ क्यारेट भन्दै बिक्री गरेर उपभोक्ता ठग्ने प्रवृति व्यापक देखिएको छ।(तालिका हेर्नुस्)
नमुना परीक्षणले के देखायो? (शुद्धता प्रतिशतमा)
सुन पसल
लिइएको नमुना           
घोषित शुद्धता
पाइएको शुद्धता
रुपाकोट ज्योति सुनचाँदी पसल, महेन्द्रपुल, पोखरा        
 लकेट    
९९.५ 
९४.९७
कालिका गहना पसल, पोखरा–९                     
ब्रासलेट
९९.५ 
९५.५६
पोखरा सिटी गोल्ड प्यालेस प्राली, सभागृहचोक, पोखरा
बंगाली औंठी   
९९.५ 
९४.४१
वुद्धाचार्य डीएम ज्वलर्स, सभागृह चोक, पोखरा                         
चोकर
९९.५ 
९३.९७
दि युनाइटेड गोल्ड मार्ट प्राली,चिप्लेढुङ्गा, पोखरा
बंगाली टप
९९.५ 
९४.८७
एमके ज्वेलरीज, पोखरा–९, कास्की      
विन्दीया
९५.८३
८९.३२
सिद्धार्थ ज्वलर्स, पोखरा–४        
सिक्री   
९९.५ 
९७.२२
बराली गहना सप्लायर्स, नारायणगढ, चितवन
बक्स औंठी
९९.५ 
९७.५६
जगदम्वा सुनचाँदी पसल, नारायणगढ, चितवन
मंगलसुत्र
९९.५ 
९४.९२
माँ जानकी (ज्वलर्स) सुनचाँदी पसल, नारायणगढ, चितवन   
झुम्का
९९.५ 
९३.६६
जीवन ज्योती ज्वेलरी, मिलनरोड, नरायणगढ, चितवन                
चोकर
९९.५ 
९३.६३
जय सन्तोषी माँ सुनचाँदी सोरुम नरायणगढ, चितवन
सिक्री
९९.५ 
९८
लोकमान एन्ड सन्स, मिलनरोड, नारायनगढ, चितवन    
झुम्का टप       
९९.५ 
९२.९१
न्यू वराह ज्वेलर्स न्यूरोड, काठमाडौं
नेकलेस
९९.५ 
९९.४३
सयपत्री मेरिगोल्ड ज्वेलर्स, न्यूरोड, काठमाडौं
सिक्री
९९.५ 
९९.३०
लक्की ज्वेलर्स, न्यूरोड, काठमाडौं        
चुरा     
९९.५ 
९९.४८
असोज र कात्तिक महिनामा संकलित नमुना बालाजुस्थित गुणस्तर तथा नापतौल विभागको प्रयोगशलामा परीक्षण गर्दा धेरैले सुनको शुद्धतामा उपभोक्तालाई ठग्ने गरेको पाइयो। ‘नारायणगढ र पोखराबाट आएका नमुनाहरु परीक्षण गर्दा अधिकांश गरेका नमुनाको शुद्धता कम भेटियो’, विभागका महानिर्देशक रामआधार साहले भने, ‘व्यापारीले २४ क्यारेटको भनेको सुनको शुद्धता २२ क्यारेटको मात्र छ।’

नारायणगढका ६ वटा पसलबाट संकलन गरिएका नमुनामध्ये सबैले घोषणा गरेकोभन्दा शुद्धता कम पाइएको छ। यी पसलेले २४ क्यारेट घोषणा गरेर बिक्री गरिरहेका गहनाको शुद्धता जाँच गर्दा सरदर २२ क्यारेटमा हुने शुद्धता पाइएको हो। ‘२४ क्यारेटको सुन भनेर २२ क्यारेटको बिक्री गर्नु ठगी हो,’ महानिर्देशक साहले भने, ‘हामीले उनीहरुलाई कानुन अनुसार कारबाही गर्न वाणिज्य विभाग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई परीक्षण प्रतिवेदन पठाइसकेका छौ।’ 
विभागको प्रयोगशालामा परीक्षण गरिएका पोखराका आठवटा पसलका गहनामध्ये सातवटाका गहनाको शुद्धता पसलेले घोषणा गरेकोभन्दा कम भेटिएको छ। पोखराका पसलेले २४ क्यारेट भनेर घोषणा गरेको सुनको शुद्धता परीक्षणबाट सरदर २२ क्यारेटकै शुद्धता पाइएको छ। पोखराका पसलेलाई पनि कारबाहीका लागि वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकिएको साहले जानकारी दिए। 
असोज महिनामै राजधानीबाट संकलित नमुना परीक्षण गर्दा यहाका पसलेले पनि घोषणा गरेकोभन्दा कमसल सुन बिक्री गरेको पाइएको छ। तर, नारायणगढ र पोखराको जस्तो शुद्धका धेरै कम भेटिएको छैन। गत वैशाख र जेठमा संकलन गरिएका नमुनामा भने उपत्यकाका पसलेले पनि २४ क्यारेटभन्दै २२ क्यारेटको सुन बेचेको भेटिएको थियो। ‘काठमाडौंमा भने व्यापारीले केही सुधार गरेको देखिन्छ,’ साहले भने, ‘अझैपनि घोषित शुद्धता कायम भने गरेका छैनन्।’ 
वाणिज्य विभागले पनि घोषित शुद्धता कामय नगर्ने सुन पसलेलाई कारबाही गर्न सम्बन्धित प्रमुख जिल्ला अघिकारीलाई पत्राचार गरिसककेको जनाएको छ। ‘हामीले उपभोक्ता संरक्षण ऐन अनुसार काराबाही गर्न चितवन र कास्कीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिसको छौ,’ विभागका महानिर्देशक नारायाणप्रसाद बिडारीले भने, ‘उनीहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मुद्दा अघि बढाउछन्।’ राजधानीका उपभोक्ता ठग्ने पसलेलाई भने विभागले आफै जिल्ला अदालतमार्फत मुद्दा चलाउनेछ। 
चाँदीमा अत्यधिक क्याडमियम 
प्रयोगशाला परीक्षणले सुनको शुद्धतामा कमी गरेर उपभोक्ता ठग्ने व्यापारीले चाँदीमा भने स्वास्थ्यलाई हानी गर्ने रसायन मिसाउने गरेको तथ्य बाहिर ल्याएको छ।
गहना पसलेले चाँदीमा स्वास्थ्यलाई हानी गर्ने क्याडमियम मिसाउने गरेको परीक्षणबाट पत्ता लागेको हो। परीक्षणका क्रममा पसलेहरुले चाँदीका गहना र भाँडामा २२ प्रतिशतसम्म क्याडमियम मिसाएको पाइएको हो। विभागले जय सन्तोषी माँ सुनचाँदी सोरुम नरायणगढबाट ल्याएको चाँदीको कल्ली परीक्षण गर्दा २२ प्रतिशत क्याडमियम भेटियो। पसलेले भने कल्लीमा प्रयोग भएको चाँदी ९० प्रतिशत शुद्ध भएको घोषणा गरेका थिए।
यसैगरी पोखराको कालिका गहना पसलबाट ल्याइएको चाँदीको बालामा १० प्रतिशत क्याडमियम भेटिएको छ। पसलेले बालामा शतप्रतिशत शुद्ध चाँदी रहेको घोषणा गरेका थिए। त्यस्तै पोखरा सिटी गोल्ड प्यालेसले ९९.५ प्रतिशत शुद्ध घोषणा गरेको चाँदीको गिलासमा ११.८९ प्रतिशत क्याडमियम भेटियो। पोखराकै एमके ज्वेलरीजबाट संकलित नमुनामा ९.८७ प्रतिशत क्याडमियम भेटिएको छ। ‘शुद्धता कम हुनुभन्दा हानिकारक रसायन मिसाउनु अझ ठूलो अपराध हो’ गुणस्तर विभागका महानिर्देशक साहले भने, ‘उनीहरुलाई स्थानिय प्रशासनले कडा कारबाही गर्छ भन्ने विश्वास गरेका छौ।’  

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...