Skip to main content

टोलै पिच्छे मार्ट

 कतारस्थित विश्व चर्चित खुद्रा बिक्रेता (रिटेलर) क्यारिफोरमा १६ वर्ष काम गरेर फर्केपछि खोटाङ बुइपाका निर्वाचन राईले सुरक्षित लगानी क्षेत्रको खोजी गरे । बजारको सामान्य सर्भेपछि उनले डेढ दशकको अनुभवलाई उपयोग गर्ने गरी लगानीको योजना बनाए ।
राईको योजनालाई वैदेशिक रोजगारीबाटै फर्किएका र साना व्यवसायमा आबद्ध अन्य ६ जनाले पनि साथ दिए । राईसहित सात जना मिलेर यही वैशाख १ गतेदेखि सुविधानगरमा महानगर सुपरमार्ट खोले । खुलेको महिना नपुग्दै ग्राहकको मन तानिन थालेको छ । खुलेकै दिनदेखि पर्याप्त ग्राहक आउन थालेपछि राईको समूह उत्साहित छ ।
कतारबाट फर्केपछि राजधानीका विभिन्न क्षेत्र घुम्दा राईले नेपालीको किनमेल संस्कृतिमा पहिलेभन्दा भिन्नता पाए । यही भिन्नताले उनलाई ‘सुपर मार्केट’ भन्दा कम र ‘मिनिमार्ट’ भन्दा बढी सुविधायुक्त ‘हाई ब्रिड’ ‘स्टाइल’ को मार्ट खोल्ने ‘आइडिया’ दियो । ‘मेरो अनुभव पनि रिटेल बिजनेसमै हो । यहाँ उपभोक्ताको रोजाइ पनि आधुनिक रिटेलमा पाइयो,’ उनले भने, ‘त्यसलाई किन ‘क्यास’ नगर्ने ? भनेर मार्ट खोलेका हौं ।’
पुख्र्यौली पेसा गलैंचा उद्योगमा आबद्ध बानेश्वरका छिरिङले घाटा खाएपछि व्यवसाय छाड्नुपर्‍यो । त्यसपछि उनको आम्दानी स्रोत मात्र गुमेन, बेरोजगारीको हुटहुटीले सतायो । लगानीको उपयुक्त क्षेत्र नदेखिरहेका छिरिङलाई ग्राहकको नयाँ बानीले तान्यो ।

‘मान्छेसँग समय नै छैन । बार्गेनिङ सपलाई बिस्तारै ग्राहकले बेवास्ता गर्न थालेको देखें,’ उनले भने, ‘त्यसले अचानक मलाई पनि मार्ट खोल्ने विचार आयो ।’ छिरिङलाई मार्ट खोल्नका लागि कुनै उपयुक्त स्थानको खोजी गर्नै परेन । नयाँ बानेश्वर चोकमा रहेको आफ्नै घरको भुँइतलामा दुई वर्षअघि उनले तारा मार्ट खोले । मार्टको कमाइले उनको गुजारा मात्र चलेको छैन, गलैंचाको घाटा पूर्ति गर्ने आधारसमेत बनेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका राई र पुरानो व्यवसायमा घाटा बेहोरेका छिरिङ मात्र होइन, किनमेल संस्कृति परिवर्तन भएपछि ठूला व्यावसायिक घरानाले समेत यस्ता मार्ट खोलिरहेका छन् । वायुसेवा र होटल व्यवसायमा लगानी गरिरहेको यती एयरलाइन्स समूहले मलेसियाको रिटेल बजार ‘केके मार्ट’ को ‘फ्रान्चाइज’ मार्ट खोलेको चार वर्ष भइसक्यो ।
समूहले चार वर्षमा उपत्यकाभित्र पाँच वटा शाखा विस्तार गरिसकेको छ । बौद्धमा पहिलो शाखा खोलेको समूहले हाल बानेश्वर, भैंसेपाटी, लगनखेल र मंगलबजारमा शाखा खालिसेको छ । चार वर्षअघि नै चौधरी समूह पनि मार्ट व्यवसायमा प्रवेश गरिसकेको छ । समूहले हाल कलंकी, त्रिपुरेश्वर र डिल्ली बजारमा ‘सीजी मार्ट’ चलाइरहेको छ ।
दैनिक उपभोग्य वस्तु एकै स्थानमा पाइने र किराना पसलकै जस्तो मूल्य हुने भएकाले ग्राहकको आकर्षण यस्ता मार्टमा बढ्दै गएको छ । ग्राहकको आकर्षण बढेकाले वैकल्पिक व्यवसाय गर्न चाहनेदेखि ठूला व्यापारिक समूहले समेत मार्टमा लगानी गर्न थालेका हुन् ।
मार्टमा मूल्य बढी हुन्छ भन्ने धारणा भए पनि ग्राहकले किराना पसलकै मूल्यमा सामान पाउने मार्ट सञ्चालकहरूको दाबी छ । उपभोक्त पनि उस्तै मूल्यमा दैनिक आवश्यकताका वस्तु एउटै छानामुनि पाइने गरेकाले मार्टले सजिलो बनाएको बताउँछन् ।
‘सबै सामान एकै ठाउँमा पाइन्छ,’ केके मार्टमा किनमेल गर्दै गरेकी बुद्धनगरकी मीरा तामाङले भनिन्, ‘अन्त जाँदा दसतिर दौडनुपर्छ । मलाई मार्ट नै सजिलो लाग्छ ।’
पछिल्ला वर्षहरूमा नेपालीको किनमेल संस्कृतिमा पनि निकै परिवर्तन आएको महानगरका राई बताउँछन् । ‘पहिले ९५ प्रतिशतले बार्गेनिङ गर्ने पसल मन पराउँथें,’ उनले भने, ‘अहिले त्यो संख्या ७५ प्रतिशतमा झरेको छ । हामीले त्यसलाई पनि कम गर्ने गरी काम गर्नुपर्ने छ ।’ सुरुमा खुलेका सुपर मार्केट र डिपार्टमेन्ट स्टोरको एकाधिकार हुँदा सामान महँगो हुने गरे पनि अहिले प्रतिस्पर्धाले मार्टहरू सस्तो बनेको उनको तर्क छ ।
सुपर मार्केटभन्दा साना तर दैखिक उपभोगका सबैखाले सामग्री पाइने यस्ता मार्टमा ग्राहकको आकर्षण बढ्दो देखिन्छ । यस्ता मार्टमा खाद्यान्न, पेय, कस्मेटिक्स, मदिरा, दुग्ध उत्पादनलगायत सामान पाइन्छन् । केही मार्टले भने तरकारी तथा फलफूलसमेत राखेका छन् ।
व्यवसायीहरू मार्टमा किन्दा मिति गुज्रेका सामान पाइने सम्भावना कम हुने दाबी गर्छन् । यसैगरी कम्प्युटराइज बिलिङ हुँदा उपभोक्ता ठगी पनि कम हुने गरेको उनीहरू बताउँछन् ।
शाखा र सुविधा थप्दै
राजधानीका टोलैपिच्छे यस्ता मार्ट खुल्न थालेपछि बजारमा प्रतिस्पर्धा गर्न मार्टहरूले विभिन्न क्षेत्रमा शाखा विस्तार गर्नुका साथै नयाँनयाँ सुविधा थप्न थालेका छन् ।

राजधानीमा १७ वटा शाखा विस्तार गरिसकेको बिग मार्टले अहिले मोबाइल एपमार्फत कारोबार थालेको छ । एन्ड्रोइड एवं एप्पलको एप स्टोरमा उपलब्ध बिग मार्टको एप्समार्फत उपभोक्ताले सिधै सामान अर्डर गर्न, किन्न र होम डेलिभरी लिन सक्ने छन् । यसैगरी आफ्नो कारोबारबारे समीक्षा गर्ने र अनलाइनमार्फत नै सामानबारे जानकारी लिने सेवासमेत यसमा छ ।
तीव्र रूपमा आफ्ना शाखा विस्तार गरिरहेको ‘ननस्टप ३६५’ मार्टले वर्षका सबै दिन सेवा दिने भएको छ । अरू मार्टभन्दा प्रतिस्पर्धामा अगाडि आउन यसले अनलाइनमार्फत नै अर्डर लिएर होम डेलिभरी दिने छ । ‘हामी वर्षका ३ सय ६५ दिन नै सेवा दिन्छौं,’ प्रमुख कार्यकारी अधिकृत दीप्ति राणा शाहले भनिन्, ‘यस्तो सेवा अरूले दिएका छैनन् ।’
रामेको कन्भिनियन्स स्टोर नामक कम्पनीले सञ्चालन गरेको यो मार्टका उपत्यकाभित्र ५ वटा शाखा खुलिसकेका छन् । बालाजु, बाफल, गल्फुटार, ठमेल, छाउनी, बुद्धनगर, शंखमूलमा शाखा खोलिसकेको कम्पनीले बानेश्वरको संगमचोकमा केही दिनभित्रै अर्को शाखा सञ्चालन गर्दै छ ।
पछिल्ला वर्षमा नेपालीहरू विदेश जाने र फर्कने क्रम बढी हुँदा किनमेल संस्कृतिमा परिवर्तन भएको छ । विकसित मुलुकका सुपर मार्केट घुमेर फर्केका उपभोक्ता बढी मार्टतर्फ आकर्षित हुने गरेका छन् ।
यसैगरी विकसित मुलुककै कारोबार देखेर फर्केका वा यस्तै स्टोरमा काम गरेर फर्केकाले मार्ट खोल्ने प्रचलन बढेको छ । ‘विदेशको सीपलाई प्रयोग गर्न पनि मार्टमा लगानी गर्नेहरू बढेका हुन सक्छन्,’ महानगरका राईले भने, ‘अहिले ग्राहक पनि एक–दुई मुलुक घुमिसकेका हुन्छन् । उनीहरूलाई पनि मार्टमा किनमेल गर्न सजिलो लाग्नु स्वाभाविक हो ।’

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...