Skip to main content

घरजग्गामा नाकाबन्दीको असर परेन

भूकम्प र त्यसपछिको नाकाबन्दीले कृषि, उत्पादनमूलक क्षेत्र लगायतमा नकारात्मक असर परे पनि घरगग्गा कारोबारमा भने ठूलो असर परेन ।
सरकारले कारोबारबाट असुल गर्ने राजस्वलाई आधार मान्ने हो भने खासै कमी नआएको देखिएको हो । मुलुकको अर्थतन्त्र ० दशमलव ७७ प्रतिशतमा सीमित हुँदा घरजग्गाबाट उठ्ने राजस्व जम्मा १० प्रतिशतले घटेको छ ।
यस वर्षको चैतसम्ममा घरजग्गाको कारोबारबापत उठ्ने राजस्व ८ अर्ब ३ करोड रुपैयाँ छ । गत वर्षको यसै अवधिमा ८ अर्ब ९४ करोड राजस्व उठेको थियो । नाकाबन्दीको समय कात्तिक र मंसिर महिनामा कारोबार कम भए पनि अन्य महिना गत वर्षकै हाराहारी वा बढी राजस्व असुली भएको छ ।
नाकाबन्दीको अन्त्यसँगै सबैजसो सहरी क्षेत्रमा घरजग्गा कारोबारले थप गति लिएको छ । ‘तीन–चार महिनादेखि भने पहिलेको गतिमा फर्कन खोज्दै छ,’ त्रिवेणी बिल्डर्स आवास कम्पनीका सञ्चालक रामचन्द्र अधिकारीले भने, ‘अहिले भाउ पनि बढिरहेको छ ।’
व्यवसायीका अनुसार जग्गाको भाउ दोब्बर भएको छ । नेपाल आवास तथा घरजग्गा व्यवसायी संघका महासचिव मीनमान श्रेष्ठले राजस्व भने जग्गाको सरकारी मूल्यांकन वृद्धि भएकाले धेरै देखिएको बताए । गत वर्षको बजेटमार्फत जग्गाको सरकारी मूल्यांकन बढेको थियो ।
यसले गर्दा राजस्वमा खासै असर नपरेको श्रेष्ठको भनाइ छ । उपत्यकाभित्र माघ–फागुनदेखि कारोबार बढ्न थालेको उनले जानकारी दिए । ‘जग्गाको कारोबार बढ्न थालेको हो,’ उनले भने, ‘अर्पाटमेन्ट र घरको बिक्री भने खासै भएको छैन ।’
 व्यवसायीले भूकम्प पछि अपार्टमेन्टको बिक्री सुरु नभएको जानकारी दिए । ‘अपार्टमेन्टको बिक्री कसैले पनि सुरु गरेकै छैनन्,’ उनले भने, ‘कतिपय मर्मत गर्दै छन्, निर्माण रोकेकाले फेरि सुरु गर्दै छन् ।’

गत वर्षको भुइँचालोपछि भदौ र असोजमा घरजग्गा कारोबारमा सुधार देखिएको थियो । संविधान जारी भएपछि तराईमा मालपोत कार्यालय खुल्न नसक्दा कारोबार पूर्ण रूपमा ठप्प भएको थियो ।
‘तराईमा कार्यालय खुलेपछि भने जग्गाको कारोबार बढेको देखिएको छ,’ भूमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले भने, ‘उपत्यकामा पनि अहिले कारोबार निकै बढेको छ ।’
भुइँचालोपछि जग्गा खरिद गर्नेले क्षेत्र फल बढाएर किन्न थालेका छन् । ‘पहिले साढे दुईदेखि तीन आना किन्ने चलन पनि थियो,’ अधिकारीले भने, ‘अहिले भने काँठ क्षेत्रमा गएर भए पनि कम्तीमा चार आना किन्ने चलन बढेको छ ।’
उनका अनुसार काँठ क्षेत्रमा भूकम्प प्रतिरोधी सानासाना टहरा बनाउनका लागि जग्गा किन्नेको संख्या धेरै छ ।
घरजग्गाका लागि १० देखि २० लाखसम्म लगानी गर्ने क्षमता भएकाले काँठ क्षेत्र रोज्ने गरेको व्यवसायीहरू बताउँछन् । भुइँचालोपछि सरकारले ल्याएको ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन, २०७२’ का कारण खरिदकर्ताले क्षेत्रफल बढाएर जग्गा किन्न थालेका हुन् ।
मापदण्डले खुला क्षेत्र, सडकको क्षेत्र एवं सडकको चौडाइलगायत विभिन्न मापदण्ड तोकेको छ । यस्ता मापदण्ड पूरा गरेर घर बनाउन पहिलेजस्तो ससाना जग्गामा सम्भव नहुने अधिकारीले बताए ।
सरकारले चालू आर्थिक वर्षमा घरजग्गामार्फत करिब १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । सरकारी लक्ष्यअनुसार भने उठेको छैन ।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...