Skip to main content

पर्खाई हुन्डाई ग्रान्डको

‘हेल्लो, ग्रान्ड कहिले नेपाल आउाछ?’ आजभोली थापाथलीस्थित हुन्डाई सोरुममा आउने फोन कलमा यस्तै प्रश्न सोध्नेहरु धेरै हुन्छन्। तिनीहरुमध्ये केहीले ग्रान्ड नेपाल मिति सोधेर कल अन्त्य गर्छन् त केहीले ग्रान्ड नेपाल भित्रिएपछि खबर गरिदिनु भन्दै नाम र नम्बर टिपाउाछन्।
फोन गर्नेका अतिरिक्त बाटो पर्दा सोरुम छिरेर ग्रान्ड बारे सोधीखोजी गर्नेहरु समेत बढिरहेका छन्। ‘नेपाल कहिलो आउला? मूल्य कति होला?’ जस्ता प्रश्न सोध्न सोरुम आउनेहरु धेरै भइसकेका छन्। ‘ग्रान्ड बारे इन्क्वायरी बढेको बढ्यै छ’, हुन्डाईको नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका वरिष्ठ प्रबन्धक रुपेश भट्ट भन्छन्, ‘यो ग्राडीप्रति धेरैको चासो देखिएको छ’।
हुन्डाई नेपाली बजारमा धेरै कार बिक्री हुने ब्रान्ड मध्येमा पर्छ। धेरै ग्राहकको रोजाइमा परेको ब्रान्ड भएकाले हुन्डाइको नया मोडलका कारप्रति चासो बढ्नु स्वभाविक नै भएको भट्टको ठम्याई छ। ‘भारतमा बिक्री सुरु हुने बित्तिकैदेखि नेपालमा आएको इन्क्वायरीले गर्दा ग्रान्डप्रति ग्राहकको चासो धेरै भएको बुझेका छौ’, भट्टले भने, ‘बजारमा आएपछि बिक्री पनि राम्रै हुने अपेक्षा छ’।

हुन्डाईको चलेका मोडलहरु ‘आई टेन’ र ‘आई ट्वान्टी’को बिचको ‘भर्सन’ भएकाले ग्रान्डप्रति भारतमा समेत ग्राहकको चासो धेरै छ। सेक्टेम्बरमा भारतमा बिक्री सुरु भएको यो मोडललाई ‘ग्रान्ड आई टेन’ पनि भनिन्छ।
केही भारतीय सञ्चारमाध्यमले यसलाई ‘आई टेन’को पछिल्लो संस्करण भनेर विश्लेषण गरेका छन्। भारतमै उत्पादन भएको हुन्डाइको यो कार भारतमा मध्यमवर्गलाई लक्षित गरेर बनाइएको हो। डिजेल र पेट्रोल दुवै इन्जिनमा उपलब्ध हुन्डाई ग्रान्डको डिजाइन पनि अन्य कारको जस्तै ‘फ्ल्यूडिक’ डिजाइन छ। ह्याचब्याक सेग्मेन्टको यो कारलाई छरितो र पारिवारिक कारकोरुपमा कम्पनीले प्रचार गरेको छ।
यो मोडललाई हेर्दा न त आई टेनको छनक आउाछ न त आई ट्वान्टीको। पूर्णरुपमा भिन्न डिजाइनको देखिने यो मोडलमा ‘स्विप्ट–ब्याक हेडल्याम्पस्’ र ‘बिग हेक्सागोनल ग्रिल विथ चुङ्की फग ल्याम्पस्’ जडान भएका छन्। आकर्षक डिजाइनयुक्त ‘ग्रान्ड’मा गुणस्तरीय प्लास्टिक र आल्मुनियमको प्रयोग गरिएको छ।
यसमा अडागी र पछाडी दुवैतिर एसर कन्डिसनरको सुविधा छ। कार चलाउनेले स्टेयरिङमै धेरै खाले सुविधाको उपयोग गर्न पाउनेछन्। जसले कार चालकलाई सहजता प्रदान गर्नेछ। यसमा ‘कि–लेस इन्ट्री’, ‘अटो फोल्डिङ मिरर’, ‘मल्टी इन्फरमेसन डिस्प्ले’ जस्ता आधुनिक विशेषता छन्। यूएसबी र एयूएक्स पोर्ट रहेको यसको म्युजिक सिस्टममा ब्लुटुथ कनेक्टिभिटीको सुविधा पनि छ। आन्तरिकरुपमा एक जीबी मेमोरी रहेको म्युजिक सिस्टममा फोन, मेमोरी कार्ड, पेनड्राइभलगायत जोडेर संगीत सुन्न सकिन्छ।
आरामदायी सिट, पर्याप्त सामान राख्ने स्थानजस्ता विशेषताले सानो गाडीमा आरामका साथ धेरै सामान बोकेर गरिने यात्रालाई समेत सहजता प्रदान गर्छ।यसको डिजेल भर्सनमा आई टेनमा प्रयोग भएको एक हजार दुई सय सिसीको काप्पा इन्जिन प्रयोग भएको छ। डिजेल भर्सनमा भने एक हजार एक सय सिसी क्षमताको तीन सिलिन्डरे इन्जिन प्रयोग भएको छ।
अङ्ग्रेजी नयाा वर्षको अवसरमा नेपाली बजारमा भित्र्याउने लक्ष्य राखिएको यो कारको मूल्य आई टेनको भन्दा बढी र आई ट्वान्टीको भन्दा कम हुने भट्टले जानकारी दिए। अहिले नै मूल्य भने यकिन नगरि सकिएको उनले बताए। दुई वर्षे वारेन्टीका साथ उपलब्ध हुन्डाई ग्रान्डमा ४३ लिटरको इन्धन ट्याङ्की छ।
कम्पनीको दाबीमा एक लिटर इन्धनले सहरमा १५.४ किलोमिटर कुदाउन सकिने यो कारलाई राजमार्गमा भने १९.६ किलोमिटर कुदाउन सकिन्छ। विभन्न रङमा उपलब्ध यो कार मध्यम वर्गका नेपालीको रोजाइमा पर्ने भट्टले दाबी गरे। कारका सौखिनका लागि भन्दापनि आवश्यकताका लागि पारिवारिक कार खोजी गर्नेहरुका लागि यो उपयुक्त हुनेछ। पारिवारिक भएपनि यसमा सबैखाले आधुनिक सुविधाहरु प्रयोग भएका छन्। यसमा एबिएस, एयरब्यागलगायतका सुरक्षात्मक प्रबन्धहरु पनि गरिएको छ। ‘सजिलो, छरितो, सुरक्षित र ब्रान्डेड पारिवारीक कारको खोजीमा रहेकाका निम्ती ग्रान्ड एकदमै उपयुक्त हुनेछ’, भट्ट भन्छन्, ‘यसप्रतिको यथार्थ आकर्षण भने नेपालमा आएपछि नै देखिने छ’।

 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...