Skip to main content

Posts

औ अब बाइक कुदाउदै मोबाइल चार्ज गर्नुस्

Tweet यात्राका क्रममा मोबाइल फोनको ब्याट्री सकियो भने के गर्नुहुन्छ? कारधनी हुनुहुन्छ भने त कारमा चार्ज गर्नुहोला। बाइकमा चढेर कतै निस्कदै हुनुहुन्छ भने पक्कै समस्या पर्छ। मोबाइल चार्ज गर्न बाइक रोकेर छेउछाउको बस्ती तिर लाग्नुको विकल्प हुन्न। बस्ती तिर लाग्दैमा पनि चार्ज गर्न पाइन्छ भन्ने कहा ग्यारेन्टी छ र? लोडसेडिङ भइरहेको हुनसक्छ। यस्तै चिन्ताले सताउने गरेको छ भने ढुक्क हुनुहोस् अब तपाईले यात्रका क्रममा मोबाइल चार्ज गर्न कार किनिरहनु पर्दैन। न त बाइक छेउ लगाएर बस्ती तिर दौडनु नै पर्छ। बाइकमै आफ्नो माबाइलको चार्जर जोडेर ब्याट्री फुल बनाउन मिल्ने सुविधा सहितको बाइक आइसकेको छ। तपाईले पुरानो बाइक बेचेर यस्तो सुविधा भएको बाइक किन्न सक्नुहुन्छ। अनि ढुक्क भएर बाइक चलाउदै त्यसैमा मोबाइल चार्ज जर्न पनि सक्नुहुन्छ। नेपाली बजारमा भर्खरै बिक्री सुरु गरिएको अमेरिकी कम्पनी युनाइटेड मोटर्स(युएम) ग्लोबलले उत्पादन गरेको ‘रेनेगेड कमान्डो’ बाइक किन्नुभयो भने तपाइले यस्तो सुविधा पाउनु हुनेछ। लामो यात्राका लागि आरामदायी हिसाबले बस्न मिल्ने डिजाइनमा तयार भएको यो बाइकले तपाईलाई कारमा हुने केही ‘हा...

काठमाडौंलाई कोलोराडोबाट तरकारी अर्डर

Tweet अमेरिका बस्ने छोरासँग गफ गर्दा तरकारी सकिएको कुरा भयो भने एकै छिनमा उनीहरुको घरैमा तरकारी आइपुग्छ। यसरी घरैमा आइपुगेको तरकारीका लागि उनीहरुले पैसा समेत तिर्नुपर्दैन। कपन निवासी कृष्णप्रसाद र भगवती पन्त दम्पतीका लागि यस्तो घटना पहिले नौलो हुन्थ्यो। अहिले उनीहरुलाई यस्तो घटना नौलो लाग्न छाडेको छ। गएको एक वर्षदेखि त प्रत्येक साता जस्तो उनीहरुले थाहै नपाई विभिन्न खाले तरकारी र फलफूल घरमा आइपुग्छ। ‘डोरबेल’ बज्दा ढोका खोल्न पुगेका पन्तले धेरैपल्ट तरकारी र फलफूलको पोको लिएर आएको मान्छे भेट्छन्। पोको लिन्छन् र मुसुक्क हासेर भान्सामा पुर्‍याउछन्। अमेरिकाको कोलोराडोमा बस्ने छोरो कञ्चनलाई सुनाउदा पन्तको घरमा कसरी विनापैसाको तरकारी आइपुग्छ त? ‘अनलाइन सपिङबाट,’ पन्तको सहज जवाफ छ, ‘उतैबाट पैसा तिरेर अनलाइन सपबाट डेलिभरी गराइदिन्छ।’ पन्तका छोरा कञ्चनले करिब एक वर्षदेखि मेट्रो तरकारी डटकमबाट कोलोराडोमै बसेर तरकारी खरिद गरिरहेका छन्। उनले उतैबाट ‘पेपाल’ कार्डबाट पैसा तिरिदिन्छन् अनि कपनसम्म तरकारी पुर्‍याउने अर्डर दिन्छन्। ‘उहा हाम्रो नियमित ग्राहक बन्नुभएको छ,’ मेट्रो तरकारीका प्रमुख कार...

लौ हेर्नुस् तीन लाख पर्ने रक्सी

Tweet विलासी वस्तुका लागि अर्बौ बाहिरिने नेपालमा कति भाउसम्मको रक्सी आउछ? ‘लाख रुपैयाँसम्मको’ तपाईको जवाफ हुनसक्छ। किनकी करिब तीन महिनाअघि नेपालमा विश्वप्रसिद्ध ह्स्विकी कम्पनी जोनी वाकरको एक लाख पर्ने ह्विस्की आएको समाचार प्रकाशमा आएको थियो। ‘जोनी वाकर ओडिसी’ बारे केही समयअघिका ताता बहस ताजै रहेकाले तपाइले महँगो रक्सी सम्झदा  लाख अंक पनि सम्झन सक्नुहुन्छ। यदी अहिले पनि महँगो रक्सी सम्झदा एक लाख मात्र सम्झिरहनु भएको छ भने अब त्यसमा थप दुई लाख पनि जोडेर महँगो रक्सीको मूल्य निकाल्नु भए हुन्छ। हो, अब नेपाली बजारमा एक बोतलको तीन लाख पर्ने रक्सी भित्रिसकेको छ। बिक्रेताले यसलाई नेपाल आयात भएको हालसम्मकै सबैभन्दा महँगो रक्सी भनेका छन्। नेपाली बजामरा वेलायती कम्पनी चिभाज ब्रदर्सले उत्पादन गरेको ‘रोयल स्यालुट–६२ स्यालुट’ ब्रान्डको तीन लाख पर्ने महँगो ह्विस्की भित्रिएको हो। चिभाज ब्रदर्सले उत्पादन गरेको यो ‘ब्लेन्डेड स्कच ह्विस्की’को दाम नेपाली बजारमा कर सहित ३ लाख रुपैयाँ तोकिएको छ।

किन्नुस दसैंको खसी, घरमा बसीबसी

यसपटकको दसैंका लागि तपाई कहाँबाट खसी किन्दै हुनुहुन्छ? व्यस्तताका कारण खाद्य संस्थानमा लाइन लागेर कसरी खसी किन्नु भनी चिन्तित त हुनुहुन्न? यदी तपाई त्यस्तो चिन्तामा हुनुहुन्छ भने अब पीर मान्नु पर्दैन। खाद्य संस्थान वा टुकुचा पुगी लाइन लागेर खसी किन्ने फुर्सद नभए पनि दसैंमा तपाई घरमै बसीबसी एकै छिनमा किन्न सक्नुहुन्छ। जिउदो खसी समेत अब अनलाईनबाटै किन्न सकिने सुविधा सुरु भएकाले तपाईले घरमै बसेर यस्तो सेवा पाउनु हुने भएको हो। यो सुविधाको उपयोग गर्दै तपाइले जहासुकैबाट इन्टरनेटमार्फत तत्कालै खसी छनोट गरि अर्डर गर्न सक्नुहुनेछ। यसरी अर्डर गरिएको खसी घरमा एकघण्टा भित्र आइपुग्छ। खसी घरमा आइपुगेपछि तपाइले नगदमा रकम दिन सक्नुहुनेछ। बैंकिङ प्रणालीमार्फत पैसा तिर्न चाहनुहुन्छ भने ‘इन्टरनेट बैंकिङ’ वा कार्डलाई समेत प्रयोग गर्नु सक्नुहुन्छ। नेपालमै पहिलो पटक अनलाइनबाट जिउदो खसी किन्ने सुविधा दिएको हो–‘मेट्रो तरकारी डटकम’ले। ‘राजधानीको जनजीवन दिनानुदिन व्यस्त हुदै गएको छ,’ मेट्रो तरकारीका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले भने, ‘दसैंमा खसी किन्न पनि व्यस्त भएर नभ्याउनेलाई लक्षित गर्दै यस्तो से...

स्लिम सेट : ‘एक्सफ्याक्टर एचडी’

लोभलाग्दो डिजाइन, हलुका र पातलोपनले जोसुकैलाई लोभ्याउनसक्‍ने स्मार्टफोन हो-कलर्सको ‘एक्सफ्याक्टर एचडी’। यसमा भारतीय ब्रान्ड भन्दै नाक खुम्च्याउनेका लागि समेत पहिलो नजरमै आकर्षित गर्ने विशेषता छन्। दक्षिण एसियाली बजारमा अमेरिकी कम्पनी एप्पल र कोरियाली कम्पनी सामसङका स्मार्टफोन ग्राहकको रोजाइमा परिरहेका बेला भारतीय कम्पनीले बजारमा ल्याएको यो स्मार्टफोन साँच्‍चै लोभलाग्दो छ। ग्राहकलाई हेर्नेबित्तिकै ध्यान खिच्ने यसको पहिलो विशेषता हो- अरू स्मार्टफोनभन्दा पातलो डिजाइन। कम्पनीको भनाइमा ‘ब्रिलियन्ट कर्व डिजाइन’ रहेको यो स्मार्टफोनको मोटाइ सात दशमलव९९ मिलिमिटरमात्र छ। यसको पातलोपनले गर्दा धेरैलाई पहिलो नजरमै आकर्षित गर्नसक्छ। गुगलसँगको सहकार्यमा एन्ड्रोइड अपरेटिङ सिस्टम राखिएको यो स्मार्टफोनमा रहेको ठूलो स्क्रिन पनि ग्राहकको आकर्षणमा पर्छ। यसमा चार दशमलव सात इन्चको फराकिलो स्क्रिन छ। ‘हाई डेफिनेसन (एचडी)’ डिस्प्लेयुक्त यो स्मार्टफोनमा ‘फुल एचडी’ भिडियोको मज्जा लिन सकिन्छ।

दुई कम्पनी ३०-३० लाख ग्राहक बढाउदै

निजी क्षेत्रका दूरसञ्‍चार सेवाप्रदायक स्मार्ट टेलिकम र युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले पहिलो चरणमा ३०-३० लाख ग्राहक बनाउने गरी जीएसएम मोबाइल सेवा सञ्‍चालनको तयारी थालेका छन्। दुवै कम्पनीले मुलुकभर सेवा पुर्‍याउने योजनाअनुसार पहिलो चरणमा जीएसएम मोबाइल विस्तारको तयारी थालेका हुन्। एकीकृत दूरसञ्‍चार अनुमतिपत्रको विवाद टुंगिएपछि स्मार्ट र यूटीएलले लगानी र सेवा विस्तारको तयारी गरेका छन्। दुवै कम्पनीले लगानी थप गरी पहिलो चरणमा जीएसएम मोबाइल सेवा विस्तार गर्ने योजना बनाएका छन्। स्मार्ट र यूटीएललाई नेपाल दूरसञ्‍चार प्राधिकरणले गत चैत २९ गते फ्रिक्वेन्सी नीतिअनुसार एकीकृत अनुमतिपत्र दिने निर्णय गरेको थियो। प्राधिकरणको निर्णयविरुद्ध मुद्दा परेपछि दुवै कम्पनीलाई लगानी र सेवा विस्तार गर्न अप्ठ्यारो परेको थियो। उनीहरूले प्राधिकरणको निर्णय कानुनी विवादमा तानिएपछि लगानी र सेवा विस्तार कार्य बीचैमा रोकेका थिए।

सूपथ मूल्य पसलभित्र केमा कति छु्ट?

दसैं–तिहार र छठ जस्ता चार्डपर्व नजिकिदै गर्दा सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी संस्थानहरुले सुपथ मूल्य र घुम्ती पसल सुरु गरेका छन्। संस्थानहरुले उपत्यका भित्र आठ र उपत्यका बाहिर २३ वटा सुपथ मूल्य पसल सुरु गरेका हुन्। उपत्यकाभित्र भने साल्ट ट्रेडिङ कर्पोरेसनले तीनवटा घुम्ती पसल समेत सुरु गरेको छ। नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले मिलेर यस्ता पसल सुरु गरेका हुन्। यी पसलमा दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा किन्न पाइन्छ। उपत्यका भित्र साल्ट ट्रेडिङको कालिमाटी  र कोटेश्वर कार्यालय, नेसनल ट्रेडिङको टेकु र रामशाहपथस्थित कार्यालय, वल्खु तरकारी बजार, जावलाखेल, थापाथलीस्थित खाद्य संस्थान कार्यालय र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सुरु भएका हुन्। यसैगरी बनेपास्थित साल्ट ट्रेडिङको कार्यालय सहित मुलुकका अन्य क्षेत्रका विभिन्न २२ स्थानमा रहेका संस्थानहरुका कार्यालय हातामा यस्ता पसल मंगलबारदेखि सुरु गरिएको हो।