Skip to main content

निमित्तको भरमा नेसनल, निगम र पारवहन

वाणिज्य मन्त्रालय अन्तर्गतका तिन संस्थान लामो समयदेखि प्रमुख विहिन अवस्थामा चलिरहेका छन्।
सरकारले प्रमुख नियुक्त गर्न नसक्दा मन्त्रालय अन्तर्गतका नेपाल आयल निगम, नेसनल ट्रेडिङ लिमिटेड र पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड प्रमुख विहिन अवस्थामा चलेका हुन्। प्रमुख नहुदा यी संस्थानले कतिपय अत्यावश्यक निर्णय समेत गर्न पाइरहेका छैनन्।
कानुनी जटिलतालाई देखाउदै प्रमुख नभएका संस्थानमा मन्त्रालयले नयाँ नियुक्तिका लागि सिफारिस गरेको छैन। सवोच्च अदालतको अन्तरिम आदेशका कारण सार्वजनिक संस्थान निर्देशक बोर्डले नियुक्ति प्रक्रिया अघि बढाउन नसक्दा संस्थान प्रमुखका विषयमा थप अन्यौल सिर्जना भएको छ। आयल निगममा दुई वर्ष अघिदेखि प्रमुख रहेका छैनन्। निगम दुई वर्षदेखि निमित्तको भरमा चल्दै आएको हो। तत्कालिन निगमका कार्यकारी निर्देशक दिगम्बर झाको पदावधि सकिएपछि निगम निमित्तको भरमा चलेको हो। झा पछि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका सुरेशकुमार अग्रवालको पदावधि सकिएपछि हाल जयराज आचार्यले निमित्त प्रबन्ध निर्देशककोरुपमा काम गरिरहेका छन्।
उनको पदावधि पनि आगामी फागूनमा सकिदैन। आचार्यको पदावधि सकिएपछि निगममा निमित्त सम्हाल्नका लागि ११ औ तहका कर्मचारी समेत छैनन्। आचार्यको पदावधि सकिएपछि १० औ तहका वरिष्ठ कर्मचारी सागर सत्यालले निमित्त सम्हाल्नु पर्ने अवस्था आउनेछ।
‘हाम्रोमा आचार्य सरको पदावधि सकिएपछि निमित्त सम्हाल्न १० औ तहको कर्मचारी अघि सर्नुपर्ने अवस्था छ’, निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘सरकारले यस्तो अवस्थामा त नियुक्ती गरिदिनु पर्ने हो, गरेको छैन।’ घिमिरेका अनुसार संस्थानमा प्रमुख नहुदा धेरै आवश्यक काम कारबाही समेत प्रभावित भएका छन्। ‘प्रमुख नहुदा हुनुपर्ने निर्णय समेत हुन सक्दैनन्’, घिमिरेले भने, ‘निमित्तलाई सबै काम गर्ने अधिकार पनि हुदैन।’
आयल निगमजस्तै नेसनल ट्रेडिङ पनि लामो समयदेखि प्रमुख विहिन भएको छ। नेसनल ट्रेडिङमा पनि प्रमुख नहुदा काम प्रभावित भएको मन्त्रालयका अघिकारीहरु बताउछन्। सार्वजनिक संस्थान बोर्डले नयाँ प्रमुख नियुक्त गर्न नसक्ने भएपछि ट्रेडिङ पनि निमित्तको भरमा चलेको छ।
पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा पनि अहिले निमित्त प्रमुखले संस्थान चलाइरहेका छन्। गत असोज २६ गते तत्कालिन प्रमुख योगेन्द्र महतोको पदावधि सकिएपछि त्यहा तारानाथ दाहाल निमित्त भएर काम गरिरहेका छन्। ‘समयमै प्रमुख नियुक्त नहुँदा कतिपय काम गर्न सकिएको छैन’, निमित्त प्रमुख दाहाले भने, ‘मलाई सबैखाले काम गर्ने अधिकार छैन।’
सर्वोच्चको अन्तरिम आदेशका कारण आफुहरुले कुनैपनि संस्थानमा प्रमुख नियुक्त गर्न नसकेको सार्वजनिक संस्थान निर्देशन बोर्डका अध्यक्ष विमल वाग्ले बताउँछन्। ‘अदालतले नरोकेको भए धेरैमा नियुक्ती भइसक्थ्यो’, उनले भने, ‘मुद्दा मामिलाका कारण कतैपनि नियुक्ती गर्न सकिएको छैन।’
वाणिज्य मन्त्रालयका सहप्रवक्ता दीपक पाण्डेले पहिलेकै जसरी नियुक्ती गर्ने नीति लिएर सरकारले बोर्ड स्थापना गरेपनि कानुनी जटिलता उत्पन भएकाले संस्थानहरु प्रमुख विहिन भएको बताए।
 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...