Skip to main content

Posts

Showing posts from September, 2016

ढुङ्गाको हतियार बोक्ने विद्रोही

Tweet १६ औ शताब्दीको अन्त्यतिर मुगलले कश्मिरमा कब्जा जमाए । तिनले श्रीनगरको पहाडमा किल्ला बनाए । कश्मीरमा एउटा किंवदन्ती प्रचलित छ– ‘जब मुगल सैनिक चुचुरोबाट तलतिर झर्थे तिनले आक्रोशित कश्मीरी युवाका हातबाट ढुङ्गाको स्वागत पाउथे । भिन्न–भिन्न समूहमा छरिएका युवाले ढुङ्गा वर्षाउदै मुगल सेनालाई हायलकायल पार्थे । त्यसैले ती युवाले उपाधी पाएका थिए–दिलवार अर्थात बहादुर ।’  चार शताब्दीपछि त्यही आदिम ढुङ्गे हतियार अर्को पुस्ताका आक्रोशित कश्मीरी युवाको रोजाई र जीवनको अभिन्न अंग बनेको छ । तिनीहरु भन्छन्– उनीहरु ढुङ्गे हतियारमार्फत स्वतन्त्रताको झिल्का बालिरहेका छन् । संयोग नै मान्नुपर्छ ४ सय ३० वर्षपछि पनि नवहट्टा ढुङ्गे हतियार प्रदर्शनको केन्द्र बनिरहेको छ, जहाँ इतिहासको कुनै कालखण्डमा युवा कश्मीरीले मुगल सेनालाई ढुङ्गा हान्दै धपाउथे ।  ढुङ्गामुढाको श्रृङ्खला श्रीनगरको डाउनटाउनमा सीमित छैन । गाँउ–सहर हुदै यो मुसलमान बहुल जम्मुको चेनाव उपत्यकासम्म फैलिएको छ । सन् २००८ को अमरनाथ गुठीमा वनक्षेत्र सार्ने निर्णयपछि बढ्न थालेको ढुङ्गामुढा श्रृङ्खला २०१० को आन्दोलनपछि अझै बढ्यो । त्यसपछिका

सुख्खा बन्दरगाह र प्रदर्शनी स्थलमा विश्व बैंकको लगानी

Tweet राजधानी नजिकै चोभारमा सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउन विश्व बैंकले लगानी गर्ने भएको छ। पहिले हिमाल सिमेन्ट कारखाना रहेको जग्गामा एकीकृत रूपमा सुख्खा बन्दरगाह र प्रदर्शनी स्थल बनाउन विश्व बैंक तयार भएको हो। ‘विश्व बैंकले सहुलियत दरको ऋण दिने सैद्धान्तिक सहमति भइसकेको छ,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले भने, ‘लगानी निश्चित भएपछि हामीले गुरुयोजना बनाउन परामर्शदातालाई जिम्मा दिएका छौं।’ विश्व बैंकले सुख्खा बन्दरगाहका लागि करिब १ अर्ब ५० करोड नेपाली रुपैयाँ बराबरको रकम दिइसकेको छ भने प्रदर्शनी स्थल निर्माणको लागत पनि बेहोर्ने सहमति जनाएको छ।  विश्व बैंकले लगानी गर्ने निश्चित भएपछि बोलपत्रमार्फत छानिएको फुलब्राइट कन्सल्टेन्सी प्रालिले दुवै परियोजनाको गुरुयोजना बनाइरहेको छ। ‘गुरुयोजना बनाएपछि हामी बैंकसँग थप छलफल गरी प्रदर्शनी स्थलका लागि समेत रकम प्रस्ताव गर्नेछौं,’ उनले भने, ‘त्यसपछि विस्तृत अध्ययन गराएर निर्माण सुरु गरिनेछ।’  समितिले आगामी पुस सम्ममा गुरुयोजना तयार भइसक्ने अनुमान गरेको छ। ‘सुख्खा

टीभीको प्याकेज बेच्दै इन्टरनेट सेवा प्रदायक

Tweet इन्टरनेट सेवाप्रदायकबीच विभिन्न प्रविधिमा चल्ने टेलिभिजन सहितका ‘प्याकेज’ बिक्रीमा प्रतिस्पर्धा बढ्न थालेको छ। केही वर्षअघिसम्म इन्टरनेट मात्र बिक्री गरिरहेका कम्पनीहरू अहिले केबल, डिजिटल तथा इन्टरनेट प्रोटोकल (आईपी) टीभीका प्याकेजसहितका सेवा बिक्रीमा प्रतिस्पर्धा गर्न थालेका हुन्। इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक, सुबिसु, ब्रोडलिंक, वेबसर्फर, भायनेटलगायतले यस्ता प्याकेज बिक्री सुरु गरेका हुन्।  राजधानीमा जारी सूचना प्रविधि मेला ‘क्यान कमटेक–२०१६’ मा समेत इन्टरनेट सेवाप्रदायकले विशेष छुटसहित यस्तै प्याकेज बिक्री गरिरहेका छन्। मेलामार्फत ब्रोडलिंक, वर्डलिंक र भायनेटले इन्टरनेट प्रोटोकलमा आधारित टेलिभिजनका छुट प्याकेज ल्याएका छन्। वेबसर्फरले केबल टेलिभिजनसँग मिलेर प्याकेज ल्याएको छ भने सुबिसुले डिजिटल टेलिभिजन र इन्टरनेटसहितको प्याकेजमा विशेष छुट दिएका छन्। ‘अहिले ग्राहकले छुट्टाछुट्टैभन्दा एकीकृत सेवा मन पराउँछन््,’ ‘क्यान कमटेक–२०१६’ आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघका अध्यक्ष विनोद ढकालले भने, ‘त्यसैले कम्पनीहरूले पनि इन्टरनेट र टीभीका प्याकेज ल्याएका हुन्।’ उनले

राजधानीमा मेलैमेला

Tweet चउरमा सवारी साधन राख्न बनाइएको ‘प्याभेलियन’ हटाइएकै थिएन । हलभित्र टाँसिएका विभिन्न गाडी र बाइकका पोस्टर यत्रतत्र टाँसिएकै थिए । बिहीबार बिहानसम्म सवारी मेलाको छनक दिने दृश्य दिउँसोसम्ममा एकाएक बदलिएर सूचना प्रविधि प्रदर्शनी केन्द्र बन्यो । भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रको व्यस्तता देखाउने दृश्य हो यो । बहुसंख्यक नेपालीले मनाउने ठूला चाडपर्व दसैंतिहार, छठ नजिकिँदा भृकुटीमण्डप बर्सेनि व्यस्त हुने गर्छ । पोहोर–परार जसरी व्यस्त थियो यसपालि पनि त्यही क्रम दोहोरिँदै छ । ‘आइतबारसम्म क्यान कमटेक, बुधबारदेखि हाउस अफ राजकर्णिकारको मेला अनि असोज ५ गतेदेखि चेम्बरको,’ मेलास्थल खाली नभएको जानकारी दिँदै बुकिङ शाखाका कर्मचारी रामप्रसाद ढकालले एकै सासमा भने, ‘तिहारअघिसम्म पूरै प्याक छ, न हल खाली छ न चौर ।’ ठूला चाडपर्व नजिकिँदै जाँदा उपभोक्ता मनोविज्ञान खरिदमैत्री हुन्छ । कामकाजीहरूले दसैं बोनसलगायत अतिरिक्त कमाइ गर्छन् । विदेशबाट दसैंतिहार ताकेर आउनेहरू पनि निकै हुन्छन् । उपभोक्ताको यही मनोविज्ञानलाई ‘क्यास’ गर्न चाहन्छन् व्यवसायी पनि । उपभोक्ताको किनमेल गर्ने र व्यापारीको सकेसम्म

एउटा वाक्यांशले बदलेको जीवन

Tweet कुरियर कम्पनीको जागिर । हातमुख जोड्नै समस्या । मोरङका अर्जुन श्रेष्ठले निर्णय गरे, ‘विदेश नगई सुख छैन ।’ वैदेशिक रोजगारीको लडहले उनलाई पुर्‍यायो– कोरियाली भाषा केन्द्रसम्म ।  भाषा सिक्न किनेको किताबमा श्रेष्ठले एउटा वाक्यांश भेटे ‘इसाचिङ सेन्थ’ । जसको नेपाली अर्थ दिइएको थियो ‘घर सार्ने कार्यालय’ । उनको दिमागमा बारम्बार त्यही शब्द घुम्न थाल्यो । ‘घर सार्ने पनि अफिस हुन्छ र ? जस्तो लाग्यो,’ श्रेष्ठ भन्छन्, ‘मैले यो कस्तो अफिस होला, भनेर खोजबिन गर्न थालें ।’  आफैं कुरियरका कर्मचारी, उनलाई थाहा थियो तिनको अफिसले घर सार्दैन । न त फेडेक्स, डीएचएल जस्ता कार्गो कम्पनीले वा कुनै ट्रान्सपोर्ट एजेन्सीले । पछि उनले थाहा पाए–घर सार्ने अफिस भनेको त घर वा डेरा सर्न लागेकाको सामान सारिदिने कम्पनी पो रै’छ । ‘डेरा सर्नेका सामान सार्ने कम्पनी नै हुन्छ भन्ने थाहा पाएपछि कोरियाको भूत उत्रियो,’ श्रेष्ठ भन्छन्, ‘अनि मैले किन सुरु नगर्ने भनेर त्यही काम थालें ।’ अर्जुन उनको तीन वर्ष अघिको ‘अर्जुन दृष्टि’ सुनाउँदै थिए । जसले कोरियाको लहड छाडेर ऋण गरी एउटा पुरानो ‘टाटा भीआर’ जोडे । अनि छरछिमेक र च

टेलिकमलाई प्राधिकरणको साढे ४ अर्ब दिने प्रस्ताव

Tweet मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वको पाँचथरदेखि गोरखासम्म अप्टिकल फाइबर  बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई साढे ४ अर्ब रुपैयाँ दिने प्रस्ताव गरेको छ।  प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा भएको करिब १३ अर्ब रुपैयाँमध्येबाट यो रकम दिने प्रस्ताव गरेको हो। टेलिकम र प्राधिकरणबीच गत असार १५ मा भएको प्रारम्भिक सम्झौताअनुसार प्राधिकरणले रकम प्रस्ताव गरेको अध्यक्ष दिगम्बर झाले बताए। उनका अनुसार टेलिकमले प्राधिकरणको प्रस्तावबारे हालसम्म कुनै निर्णय गरिसकेको छैन। ‘हामीले आफ्नो प्राविधिक अध्ययनका आधारमा यो रकम प्रस्ताव गरेका हौं,’ झाले भने, ‘टेलिकमले यसमा जवाफ पठाएको छैन, उसले पनि ठेक्काबाट काम गराउनुपर्ने भएकाले लागत घटबढ हुन सक्छ।’ झाका अनुसार प्राधिकरणले प्रस्ताव पठाएको एक महिना हुन लाग्दा पनि टेलिकमले कुनै जवाफ दिएको छैन। ‘टेलिकमको सञ्चालक समितिले निर्णय गरेकै छैन भन्ने सुनेको छु,’ उनले भने, ‘सायद निर्णय गरेर जानकारी गराउलान्।’  टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले कोषको रकम खर्च गरेर अप्टिकल फाइबर बिछ्याउने विषयमा अन्तिम निर्णयको तयारी भइरहेको जानकारी दिइन्।

टेलिकम आजबाट नेतृत्व विहिन, सिफारिस समितिको बैठक नै बसेन

Tweet सरकारले प्रबन्ध निर्देशक नियुक्ति नगर्दा नेपाल टेलिकम सोमबारदेखि नेतृत्व विहीन बनेको छ । प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको पदावधि आइतबार सकिएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको हो ।  टेलिकम अब निमित्त प्रबन्ध निर्देशकको भरमा सञ्चालन हुने छ । टेलिकम विनियमावली अनुसार प्रमुख नियुक्त हुन नसकेको अवस्थामा कम्पनीमा कार्यरत वरिष्ठतम नायब प्रबन्ध निर्देशकले स्वत: निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाउँछन् ।  विनियमावली अनुसार सोमबारदेखि टेलिकमका प्रमुख वित्तीय अधिकृत सूर्यभक्त पोखरेलले निमित्त प्रबन्ध निर्देशक हुने छन् । सरकारले प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख छनोट गर्न गत असार २५ मा प्रक्रिया अघि बढाएको थियो । अघिल्लो सरकारका बेला सुरु गरिएको प्रक्रिया अघि नबढाउन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) ले निर्देशन दिएपछि प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अलपत्र परेको हो ।  गत वर्ष निर्देशिका बनाएर सरकारले प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख छनोट गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको भए पनि सञ्चार मन्त्री कार