Skip to main content

इजी इकोस्पोर्ट

इकोस्पोर्टको भित्री रुप
चाबीलाई एकातिर थन्क्याएर स्टेयरिङ घुमाउनुस्, गाडी चल्न थाल्छ। म्युजिक सिस्टममा बजिरेहको गीत मन परेन। स्टेयरिङ घुमाउदै अर्को गीतको ‘मुखडा’ बोल्नुस्। म्युजिक सिस्टममा त्यहि गीत घन्कन थाल्छ। गाडी कतै ठोक्कियो, तपाई फोन गर्न सक्ने अवस्थामा हुनुहुन्न। गाडी आफैले संकटकालिन नम्बरमा फोन गरिदिन्छ।
कतिपय दक्षिण भारतिय फिल्ममा यस्तै दृष्य हुन्छन्। हेर्दाहेदै तपाइलाई ‘धत् यस्तो पनि हुन्छ?’ भन्ने लाग्न सक्छ। तर यहा उल्लेख गरिएका यी दृष्य दक्षिण भारतिय फिल्मका होइनन्। न त कुनै नेपाली फिल्मका नै।
यी दृष्य हुन्, थापाथलीस्थित फोर्ड गाडीको सोरुम भित्रका। जहा फोर्डले हालै नेपाली बजारमा भित्र्याएको ‘इको स्पोर्ट’ गाडीको बारे जानकारी लिन आउने ग्राहकलाई कर्मचारीहरु यस्तै दृष्य देखाउछन्।
दक्षिण भारतिय फिल्मका दृष्य जस्ता लाग्ने यस्तै अनौठा सुविधा छन्–अमेरिकी कम्पनी फोर्ड मोटरले दक्षिण भारतिय सहर चेन्नाइमा निर्माण गरेको यो गाडीमा। यस्तै अनौठा र ग्राहकलाई तत्कालै आकर्षित गर्ने खालका विशेषता भएकाले ‘इको स्पोर्ट’ अहिले धेरैको रोजाइमा परेको छ। ‘विशेष गरि युवा पुस्ताको रोजाइमा यो गाडी परेको छ,’ गोल्छा समूह अन्तर्गत फोर्ड गाडीको बिक्रेता गो–फोर्डका बिक्री प्रबन्धक दीपेश शाक्य भन्छन्, ‘यसको लुक्स र फिचर्सले धेरैलाई लोभ्याएको छ।’
सन् २००३ मा ब्राजिलमा उत्पादन सुरु भएको ‘इको स्पोर्ट’को पहिलो पुस्तको मोडल अमेरिकी महाद्विपमा खुबै लोकप्रिय भयो। त्यस क्षेत्रमा ७ लाखभन्दा बढी बिक्री भइसकेको ‘इको स्पोर्ट’को दोस्रो पुस्तको उत्पादन भने सन् २०१२ मा चेन्नाइमा भएको हो।

त्यसैवर्ष भारतको राजधानी दिल्लीमा भएको ‘अटो सो’मार्फत एसियाली बजारमा देखा परेको यो गाडी नेपाल भित्रिएको डेढ महिनामै २ सयभन्दा बढी बुकिङ भइसकेको छ। जुलाई दोस्रो साता भारतमा औपचारिक बिक्री सुरु भएको ‘इको स्पोर्ट’ त्यहि ४० हजारभन्दा बढी बुकिङ भइसक्यो।
‘डिमान्ड धेरै भए पनि अहिले हामीले बुकिङ लिन छाडेका छौ,’ शाक्यले भने, ‘पहिले बुकिङ भएका गाडी दिइसकेपछि मात्र अरु बुकिङ लिनेछौ।’ नेपाल भित्रने बित्तिकै यत्तिका धेरै गाडी बुकिङ हुनुले युवा पुस्ताको यो गाडीप्रतिको आशक्तिलाई देखाएको छ।
‘उत्कृष्ट इन्जिन’ पुरस्कारबाट सम्मानित यो गाडीमा ३ सिलिन्डर टर्बो इन्जिन प्रयोग भएको छ। विश्वकै धनी व्यक्ति घोषित भइसकेका विल गेट्सको कम्पनी माइक्रोसफ्टसँगको सहकार्यमा यसमा गाडीका प्रणालीसँग मोबाइलका आधुनिक विशेषता जोडिएको छ। यसरी गाडीका प्रणाली र मोबाइलका सुविधालाई ‘सिंक’ गरिएकाले नै यो अरुभन्दा भिन्न हुन गएको हो।
‘इको स्पोर्ट’मा गाडी चलाइरहेका बेलमा समेत आवाजका माध्यमबाट फोन गरेर कुरा गर्न मिल्छ। आएको फोन उठाउन पनि सकिन्छ। बजिरहेको गीत परिवर्त गर्न पनि हात नचलाई मुख चलाए पुग्छ। अरु सबै गाडीभन्दा फरक विशेषता त यसलाई चाबी बिनै चलाउन सकिन्छ। ‘गाडीभित्र पसेर चाबी कतै राखे पनि बटम थिच्यो भने यसलाई कुदाउन सकिन्छ,’ शाक्यले भने, ‘यस्तो विशेषता अरुमा छैन।’
फ्रन्ट र रेयर पार्किङ सेन्सरको विशेषता यसमा छ। यसले पार्किङका बेला सजिलो पार्छ। सातथरी रङ र तीनथरी इन्जिनको विकल्प सहित उपलब्ध यो गाडी भित्र २० वटा विभिन्न सामान राख्न सकिने सुधिवा छ। जसमा चस्मा र ल्यापटपका लागि छुट्टै स्थान छन्। चालक छेउको सिटमुनी यसमा ल्यापटप राख्ने स्थान छुट्ट्याइएको छ।
तीन खाले इन्जिन विकल्पयुक्त यो गाडीका १० वटा भ्यारेन्ट उपलब्ध छन्। यसमा रहेको ‘क्लाइमेट कन्ट्रोल र सिक्रनाइजेसन’ सुविधा रहेको छ। यसले गाडीभित्र आफुलाई अनुकुल मौसम बनाउन सकिन्छ। १० वटा भ्यारेन्ट मध्ये सबैभन्दा महँगा र प्रिमिय भ्यारेन्टमा भने ७ वटासम्म एयरब्यागको सुविधा छ। यसले दुर्घटनाका बेला भरपुर सुरक्षा प्रदान गर्न सक्छ।
दुई सय मिलिलिटर ग्राउन्ड क्लियरेन्सयुक्त यो गाडी नेपाली सडकका लागि हाक्न उपयुक्त हुने शाक्य बताउछन्। कम मूल्यमा स्पोर्ट युटिलिटी भेहिकल्स(एसयुभी) खोज्नेका लागि एकदमै उपयुक्त गाडी भएको कम्पनीका अधिकारीहरु दाबी गर्छन्। यसका पेट्रोल, डिजेल र इकोबुस्ट इन्जिनयुक्त तीनखाले गाडी नेपालमा उपलब्ध हुन्छन्।
१ हजार ५ सय सिसी पेट्रोल र डिजेल इन्जिनयुक्त ‘इको स्पोर्ट’का चार–चार वटा भ्यारेन्ट बजारमा उपब्ध छन्। १ हजार सिसी इको बुस्ट इन्जिन क्षमताको ‘इको स्पोर्ट’का भने दुई भ्यारेन्ट बजारमा पाइन्छन्। क्षमता, सुविधा, लुक्सलगायतका विशेषताका आधारमा नेपाली बजारमा ‘इको स्पोर्ट’ गाडीको मूल्य न्यूनतम २८ लाख ५० हजारदेखि अधिकतम ३९ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ।
माइक्रोसफ्टसँगको सहकार्यले मोबाइल र सूचनाप्रविधिका अधुनिक विशेषता समेत गाडीभित्रै अटाउन सफल फोर्ड मोटरले ‘इको स्पोर्ट’तर्फ धेरै नेपालीलाई तान्न सफल भएको छ। ‘अहिले पनि ग्राहकहरु आएर बुकिङ लिइदिनुस् भनिरहनु भएको छ,’ शाक्य भन्छन्, ‘पहिले बुकिङ भएका सप्लाई गरेपछि मात्र लिन्छौ भनेर फर्काइरहेका छौ।’ नेपाल प्रवेश गर्ने वित्तिकै युवा पुस्तालाई आकर्षित गर्न सफल ‘इको बुस्ट’ इन्जिन समेत भएको यो गाडीले आफ्नो बजार हिस्सालाई पनि ‘बुस्ट’ गराउनेमा विश्वस्त छन्–गो फोर्डका अधिकारीहरु।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु