Skip to main content

Posts

Showing posts from August, 2013

नेपाल नजान साउदी अरेबियाको उर्दी

बर्ड फ्लुको संक्रमण भएको कारण देखाउदै केही मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सूचना जारी गर्न थालेका छन्। राजधानी काठमाडौंकै कुखुरा फर्महरुमा बर्डफ्लु संक्रमण देखिएपछि आफ्ना नागरिकलाई नेपाल नजान सम्बन्धित मुलुकले सूचना जारी गर्न थालेका हुन्। विहिबार मात्र साउदी अरेबियाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। ‘नेपालमा बर्ड फ्लुका कारण संकटकालिन अवस्था सृजना भएकाले आफ्ना नागरिकलाई नेपाल नजान परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको छ,’ अरब ज्युज अनलाईन संस्करणले विहिबार लेखेको छ, ‘मन्त्रालयले नेपालमा रहेका साउदी नागरिकलाई जतिसक्दो चाडो नेपाल छाड्न भनेको छ।’ नेपालको राधजानी सहित केही क्षेत्रमा बर्ड फ्लु संक्रमण भएकाले आफ्ना नागरिकको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै साउदी अरेबियाले यस्तो सूचना जारी गरेको हो। साउदी अरेबियाले यस्तो सूचना जारी गरेपछि मध्यपूर्व सहित विश्वभर नकारात्मक सन्देश प्रचार हुदा नेपालको पर्यटन क्षेत्र प्रभावित हुने व्यवसायीहरु बताउछन्।

'नेपाले पाएको अर्विटल स्लट उपयुक्त छैन'

नेपालले आफ्नै भूउपग्रह (स्याटलाइट) राख्‍न अन्तरिक्षमा पाएको स्थान उपयुक्त नभएको सरकारी अध्ययनले देखाएको छ। स्याटलाइटका विषयमा सञ्‍चार मन्त्रालयका सहसचिव नारायण सञ्‍जेलको संयोजकत्वमा गठन भएको समितिले गरेको अध्ययनले नेपालले अन्तरिक्षमा पाएको स्थान उपयुक्त नभएको देखाएको हो। समितिले अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) ले नेपाललाई छुट्याएको स्थान उपयुक्त नभएको ठहर गर्दै अर्को उपयुक्त स्थान माग्‍न सरकारलाई सुझाव दिएको छ। सोमबार सञ्‍चारमन्त्री माधवप्रसाद पौडेललाई समितिले अध्ययन प्रतिवेदन बुझाएको हो। ‘आईटीयूले छुट्याएको स्याटलाइट राख्‍ने अबिर्टल स्लट नेपालका लागि उपयुक्त छैन’, प्रतिवेदनमा उल्लेख छ, ‘नेपालले स्याटलाइट राख्‍न छुट्टै उपयुक्त स्लट माग्‍नु उपयुक्त हुन्छ।’ आईटीयूले स्लट छुट्याउँदा उपयुक्त नभए अर्को माग गर्न सक्‍ने सुविधा दिएकाले यो सम्भव हुने प्रतिवेदनमा छ। आईटीयूले नेपालका लागि ५० डिग्री पूर्वी देशान्तर र १२३.३ डिग्री पूर्वी देशान्तरका दुई स्लट छुट्याएको छ। नेपाल करिब ८० डिग्री पूर्वी देशान्तरदेखि ८९ डिग्री पूर्वी देशान्तरमा फैलिएको छ। यसले गर्दा अहिलेको

लौ हेर्नुस हेभी इक्युपमेन्टको ‘स्टन्ट सो’

तपाईले रामशाहपथस्थित नेसनल ट्रेडिङको चउरमा धेरैचोटी चर्को संगीतका साथ ‘बाइक स्टन्ट सो’ हेर्नु भएको होला। भारतबाट आएका ‘बाइकका जदुगरले’ अत्यासलाग्दो गरि बाइक कुदाएको हेरेर धेरै पटक आत्तिनु भएको होला। तर, तपाईले कहिल्यै डोटर, क्रेन, स्काभेडरलाई त्यसै गरि डरलाग्दो पाराले कुदाएको र नचाएको हेर्नु भएको छ? हेर्नु भएको छैन भने तपाई भृकुटीमण्डप गए हुन्छ। त्यहा जारी ‘अन्नपूर्ण होम्स नेपाल कन्ट्रक्सन एक्सपो–२०१३’मा नेपालमै पहिलो पटक हेभी इक्युपमेन्टको ‘स्टन्ट सो’ भइरहेको छ। ठूला–ठूला निर्माण उपकरणको ‘स्टन्ट सो’ देखाउने चाँजोपाँजो मिलाएको हो–जेसिबीका उपकरण बिक्री गर्ने मोरङ अटो वक्र्सले। कम्पनीले विभिन्न खाले हेभी इक्युपमेन्टहरु एकै स्थानमा ल्याएर थरी–थरीका स्टन्ट गराइरहेको छ। ‘हामीले नेपालमै पहिलो पटक हेभी इक्युपमेन्टको स्टन्ट सो गराएका हौ,’ कम्पनीका बजार प्रबन्धक सञ्जीव देउजाले भने, ‘स्टन्टका लागि भारतबाट दुइजना अनुभवी स्टन्टकर्तालाई ल्याएका छौ।’

रोजाई नयाँ रियो

स्पोर्टी लुक्स, आकर्षक डिजाइन,  लोभलाग्दो भित्री र बाहिरी बनावट। युरोपेली ग्राहकका लागि बनेको  भएपनि नेपालीको पहुँचमा आएको  किया नयाँ रियोका विशेषता हुन् यी।  युरोपेली सडकमा ब्रान्डेड कार कुदाउन चाहनेलाई लक्षिण गरि दक्षिण कोरियाली कम्पनी किया मोटर्सले उत्पादन गरेको नयाँ रियोले नेपालीको पनि मन जित्न थालेको छ।  नेपाली बजारमा भित्रिएको दुई सातामै ३० वटाभन्दा बढी बिक्री भइसकेको कियाको नयाँ रियो नेपालीको रोजाइमा परिसकेको छ। कार निर्माताहरुले प्राय: कुनै मोडलको गाडी उत्पादन गर्दा एउटा समूहको मात्र गर्ने चलन छ। तर, कियाले भने त्यसलाई तोडेर ह्याचब्याक र सेडान दुवै समूहमा उत्पादन गरेको रियोले युरोपेली मात्र होइन नेपाली बजार पनि तताउन थालेको छ। ‘हामीले एकदमै राम्रो प्रतिक्रिया पाइरहेका छौ,’ कियाको बिक्रेता कन्टिनेन्टल एसोसिएट्स प्रालिका  नायब महाप्रबन्धक युगेन्द्र श्रेष्ठले भने, ‘यसमा भएको विश्वस्तरिय विशेषताले नै ग्राहक आकर्षित भएका हुन्।’ 

पाँचमध्ये चार नेपालीको हातमा टेलिफोन

सस्तो, सुलभ र सरलरुपमा मोबाइल पाइन थालेपछि अधिकांश नेपालीको हातमा टेलिफोन सेवा पुगेको छ। दुई करोड ६५ लाख हाराहारी जनसंख्या भएको नेपालमा प्रत्येक ५ जनामध्ये ४ जनाको हातमा प्रत्यक्ष टेलिफोन सेवा पुगेको हो। अन्य क्षेत्रको विकासमा पछाडी परेको भएपनि पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रमा नेपालले फड्को मारिरहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार गएको असारसम्ममा २० प्रतिशतभन्दा पनि कम नेपाली टेलिफोनको पहुँच बाहिर रहेका छन्। सूचना प्रविधि क्षेत्रका नयाँ—नयाँ प्रवेशसँगै धेरै नेपालीले मोबाइल प्रयोग बढाएकाले टेलिफोन पहुँच विस्तार भएको हो। दूरसञ्चार सेवा प्रदायकको नियमन गर्ने सरकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मासिकरुपमा निकाल्ने व्यवस्थापन सूचना प्रणाली(एमआइएस) प्रतिवेदन अनुसार ८०.५१ प्रतिशत नेपालीको पहुँचमा टेलिफोन सेवा विस्तार भएको छ। यो आँकडा गएको असार मसान्तसम्मको तथ्याङ्कमा आधारित छ। ‘गत आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी नेपालीको पहुँचमा टेलिफोन सेवा विस्तार भइसकेको छ,’ प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, ‘त्यसमध्ये धेरैले मोबाइल प्रयोग गर्छन्।’ पछिल्लो एक दशकभि

कहाँ-कहाँ बन्दैछन् कम्युनिटी ई-सेन्टर?

ग्रामिण जनतालाई सुलभ सञ्चार सेवा दिन दक्षिण एसियाली क्षेत्रीय सूचना सञ्जाल(सासेक हाइवे) आयोजना अन्तर्गत नेपालका विभिन्न ३० स्थानमा सूचना केन्द्र बनाइने भएको छ। सस्तो इन्टरनेट सहित विभिन्न खाले आधुनिक सञ्चार सुविधा दिन यस्ता केन्द्र बनाइने भएको हो। सासेक हाइवे अन्तर्गत नेपालले अप्टिकल फाइबर विछ्याउने स्थानका ग्रामिण क्षेत्रमा यस्ता केन्द्र बनाइने छ। नेपाल, भारत, बंगालादेश र भुटानलाई जोड्ने गरि बन्न लागेको सासेक हाइवे अन्तर्गत अप्टिकल फाइबर बिछ्याउने कार्य सुरु हुनै लागेको छ। ‘सासेक हाइवे अन्तर्गत हामीले अप्टिकल फाइबर बिछ्याउने क्षेत्रका ३० स्थानमा ‘कम्युनिटी ई—सेन्टर’ बनाइने छ,’ सासेक हाइवे आयोजना हेर्न सञ्चार मन्त्रालयका उपसचिव भरत ढुङ्गानाले भने, ‘यस्ता ई—सेन्टरहरु नि:शुल्करुपमा बनाएर स्थानिय समुदायलाई सञ्चालनका जिम्मा लगाइने छ।’ निर्माण क्षेत्रका बासिन्दालाई सूचना मार्ग आफ्नै हितको लागि हो भन्ने प्रत्याभुति गराउन र ग्रामिण क्षेत्रमा सूचनाको पहुँच विस्तार गर्न यस्ता केन्द्रहरु बनाउन लागिएको उनले बताए। ‘हामीले यस्ता केन्द्र राख्ने स्थान छनोट गरिसकेका छौ,’ ढुङ्गानाले भने, ‘अप्टिक

कुन कुन सिमेन्ट मापदण्ड विपरित?

नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पुरा नगर्ने १८ वटा सिमेन्ट उद्योगको उत्पादन र बिक्रीमा रोक लगाएको छ। विभागले नमुना परीक्षणको क्रममा मापदण्ड पुरा नगरेको पाइएका दुइवटा र नेपाल गुणस्तर प्रमाण चिह्न(एनएस) नलिएका १६ वटा सिमेन्ट उद्योगको उत्पादनमा रोक लगाएको हो। विभागका महानिर्देशक रामआधार साहका अनुसार प्रायोगशाला परीक्षणका क्रममा आवश्यक मात्रामा स्ट्रेन्थ नपुगेका वुटवल सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्टको उत्पादन रोक्का गरिएको हो। ‘हामीले वुटवलले उत्पादन गर्ने निर्माण ब्रान्डको ओपिसी र शुभश्री जगदम्बाले उत्पादन गर्ने जगदम्बा ब्रान्डको पिएससी सिमेन्टको प्रयोगशाला परीक्षण गर्दा मापदण्ड अनुसार पाइएन,’ उनले भने, ‘मापदण्ड पुरा नगरेकाले दुवै उद्योगको उत्पादन रोक्का गर्ने निर्णय भएको हो।’ विभागले दुवै उद्योगले उत्पादन गरेका सिमेन्ट प्रयोगशालामा तीन दिन, सात दिन र २८ दिन राखेर यी सिमेन्टको  भारवहन क्षमता परीक्षण गरिएको थियो। ‘तीनै पटकको परीक्षणमा यी सिमेन्टको स्ट्रेन्थ पुगेन,’ साहले भने, ‘स्ट्रेन्थ नपुगेकाले हामीले उनीहरुलाई दिएको एनएस खोसेर उत्पादन रोक्का राखेका हौ।’ विभागले यी

डलर महँगिदा के केको भाउ बढ्छ?

डलर महंगिएपछि नेपालमा आयात हुने उपभोग्य वस्तुको लागत बढ्न गई बजार भाउ उच्च हुने भएको छ। डलरको भाउका कारण दैनिक उपभोग्यदेखि विलासी वस्तुसम्मको भाउ उच्च हुने भएको हो। व्यवसायीहरुका अनुसार डलरको भाउ बढ्दा तेस्रो मुलुकबाट  सिधै आयात हुने वस्तुमा सबैभन्दा धेरै असर पर्नेछ। भारतबाट आयात हुने कतिपय वस्तुको समेत भाउ बढ्ने व्यवसायीहरु बताउछन्। नेपाली बजारमा खपत हुने चामल, दाल, तरकारी, फलफूल, गेडागुडी, पेट्रोल, ग्यासलगायतका वस्तु समेत आयात हुने भएकाले भाउ उच्च हुने भएको हो। यस्ता दैनिक उपभोग्य वस्तुका साथै सुन, गाडी, मोबाइल, घडी, तयारी पोशा, जुत्ता, चप्पललगायतका वस्तुको समेत भाउ बढ्नेछ। डलरको भाउ उच्च भएपछि त्यसको असर बसैखाले उपभोग्य वस्तुमा पर्ने व्यवसायीहरु बताउछन्। ‘दसैंको मुखमा धेरै ग्राहकले किन्ने कपडा, सारीलगायतको समेत भाउ बढ्ने भयो,’ भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भने, ‘हामीले चीन, भारत, थाइल्यान्ड, सिंगापुरलगायतका स्थानबाट यस्ता सामान ल्याउछौ।’ उनले तेस्रो मुलुकबाट आयात हुने यस्ता सामग्रीको भाउ कम्तिमा १५ प्रतिशत बढ्ने अनुमान गरेको बताए। भारतमै बनेका कतिपय वस्तुको

वालमार्टमा नेपाली अल्लोको माग

अल्लो, गाजा र बासलगायतका प्राकृतिक रेसाबाट नेपाली साना व्यवसायीले  उत्पदन गरेका कपडा अमेरिकी चेन स्टोरहरुले बिक्री गर्ने भएका छन्। अमेरिकामा भएको व्यापार मेलामा भाग लिन गएका नेपाली साना ‘हामीले केही चेन स्टोरसँग प्राकृतिक रेसाजन्य वस्तु आपूर्ति गर्ने सम्झौता गरेर आएका छौ,’ नेपाल एप्पारेल्स एन्ड नेचुरल फाइबर प्रालिका सञ्चालक श्यामप्रसाद गिरीले भने, ‘अहिले उनीहरुको अर्डर पुरा गर्न लागिपरेका छौ।’ अमेरिकाको ओक्सस्थित ग्रेटर फिलाडेल्फिया एक्स्पो सेन्टरमा गत साउन ६ देखि ८ गतेसम्म सञ्चालित फिलाडेल्फिया गिफ्ट सो २०१३ मा सात नेपाली कम्पनीले भाग लिएका थिए। त्यसक्रममा ठूला र विश्वस्तरिय चेन स्टोरले समेत नेपाली प्राकृतिक रेसाजन्य कपडा अर्डर गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले बताए। महासंघको पहलमा मेलामा सहभागी भएका व्यवसायीहरुले केही चेन स्टोरको अर्डर लिएर आएका छन्। मेलामा आएका वालमार्टका प्रतिनिधीले समेत नेपाली प्राकृतिक रेसाजन्य कपडा अर्डर गरेको गिरीले बताए। ‘मलाई एकैपटकमा ५ हजार मिटर अल्लोको कपडा सप्लाई गरिदिनु भनेका थिए,’ गिरीले भने, ‘हामीले एकैपटक त

इजी इकोस्पोर्ट

इकोस्पोर्टको भित्री रुप चाबीलाई एकातिर थन्क्याएर स्टेयरिङ घुमाउनुस्, गाडी चल्न थाल्छ। म्युजिक सिस्टममा बजिरेहको गीत मन परेन। स्टेयरिङ घुमाउदै अर्को गीतको ‘मुखडा’ बोल्नुस्। म्युजिक सिस्टममा त्यहि गीत घन्कन थाल्छ। गाडी कतै ठोक्कियो, तपाई फोन गर्न सक्ने अवस्थामा हुनुहुन्न। गाडी आफैले संकटकालिन नम्बरमा फोन गरिदिन्छ। कतिपय दक्षिण भारतिय फिल्ममा यस्तै दृष्य हुन्छन्। हेर्दाहेदै तपाइलाई ‘धत् यस्तो पनि हुन्छ?’ भन्ने लाग्न सक्छ। तर यहा उल्लेख गरिएका यी दृष्य दक्षिण भारतिय फिल्मका होइनन्। न त कुनै नेपाली फिल्मका नै। यी दृष्य हुन्, थापाथलीस्थित फोर्ड गाडीको सोरुम भित्रका। जहा फोर्डले हालै नेपाली बजारमा भित्र्याएको ‘इको स्पोर्ट’ गाडीको बारे जानकारी लिन आउने ग्राहकलाई कर्मचारीहरु यस्तै दृष्य देखाउछन्। दक्षिण भारतिय फिल्मका दृष्य जस्ता लाग्ने यस्तै अनौठा सुविधा छन्–अमेरिकी कम्पनी फोर्ड मोटरले दक्षिण भारतिय सहर चेन्नाइमा निर्माण गरेको यो गाडीमा। यस्तै अनौठा र ग्राहकलाई तत्कालै आकर्षित गर्ने खालका विशेषता भएकाले ‘इको स्पोर्ट’ अहिले धेरैको रोजाइमा परेको छ। ‘विशेष गरि युवा पुस्ताको रोजाइमा यो गाडी

सुपर सेन्टुरो

स्पोर्टी लुक्स, फ्लिप की, डिजिटल मिटर, सभिर्स रिमाइन्डर, इन्जिन मोबिलाइजर। यस्ता विशेषता सुन्ने वित्तिकै धेरैको मनमा प्रिमियम सेग्मेन्टका स्पोर्टस् बाइकको याद आउन सक्छ। धेरै नेपाली युवाको रोजाइमा बजाज पल्सरको उच्च इन्जिन क्षमताका मोडलहरु पर्छन्। यी विशेषतालाई पनि कतिपयले पल्सरका यीनै मोडलको भन्न सक्छन् वा यामाहा, रोयल इन्फिल्ड, ड्रुक, डिम्याकजस्ता अन्य स्पोर्टस् बाइकका मोडल सम्झलान्। यस्ता विशेषत उच्च इन्जिन क्षमताका स्पोर्टस् बाइकमा मात्र होइन, सामान्य इन्जिन क्षमताका ‘कम्युटर’ सेग्मेन्टभित्र पनि अटाउन सकिन्छ भन्ने उदाहरण हो, महिन्द्रा सेन्टुरो। नेपाली बजार भित्रिएको करिब एक महिना मात्र भएको यो बाइकमा यस्ता र यस्तै अनेक प्रिमियम बाइकका विशेषता छन्। ‘कम्युटर सेग्मेन्टको भएपनि यसमा महिन्द्राले उच्च इन्जिन क्षमताका र स्पोर्टस् बाइकका विशेषता राखेको छ,’ महिन्द्राको नेपाली बिक्रेता एसजी ग्लोबलका उपाध्यक्ष राजु क्षेत्री भन्छन्, ‘यसैले हामी यो बाइकलाई सुपर प्रिमियम १ सय सिसी भन्छौ।’ क्षेत्री नेपाली युवाको रोजाइमा आधुनिक विशेषतायुक्त उच्च इन्जिन क्षमताका बाइक पर्ने गरेको बताउछन्। कम आय भए

स्टोर र टावरबाटै गायब हुदो रैछ टेलिकमको ब्याट्री

नेपाल टेलिकमले मोबाइल टावरमा प्रयोग गर्ने ब्याट्री र उपकरण  चोरेर बेच्ने गिरोह सक्रिय रहेको खुलेको छ। मंगलबार कोटेश्वरबाट ब्याट्री चोर्न प्रयोग भएको गाडीका ड्राइभर पक्राउ परेपछि यस्तो गिरोह रहेको खुलेको हो। कोटेश्वर चोक नजिकै एक घरमा राखिएका टेलिकमका ब्याट्री केही व्यक्तिले आएर धमाधम गाडीमा लोड गर्न थालेपछि चोरी भएको खुलेको थियो। ‘केही मान्छे गएर हामीले स्टोर गरेका ब्याट्री लोड गर्न थालेछन्,’ टेलिकमकी इन्जिनियर अनुराधा शर्माले भनिन्, ‘घरवालालाई शंका लागेर हामीलाई फोन गरिदिनु भयो, त्यसपछि चोरी भएको थाहा पायौ।’ घरधनीले फोन गरेपछि प्रहरी सहित टेलिकमको टोली कोटेश्वर पुगेको थियो। प्रहरी सहित टेलिकम टोली आएपछि चोरीमा सम्लग्नहरु भागेको उनले बताइन्। ‘ब्याट्री लोड गर्दै गरेका चार–पाँच जना भागिहाले,’ शर्माले भनिन्, ‘गाडी र ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लियो।’ प्रहरीे टोलीले गाडीमा लोड गरिएको अवस्थामा कोटेश्वरमा १९ वटा ब्याट्री फेला पारेको छ। ब्याट्री बरामद भएकै स्थानबाट बा ३ च ४०४ नम्बरको गाडीका चालक गोपाल सुनारलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि ड्राइभरले दिएको बयानका आधारमा टेलिकमका अधि

आयुर्वेदिक पसलमा आइपिल!

राजधानीभित्रका आयुर्वेदिक औषधी पसलले अनुमति विपरित एलोपेथिक, गर्भनिरोध र शक्तिबद्र्धक औषधी समेत बिक्री गर्ने गरेको पाइएको छ। सरकारी अनुगमनका क्रममा राजधानीभित्र सबैभन्दा चल्तीको स्थानमा रहेका पसलले समेत अनुमति बिना एलोपेथिक औषधी कारोबार गरेको भेटिएको हो। मंगलबार वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको संयोजकत्वमा भएको बजार अनुगमनका क्रममा आर्युवेदिक पसलले एलोपेथिक औषधी बेचेको भेटिएको छ। ‘आर्युवेदिक औषधी मात्र बिक्री गर्ने अनुमति पाएका पसलेले समेत एलोपेथिक औषधी बेचेको भेटिएको छ,’ विभागका निर्देशक हरिनारायण वेल्बासेले भने, ‘हामीले सबै पसलेलाई स्पष्टिकरण सोधेर कारबाही अघि बढाएका छौ।’ विभागले कैफियत भेटिएकामध्ये मंगलबार एउटा पसल बन्द गराएको छ भने अरुलाई स्पष्टिकरण सोधेको छ। अनुगमनका क्रममा पसलमा योग्यता नभएका व्यक्ति बसेको समेत पाइएको छ। यसैगरी कतिपय पसलले प्रतिबन्धित र संवेदनशील एलोपेथिक औषधी कारोबार गरेको भेटिएको छ। ‘एलोपेथिक पसलमा समेत खुल्लारुपमा बिक्री गर्न नपाइने ओषधी आर्युवेदिक पसलेले बेचेको भेटिएको छ,’ वेल्बासेले भने। अनुगमनका क्रममा नरदेवीको आर्युवेदिक अस्पतालभित्रैको पसलमा समे

होस गर्नुस् 'डेट एक्सपायर' सामान पर्ला है!

सरकारी टोली अनुगमनका लागि पुग्दा आइतबार कुलेश्वरस्थित शाक्य स्टोरमा उपभोग मिति सकिएको मारी बिस्कुट बिक्री भइरहेको थियो। ‘बिस्कफानम’ कम्पनीबाट उत्पादित ‘बिटी-३-एफ-१०’ ब्याच नम्बर भएको दुई सय ग्राम तौलको यो बिस्कुट बिक्री भइरहेको भेटिएपछि टोलीले १२ थान बिस्कुट तत्कालै नष्ट गर्‍यो। लेबल नखुलाएका सामानसमेत पसलमा भेटिएपछि सरकारी टोली सुधार गर्न चेतावनी दिएर हिँड्यो। आइतबारै अनुगमनका क्रममा सरकारी टोलीले कुलेश्वरकै निरज अवालको पसलमा उपभोग मिति नाघेका बिस्कुट र हल्का पेय भेट्यो। टोलीले पसलमा म्याद नाघेको अवस्थामा भेटिएका सात प्याकेट ओरियो बिस्कुटसहित मिरिन्डा, पेप्‍सी र स्प्राइट नष्ट गरी पसलेलाई यस्ता सामग्री नबेच्‍च चेतावनी दियो। कुलेश्वर क्षेत्रको अनुगमनकै क्रममा सविता प्रधान स्टोरमा पनि उपभोग मिति सकिएका डिस्स अरेन्ज क्रिम, कर्न फ्लेक्स, पप, हल्का पेयलगायतका उपभोग्य वस्तु भेटिए। टोली यो पसललाई पनि यस्ता सामग्री नबेच्‍न चेतावनी दिई म्याद सकिएका सामग्री नष्ट गरेर हिँड्यो।

एक्सिलेन्स अवार्डमा छानिएकाको ब्रान्डकहानी

नेपाल उद्योग वाणिज्य महासंघले आगामी भदौ २ गते घोषणा गर्न लागेको ‘नेसनल एक्सिलेन्स अवार्ड’को ‘बेस्ट ब्रान्ड अफ दि इयर पिपुल्स च्वाइस’तर्फ अन्तिम प्रतिष्पर्धामा ५ स्वदेशी र ५ बहुराष्ट्रिय ब्रान्ड छनोट भएका छन्। ‘निम्बस एफएनसीसीआई नेसनल एक्सिलेन्स अवार्ड २०७०’को पिपुल्स च्वाइसतर्फ छानिएका ब्रान्डले आफुहरु उत्कृष्ट हुने दाबी पेस गरिरहेका छन्। यसै वर्षदेखि समावेश गरिएको अवार्डको विधामा छनोट भएका विभिन्न ब्रान्ड र ब्रान्ड स्थापना गर्ने कम्पनीले आफ्ना विशेषता प्रस्तुत गर्दै जनतासँग भोट पनि मागेका छन्। एसएमएस र फेसबुकमार्फत जनताले आफुलाई मन परेको ब्रान्डलाई भोट हाल्न सक्नेछन्। अन्तिम प्रतिष्पर्धामा जनताको भोटलाई पनि आधार मानेर उत्कृष्ट ब्रान्डलाई पुरस्कृत गरिने आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। १२ वर्षदेखि महासंघले आयोजना गर्दै आएको अवार्डमा यसवर्ष थपिएको यो विधालाई प्रतिष्पर्धीले आफ्नो विजय र गर्वकोरुपमा लिएका छन्। यसलका लागि उनीहरु आफ्ना आफ्नै दाबी रहेका छन्। सबैजसो छानिएका ब्रान्डले आफु उत्कृष्ट हुने दाबी गरिरहेका छन्। महासंघले आगामी विहिबारसम्मका लागि भोटिङ गर्ने समय तोकेको

नेपालले स्यटलाइट छाड्ने स्थानमा अवरोध धेरै

सरकारी वेवास्ताका कारण नेपालले भु–उपग्रह(स्याटलाइट) राख्न अन्तरिक्षमा पाएको ठाउलाई अवरोध पुग्ने गरि अरु मुलुकले स्याटलाइट छाडिसकेको पाइएको छ। नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन(आइटियू)साग नियमित सम्पर्क स्थापित गरेर उसले देखाएको चासो वेवास्ता गर्दा यस्तो अवस्था आएको हो। ‘नेपालका लागि आइटियूले छुट्ट्याइदिएको अर्बिटल स्लटमा अवरोध हुने गरि धेरै स्याटलाइट छाडिइसकेका छन्,’ सञ्चार मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘आइटियूसाग नियमित सम्पर्क स्थापित गरेर उसले देखाएको चासोलाई वेवास्ता गर्दा यस्तो अवस्था आएको हो।’ आइटियूले आफ्ना सदस्य राष्ट्रलाई छुट्ट्याएको अर्बिटल स्लट नजिकै अरुले स्याटलाइट छाड्न लाग्दा सम्बन्धित मुलुकलाई पत्राचार गरि प्रतिक्रिया माग्ने गरेको छ। यसरी पत्राचार गरेपछि सम्बन्धित मुलुकले आफ्नो अर्बिटल स्लट नजिकै अर्कोले स्याटलाइट राख्दा कुनै असर नपर्ने जानकारी गराएपछि मात्र स्याटलाइट छाड्न दिने गरेको छ। तर, सम्बन्धित मुलुकले यस्तो पत्रको तीन महिनाभन्दा बढी सयमसम्म पनि जवाफ नपठाए त्यसलाई स्वीकार गरेको मानी आइटियूले स्याटलाइट राख्न चाहनेलाई अनुमति दिनसक्ने व्यवस्था छ।

स्याटलाइट लागि सुरुमै ३० अर्ब खर्चिनुपर्ने

नेपालले अन्तरिक्षमा आफ्नै भु–उपग्रह(स्याटलाइट) राख्नका लागि सुरुमै करिब ३० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । नेपालले आफ्नै स्याटलाइट राख्ने विषयमा सञ्चार मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा सुरुमै करिब ३० अर्ब र त्यसपछिको १५ वर्षसम्मका लागि थप ३० अर्ब रकम खर्च गर्नुपर्ने देखिएको हो । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन(आइटियु)ले स्याटलाइट राख्ने अबिर्टल स्लट उपयोग गरिसक्न सन् २०१५ सम्मको समयावधि दिएकाले सरकारले स्याटलाइट राख्ने विषयमा अध्ययन थालेको हो । सञ्चार मन्त्रालयले गत वैशाखमा फ्रिक्वेन्स महाशाखा प्रमुख नारायण सञ्जेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेर स्याटलाइटको विषयमा अध्ययन थालेको छ । कार्यदलले गरेको प्रारम्भिक अध्ययनका क्रममा नेपालले स्याटलाइटका लागि १५ वर्षभित्र करिब ६० अर्ब खर्चिनुपर्ने देखिएको हो । ‘अन्तर्राष्ट्रिय अनुभवका आधारमा ३ देखि ५ मिलियन अमेरिकी डलर(३० देखि ४५ अर्ब रुपैयाँ)सम्म लाग्ने देखिएको छ,’ कार्यदलका सदस्य एवं नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, ‘खर्चको हिसाब भनेको स्याटलाइटको क्षमता अनुसार घटबढ हुन्छ ।’ सन् २०१५ को डिसेम्

गोल्छाको ग्याजेट्स

सबैका आफ्ना–आफ्नै सोख हुन्छन्। उनको पनि सोख छ, बिहान उठ्ने बित्तिकै साइकल चलाउने। यो भर्खर जन्मेको सोख होइन, कुरा बुझ्ने बालख हुदादेखी नै उनलाई साइकिलिङले आकर्षित गर्‍यो। यसले आकर्षित गर्न अहिले पनि छाडेको छैन। धेरैले ‘मर्निङ वाक’कारुपमा दैनिक पैदलै हिडडुल गर्छन्। तर उनलाई हिड्न भन्दा साइकल चलाउन मन पर्छ, कहिले कता कहिले कता। पहिले साइकिलिङको रुट आफै हेर्दै पत्ता लगाउदै हिड्नु पथ्र्यो, आफुले इच्छाएको दुरी पुरा गर्न कति समय लाग्ला? आफैले अनुमान गर्नुपथ्र्यो। कहिले अनुमान मिल्थ्यो, कहिले मिल्दैन थियो। केही वर्षदेखि उनलाई साइकलले तय गर्ने दुरीको अनुमान गर्नु नपर्ने भएको छ। कति समय लाग्ला? त्यसका लागि पनि टाउको दुखाइरहनु पर्दैन। बरु, पहिले अनुमान लगाउदा नमिल्ने दुरी र समय अहिले ठ्याक्कै मिल्छ।

कहा कहा पुग्दैछ टेलिकमको अप्टिकल फाइबर?

सरकारी स्वामित्वको दूरसञ्‍चार सेवा प्रदायक नेपाल टेलिकमले सेवा विस्तारका क्रममा यस आर्थिक वर्षभित्र थप १३ जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबर पुर्‍याउने भएको छ। तीव्र गतिको इन्टरनेट सहित अन्य सेवालाई गुणस्तरीय बनाउन टेलिकमले यसैवर्षभित्र थप १३ जिल्लामा अप्‍टिकल फाइबर पुर्‍याउन लागेको हो। भूउपग्रहमार्फत दिइएको सेवाभन्दा अप्‍टिकल फाइबर प्रयोगले दिइने सेवाको गुणस्तर बढ्ने भएकाले टेलिकमले केही वर्षदेखि फाइबर बिछ्याउने कार्यलाई निरन्तरता दिएको छ। प्रतिस्पर्धी बढेसँगै टेलिकमलाई सेवा विस्तार र सुधारमा दबाब परेकाले यसै वर्ष १३ जिल्लामा अप्‍टिकल फाइबर नेटवर्क विस्तार गर्न लागिएको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले बताइन्। उनका अनुसार यस वर्ष ६ सय किलोमिटर अप्‍टिकल फाइबर विस्तार गर्ने योजना छ। ‘यसका लागि कम्पनी छानिसकेका छौं’, उनले भनिन्, ‘फाइबर विस्तारको काम सुरु भइसकेको छ।’ यो वर्ष अप्टिकल फाइबर विस्तार गर्ने जिम्मा चिनियाँ क्विनफेन कम्युनिकेसन कम्पनी लिमिटेडले पाएको छ। कम्पनीले काम सुरु गरिसकेको टेलिकमले जनाएको छ। ‘सर्वेक्षण र डिजाइन पूरा गरेर काम सुरु भइसकेको छ’, प्रधानले

टेलिकमले बुझायो २० अर्ब

सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले गत आर्थिक वर्षमा लाभांस, कर, रोयल्टी र नविकरण शुल्क बापत २० अर्ब ३७ करोड रकम बुझाएको छ। आर्थिक वर्ष २०६८/६९ मा टेलिकमले सरकारलाई विभिन्न शिर्षकमा कुल १८ अर्ब २ करोड रुपैयाँ बुझाएको थियो। गत वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब १६ करोड ८९ लाख रुपैयाँ बढी रकम सरकारलाई बुझाएको हो। टेलिकमले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा गत वर्ष कम्पनीले नेपाल सरकारलाई लाभांस बापत ६ अर्ब ५८ करोड ७५ लाख बुझाएको छ। त्यसभन्दा अघिल्लो वर्ष कम्पनीले सरकारलाई ६ अर्ब १६ करोड ५७ लाख लाभांस बुझाएको थियो । सरकारको ९२ प्रतिशत सेयर रहेको टेलिकम नाफामा सञ्चालित सार्वजनिक संस्थान हो। टेलिकमले सरकारलाई दिने लाभांस बढेपनि गत वर्ष सरकारलाई बुझाउने कर र कम्पनीको नाफा भने घटेको छ। टेलिकमले सरकारलाई बुझउने, आयकर, मूल्य अभिवृद्धि कर, स्वमित्व शुल्कलगायतको रकम भने घटेको हो। ‘हामीले फ्रिक्वेन्सी नविकरण शुल्क बुझाउनु परेकाले कर र नाफा कम भएको हो,’ टेलिकमका कम्पनी सचिव बुद्धिप्रसाद आचार्यले भने, ‘गत वर्ष पनि रोयल्टी शुल्क

कति हुदारहेछन् सार्वजनिक यातायतमा ६० कटेका यात्रु?

साठी वर्ष काटेका यात्रु धेरै हुने भन्दै व्यवसायीले यातायात भाडा छुट दिन अस्वीकार गरिरहेका बेला एकदमै थोरै जेष्ठ नागरिकले मात्र सार्वजनिक सवारीमा यात्रा गर्ने गरेको तथ्य बाहिर आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको सर्वेक्षणले सार्वजनिक सवारी साधनमा व्यवसायीले दाबी गरेको भन्दा एकदमै कम जेष्ठ नागरिक चढ्ने गरेको देखाएको हो। साढे चार महिनाअघि जेष्ठ नागरिकले यातायात भाडामा ५० प्रतिशत छुट दिनुपर्ने माग गर्दै आन्दोलन थालेपछि मन्त्रालयले स्थानीय, मध्यय र लामो दुरीका सवारी साधनको अध्ययन गराएको थियो। अध्ययनका क्रममा तीनैखाले दुरीमा ६० वर्षमाथिका यात्रुको संख्या करिब ३ प्रतिशतभन्दा कम देखिएको छ। ‘व्यवसायीहरुले धेरै यस्ता यात्रु हुन्छन् भन्ने तर्क राख्नु भएको थियो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले भने, ‘अध्ययनले यस्ता यात्रु एकदमै कम रहेको देखाएको छ।’

चोरीको मोबाइल बोक्ने पर्ने भए फन्दामा

कार्टुन साभार : कम्प्युटरएडज् डटकम चोरीका मोबाइल सेटमा अब नेपाल टेलिकमको सिमकार्ड नचल्ने भएको छ। सरकारी स्वामित्वको दूरसञ्‍चार सेवाप्रदायक टेलिकमले ग्राहकको गुनासोका आधारमा हराएका वा चोरी भएका सेटमा सिमकार्ड नचल्‍ने बनाउन लागेको हो। ‘मोबाइल चोरी नियन्त्रणमा सहयोग पुगोस् भनेर यस्तो सेवा सुरु गर्न लागेका हौं’, टेलिकमकी प्रवक्ता गुणकेसरी प्रधानले अन्नपूर्णसँग भनिन्, ‘अहिले परीक्षणको चरणमा छौं, बिस्तारै कार्यान्वयन गर्नेछौं।’ प्रधानका अनुसार टेलिमकले पुरानो मोबाइल नेटवर्कलाई नयाँमा स्थानान्तरण गरिसकेपछि यो सेवा पूर्णरूपमा सञ्‍चालनमा आउनेछ। बुधबारदेखि राजधानीमा पुरानो मोबाइल नेटवर्क विस्थापित गरी नयाँमा सेवा स्थानान्तरण गर्न थालेको टेलिकमले चाँडै नयाँ नेटवर्कमा यो सेवा सुरु गर्ने उनले बताइन्। टेलिकमले मोबाइल सेटको पहिचान दर्ता प्रणाली (इक्युपमेन्ट आइडेन्टिटी रजिस्ट्रर-ईआईआर) सेवा सुरु गर्न लागेको हो।

लगानी थप्दै आरएमसी समूह

नेपालबाट भारततर्फ पहिलोपटक सिमेन्ट निकासी थालेको आरएमसी सिमेन्ट उद्योग चलाइरहेको औद्योगिक समूहले निर्माण सामग्री उत्पादन उद्योगमा लगानी विस्तार गरेको छ। मुख्य कम्पनी राजेश मेटल क्राफ्टमार्फत निर्माण सामग्री उत्पादन गर्ने उद्योग चलाइरहेको यो समूहले रंगीन जस्तापाता, फलामे छड र क्लिंकर उद्योगमा पनि लगानी विस्तार गर्ने भएको हो। अहिले फलामे पाइप, जीआई पाइप, जस्तापाता र सिमेन्ट उत्पादन गरिरहेको राजेश मेटल समूहले चाँडै फलामे छड पनि उत्पादन सुरु गर्ने भएको छ। समूहले पुराना उद्योगको क्षमता वृद्धि र नयाँ उद्योग स्थापनाका लागि साढे पाँच अर्ब लगानी गर्ने भएको हो। यसले रंगीन जस्तापाता, कोल्ड रोलिङ क्वायल, फलामे छड, सिमेन्ट र क्लिंकर उद्योगमा लगानी गर्नेछ। ‘हामी चाँडै फलामे छड उद्योग खोल्दैछौं’, राजेश मेटल क्राफ्टका सञ्‍चालक राजेश अग्रवालले भने, ‘क्लिंकर र सिमेन्ट उद्योगमा समेत लगानी विस्तार गरिहेका छौं।’ समूहले अहिले सादा जस्तापाता उत्पादन गरिरहेको छ। रंगीन जस्तापाताको उत्पादन पनि सुरु भएको उनले बताए। ‘हामीले अहिले परीक्षणका रूपमा रंगीन जस्तापाता उत्पादन थालेका छौं’, अग्रवालले भने,