Skip to main content

Posts

Showing posts from November, 2009

गजल

तिम्रा सामु नजरहरु झुक्छन् आजभोली हिड्दा हिड्दै पदचाप चुक्छन् आजभोली । तिम्ले मलाई कर्कश नजरले हेरिदिदा भित्रभित्रै धड्कनहरु दुख्छन् आजभोली । पि्रयतम भन्दै तिम्ले मलाई छोइदिए झर्दाझर्दै आशु पनि सुक्छन् आजभोली । सधैभरी तिम्रै नजर हेर्न मन लाग्छ खुशी तिम्रै नजरमा लुक्छन् आजभोली । फर्किएर आफ्नै घर जाउ भन्दाभन्दै पदहरु तिम्रै बासमा पुग्छन् आजभोली ।

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने