Skip to main content

Posts

Showing posts from February, 2015

कस्मिरबाट नेपाली लडाकुको पत्र

मममतामयी माता साष्टाङ्ग दण्डवत!   माते! खै के लेखुँ यहाँको खबर? ठिक छैन भनुँ भने ठिकै छ। ठिकै छ भनुँ भने बेठिकै बेठिक छ। जीवनमा सपना त धेरै देखियो। सपनाकै हुटहुटीले ‘सपनापथ’का धेरै खाले दोबाटाहरु काटियो। तर, माता! सबै सपना कहा साकार हुदा रहेछन् र?   मान्छेको जातै सपनाको पहाड बनाउने। पहाड चढ्ने गोरेटा कोर्ने। सुरुङ बनाउने, सके केबुल कार, जहाज र रकेट बनाउने, अनि सपनाको शिखर पुग्ने। नसके  सिसिफसको कथा जस्तो, थुन्सेभरी सपना पूर्तिका आकांक्षा र लक्ष्य बोकेर पहाड उक्लने। उक्लँदाउक्लँदै पहिरो आउँछ, पहिरोसँगै फेदीतिर झर्ने। अनि फेरि, अर्को सपनाको पहाड ठड्याउने। दैनिकी उही–थुन्सेभरी सपना, नाक ठोक्किने उकालो, पहिरो अनि फेदी।   हामी नेपाली साह्रै भाग्यमानी हौ या साह्रै अभागी। एकबारको जुनीमा हामीले जति धेरै सपनासँग साक्षात्कार गर्ने मौका दुनियाँका कमैले पाउलान्। हामी त सपना विज्ञानका प्रयोगकर्ता हौ। विज्ञानकै भाषामा भन्दा सपना विज्ञानका वैज्ञानिक हौ। सायद, नेपालीले जत्ति ‘जीवन–सपना’को परीक्षण गर्ने मौका कसले पाएका होउलान्?   दुनियाँका कैयौ पुस्ता आमाको गर्भमै माता–पिताले बनाइदिएका सप

किन चाहन्छ भारत नेपालको जलस्रोतमा एकाधिकार?

जब नेपाल-भारत जल तथा उर्जा साझेदारीको विषय उठ्छ, नेपालमा उच्च राजनीतिक तहदेखि जनस्तरसम्म विवाद सुरु हुन्छ। एकथरिले भारतसँग सम्झौता गर्नै हुन्न भन्छन्, अर्कोथरीले जसरी पनि गनैपर्छ भन्छन्। कहिले सम्झौता गर्नै पर्छ भन्नेको बल पुग्छ र सम्झौता हुन्छ भने सम्झौता  गर्नै हुन्न भन्नेको बल पुग्दा हुन लागेका सम्झौता रोकिन्छन्। नेपाल–भारत जल तथा उर्जा साझेदारीका विषयहरु विगतदेखि नै यीनै दुई अतिवादी धारको धरापमा पर्दै आएका छन्। ‘गर्नै पर्छ’ र ‘गर्नै हुन्न’को बिचमा अर्को एउटा आवाज पनि उठ्ने गर्छ–‘नेपालको राष्ट्रिय हितलाई बढीभन्दा बढी समेटेर सम्झौता गर्नुपर्छ।’ तर, यो आवाज सधैं धिमा हुने गरेको छ। जसले गर्दा दुई अतिवादी धारको लडाइमा ‘जसरी पनि सम्झौता गर्नुपर्छ’ भन्ने अतिवादले जित्दा नेपालले हरेक जल तथा उर्जा सम्झौतामा भारतलाई हात माथि पार्न सजिलो पारिदिएको छ। दुई अतिवादको धरापमा परेकै कारण नेपाल कोशी, गण्डक र महाकाली सन्धिमा ठगिएको छ। कतिपयले यी सन्धिहरुलाई उत्कृष्ट नमुनाकारुपमा समेत प्रस्तुत गर्छन्। तर, हामीले गरेका सन्धिले हाम्रै हातबाट प्राकृतिक सम्पदा कसरी खोएिको छ भन्ने जान्न विश्वका अरु क्