Skip to main content

तेस्रो मुलुकमा नेपाली जुत्ता–चप्पलको माग

स्वदेशी र भारतीय ग्राहकबिच लोकप्रिय बन्दै गएका नेपाली जुत्ता–चप्पलको तेस्रो मुलुकमा समेत माग हुन थालेको छ।
डेढ दशक अघिदेखि भारतमा निर्यात भइरहका नेपाली जुत्ता–चप्पलको बंगालादेश, श्रीलंकालगायतका मुलुकबाट माग आएको हो। तेस्रो मुलुकबाट माग आएपनि पर्याप्त उत्पादन अभाव र प्रकृयागत झन्झटले निर्यात भने हुन सकेको छ।
‘माग आएपछि हामीले श्रीलंका निर्यातका लागि सबै तयारी गरेका थियौं’, मोरङको उत्सव ओभरसिजका प्रबन्ध निर्देशक हरि दाहालले भने, ‘उता सोरुम समेत खोल्ने तयारी गरियो, तर त्यहाको सरकारले भारी कर लगाएकाले निर्यात गर्न सकेका छैनौ’।
श्रीलंका सरकारले स्वदेशी उद्योग प्रवद्र्धनका लागि प्रति जोर चप्पलमा करिब दुई सय रुपैयाा राजस्व लगाएकाले आफुहरुले निर्यात गर्न नसकेको बताए। नेपालबाट करिब १५ वर्षदेखि ‘गोल्ड स्टार’ ब्रान्डको जुत्ता भारत निकासी भइरहेको छ। तेस्रो मुलुकबाट नेपाली जुत्ता–चप्पलको माग आएको भने यो पहिलो पटक हो।
उत्सव ब्रान्डमा पियू चप्पल उत्पादन गरिरहेको कम्पनीले बंगालादेश र भारतमा भने निकासी तयारी गरिरहेको छ। हामीले अरु मुलुकमा निकासीको तयारी गरेका छौ’, दाहालले भने, ‘सबै प्रकृया मिलिसकेको छैन’। दाहालका अनुसार उत्पादन बढाउन सके भारत सहित बंगालादेश र श्रीलंकामा नेपाली जुत्ता–चप्पल निर्यात हुने सम्भावना छ।
नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायले भारत सहित तेस्रो मुलुकमा समेत नेपाली जुत्ता–चप्पल निर्यात हुनसक्ने देखेपछि केही व्यवसायीले लगानी थप गरिरहेको बताए। ‘केही व्यवसायी साथीले नयाा उत्पादन युनिट राखिरहनु भएको छ’, उनले भने, ‘उहाहरुको उद्देश्य निर्यात गर्ने नै छ’।
नेपाली बजारमा राम्रै चर्चा पाइरहेको शिखर सुजले पनि निर्यातको लक्ष्यका साथ लगानी बढाइरहेको छ। शितर सुजले हल्का, गुणस्तरीय र सस्ता खाले जुत्ता उत्पादनका लागि तयारी गरेको सञ्चालक रामकृष्ण प्रसाईले बताए। हामीले निर्यातको सम्भावना देखेर यस्ता खाले जुत्ता उत्पादको तयारी गरेका हौ’, उनले भने, ‘करिब तीन महिनामा उत्पाद सुरु हुन्छ, त्यसपछि निर्यातका लागि पनि पहल गर्छौ’। शिखरले भारत र बंगालादेशलगायतका छिमेकी मुलुकमा निर्यातको लक्ष्य राखेको छ।
किरण सुज म्यानुफ्याक्चरर मोर्डन ल्पिर्स इन्डस्ट्रिजले उत्पादन गर्ने ‘गोल्ड स्टार’ जुत्ता भारतमा निक्कै लोकप्रिय छ। यसको निर्यात वर्षेनी बढिरहेको छ। सस्तो, गुणस्तरीय र बलियो भएकाले धेरै भारतीयको रोजाइमा परेको ‘गोल्ड स्टार’ जुत्ता पर्ने गरेको छ। अरु उद्योगहरुले पनि यस्तै खालको जुत्ता उत्पादन गरेर भारत निकासी गर्ने तयारी थालेका हुन्।
किरण सुजका बजार प्रमुख राजन श्रेष्ठका अनुसार अहिले कम्पनीले वार्षिक करिब ५० हजार जोर ‘गोल्ड स्टार’ जुत्ता भारत निकासी गरिरहेको छ। आफ्नो उत्पादनको ६० प्रतिशतभन्दा बढी भारत निकासी गरेबापत वर्षेनी जस्तो नेपाल चेम्बर अफ कमर्सले किरण सुजलाई उत्कृष्ट निर्यातकर्ता कम्पनीकारुपमा सम्मान गर्दै आएको छ।
झट्ट हेर्दा खासै आकर्षक नदेखिए पनि ‘गोल्डस्टार’ जुत्ता भारतीय मध्यम वर्गको रोजाइमा परेको छ। हलुका, सस्तो र बलियो विषेशताका कारण जाडोमा बाहेक खासै जुत्ता नलगाउने भारतीयले यसलाई रुचाउादै आएका छन्। किरण सुजले हाल वार्षिक करिब ८० लाख जोर जुत्ता उत्पादन गर्दै आएको छ।
‘गोल्ड स्टार’ जुत्ताकै कारण नेपालबाट भारतर्फ निकासी हुने मुख्य वस्तुमध्येमा जुत्ता–चप्पल पनि पर्ने गरेको छ। सरकारी तथ्याङ्कले नेपालबाट भारतर्फ जुत्ता–चप्पलको निर्यात वर्षेनी बढिरहेको देखाएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र नेपालबाट भारततर्फ ४० करोड ११ लाख रुपैयााको जुत्ता–चप्पल निर्यात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ। गत वर्षको यसै अवधिमा भने २८ करोड ३५ लाख रुपैयााको मात्र निकासी भएको थियो।
‘वर्षेनी हाम्रो जुत्ताको माग बढिरहेको छ’, किरण सुजका श्रेष्ठले भने, हामीले पनि उत्पादन बढाएर मागलाई पुरा गरिरहेका छौ’। राष्ट्र बैंकको तथ्याङ्कले पनि चालू आर्थिक वर्षको पहिलो तीन महिनामा जुत्ता–चप्पलको निर्यात गत ४१.५ प्रतिशतले बढेको देखाउाछ। गत वर्षको यसै अवधिमा निर्यात ३३.४ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा एक अर्ब ६९ करोड ५८ लाख रुपैयाा बराबरका जुत्ता–चप्पल निर्यात भएका थिए। यो अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढेको हो। नेपालमा उत्पादित जुत्ता–चप्पलले यहाको मागको ५५ प्रतिशतभन्दा बढी पुरा गर्ने अनुमान छ।

जुत्ता–चप्पलको निर्यात
 
आव ०६७/६८          ७६ करोड ५७ लाख
आव ०६८/६९          १ अर्ब ३४ करोड १४ लाख
आव ०६९/७०          १ अर्ब ६९ करोड ५८ लाख
 
स्रोत : नेपाल राष्ट्र बैंक
 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...