Skip to main content

इनर्जी ड्रिङ्क्समा मुटु र मृगौला रोग लगाउने तत्व

 नेपालीमा बिक्री भइरहेका शक्तिवद्र्धक पेय(इनर्जीं ड्रिङ्क्स)मा मधुमेह, मुटु र मृगौला सम्बन्धि रोग लगाउने खालका तत्व अधिक मात्रामा भेटिएको छ।
नेपाली बजारमा बिक्ने प्रमुख १० ब्रान्डका इनर्जी ड्रिङ्क्सका नमुना संकलन गरि प्रयोगशालामा परीक्षण गर्दा स्वास्थ्यलाई हानी गर्ने तत्व अधिक मात्रामा भेटिएको हो। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को सहयोगमा उपभोक्ता हित संरक्षण मञ्चले गरेको अध्ययनले यस्ता पेयमा जनस्वास्थ्यमा गम्भिर असर पार्ने खालका तत्व भेटिएको देखाएको छ।
‘हामीले प्रयोगशला परीक्षण गर्दा इनर्जी ड्रिङ्क्स कम्पनी आफैले घोषणा गरेकोभन्दा दोब्बर मात्रामा क्याफिन भेटिएको छ’, मञ्चका कोषाध्यक्ष बाबुराम हुमागाईले भने, ‘सोडिएम कन्टेन्टलगायत शुन्य हुनुपर्ने तत्वहरु पनि भेटियो’।
बजारमा बिक्री भइरहेका इनर्जी ड्रिङ्क्सको प्रयोगशाला परीक्षणका क्रममा कम्पनीहरुले सम्रिश्रण(कम्पोजिसन)मा उल्लेख गरेका बाहेकका तत्वहरु समेत भेटिएको हुमागाईले बताए। उनका अनुसार सम्रिश्रणमा उल्लेख गरिएका तत्वभन्दा अन्य तत्व समेत भेटिनुले इनर्जी ड्रिङ्क्स स्वास्थका लागि उपयुक्त छैन।

प्रयोगशाला परीक्षण प्रतिवेदन अनुसार कम्पनीहरुले आफ्नो सम्रिश्रणमा दाबी गरेका र शरिरलाई तागत दिने खालका तत्व भने दाबीभन्दा कम पाइएको छ। ‘जुन तत्वले शक्ति दिन्छ र शरिरलाई कम हानी गर्छ त्यस्तो तत्व चाही कम छ’, औषधी व्यवस्था विभागका पूर्व निर्देशक समेत रहेका उनले भने, ‘जुन तत्वले सरिरलाई बढी हानी गर्छ, त्यस्ता तत्व उच्च मात्रामा पाइएको छ’।
डब्लुएचओको सहयोगमा मञ्चले प्यासिफिक इन्टरनेसनल नामक निजी कम्पनीको प्रयोगशालामा परीक्षण गरेको हो। यस्ता पेयमा स्वास्थ्यलाई हानी गर्ने तत्वको मात्रा रहेको साथै कम्पनीहरुले दाबी गरे अनुसारको शक्तिवद्र्धक तत्व नभएको परीक्षणको निष्कर्ष छ। ‘उपभोक्तालाई कम्पनीहरुले स्वास्थ्यमा हानी पुर्‍याउने र दाबी गरे अनुसार तत्व नराखी ठूलो रकम असुलेर समेत ठग्ने गरेको देखियो’, हुमागाईले भने, ‘यस्तो कार्य गर्नेलाई काुननी कारबाही हुनु जरुरी छ’।
डब्लुएचओ नेपालका वातावरण तथा स्वस्थ्य सल्लाहकार टेरेन्स थम्सनले परीक्षणबाट इनर्जी ड्रिङ्क्समा भेटिएका तत्वले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने बताए। ‘यस्ता तत्वले मुटु र मृगौला सम्बन्धि रोग एवं मधुमेह समेत लगाउन सक्छन्’, उनले भने, ‘इनर्जी डिङ्क्सको सही तरिकाबाट नियमन हुनु जरुरी छ’।
प्रयोगशाला प्रतिवेन अनुसार यस्ता पेयमा १५ ग्राम चिनीमा हुने बराबरको क्यालोरी हुने देखिएको छ। यसले उपभोक्तालाई कम्पनीहरुले कम शक्तिवद्र्धक वस्तुलाई बढी शक्तिवद्धक भन्दै बिक्री गरेको देखााउछ।
मञ्चले प्रयोगशाला परीक्षणसागै इनर्जी ड्रिङ्क्सको बिक्री तथा प्रयोगका बारे समेत अध्ययन गरेको छ। यस्तो अध्ययनका क्रममा इनर्जी ड्रिङ्क्सका क्यानहरुमा कानुनले तोके अनुसारका विवरण नभएको देखाएको छ। खाद्य ऐन र अन्य नियमहरुले तोकेको परिधिमा रहेर मात्र आयात गर्नुपर्नेमा त्यस्तो नगरिएको अध्ययनको निश्कर्ष छ।
मञ्चले उपत्यकाका २ सय ग्राहकको अन्तरवार्ता लिएर गरेको अध्ययनका क्रममा अधिकांश प्रयोगकर्ताले आफुलाई यस्ता पेयमा भएको सम्रिश्रण बारे जानकारी नभई पिउने गरेको बताएका छन्। शिक्षित वर्गले यस्ता पेयको उपभोग बढी गर्ने गरेको देखिएपनि यसले गर्ने हानीका बारे धेरै अनभिज्ञ रहेका पाइएको छ।
यसको प्रयोग भने वर्षेनी बढिरहेको अध्ययनले देखाएको छ। व्यापार तथा निकासी केन्द्रका अनुसार गत वर्ष मात्र नेपालमा एक अर्बभन्दा बढीको इनर्जी ड्रिङ्क्स आयात भएको छ। नेपालमा वर्षेनी यस्ता पेयको आयात र प्रयोग बढिरहेको छ।



 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...