Skip to main content

Posts

Showing posts from November, 2012

युरोप-अमेरिकामा नेपाली गहना

काठमाडौं, मंसिर १३- नेपाली परम्परागत गहना अमेरिका र बेलायतमा बस्ने एसियाली नागरिकबीच लोकप्रिय बनेपछि नेपाली व्यवसायीले व्यवसाय सुरु गरेका छन्। नेपाली व्यवसायीले तेस्रो मुलुकमा गहना पसल खोलेको यो पहिलोपटक हो।   न्युयोर्कस्थित ज्याक्सन हाइटमा छ वर्षअघि नेपाली गहनाको पहिलो सोरुम खोलेको क्लासिक डाइमन्ड समूहले अहिलेसम्म अमेरिकामा तीनवटा पसल सञ्चालन गरेको छ।  उपत्यकाको पुल्चोकमा ज्वलरी चलाइरहेको यो पारिवारिक समूहले नेपालमा डिजाइन गरिएका गहनाको माग विदेशमा बढेपछि छ वर्षयता न्युयोर्क, अलास्का र मेरिल्यान्डमा शाखा खोलेको हो। पछिल्लोपटक एक महिनाअघि मेरिल्यान्डमा नयाँ सोरुम सञ्चालनमा ल्याइएको छ।  'निर्यात गर्दा गहनाको माग राम्रै हुन थालेपछि हामीले एसियाली बसोबास धेरै भएको ज्याक्सन हाइटमा पहिलो सोरुम खोलेका हौं,' क्लासिक डाइमन्डका कार्यकारी निर्देशक अमीर महर्जनले भने, 'न्युयोर्कको सफलताले हामीलाई शाखा विस्तार गर्न हौस्यायो।' न्युयोर्कमा आफ्ना गहना लोकप्रिय भएपछि उनीहरुले चार वर्षअघि अलास्कामा अर्को सोरुम खोलेका थिए।  नेपालमा क्लासिक डाइमन्ड नाम रहे पनि उनीहरुको गहना पसलक

एमआरपीबारे सरकार–व्यवसायी विवाद

काठमाडौं, मंसिर ९ -चाडपर्व लक्ष्य गर्दै गत भदौमा तोकिएको दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) लाई निरन्तरता दिने–नदिने विषयमा सरकार र व्यवसायीबीच विवाद देखिएको छ।  सरकारी पक्षले दसैं, तिहार र छठका लागि भन्दै तोकेको एमआरपी वर्षभर लागु गर्ने तयारी गरेको छ। व्यवसायीले छठपछि लागु नहुने बताएका छन्। सरकार र व्यापारीको साझेदारीमा तोकिएको एमआरपी वर्षभर नै लागु नहुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले बताए।  सरकारले आफूहरुको सहमतिबिना मूल्य तोक्न नसक्ने बताउँदै उनले चाडपर्वका लागि सहुलियत दिनमात्र एमआरपी तोकिएको बताए। 'एकपटकका लागि जनतालाई सहुलियत दिन सरकारको आग्रह हामीले मानेका हौं,' उनले शनिबार नागरिकसँग भने, 'सधैंभर एउटै मूल्य कायम हुँदैन, हाम्रो सहमतिबिना तोक्ने कुरा पनि आउँदैन।' सरकारले भदौ २८ मा एमआरी तोक्नुपूर्व चेम्बरसँगको छलफलबाट मूल्य तय गरेको थियो।  चेम्बरले सिफारिस गरेको मूल्यका आधारमा तोकिएको एमआरपी त्यसपछि भाउको घटबढसँगै दुईपटक पुनरावलोकन भइसकेको छ। एमआरपी कार्यान्वयन गर्ने वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भन

दुई महिनापछि पोखरामा डिडिसीका उत्पादन

काठमाडौं, मंसिर २ -सरकारी स्वामित्वको दूग्ध विकास संस्थान(डिडिसी)ले पोखराबाट दूध र दूग्धजन्य पदार्थ उत्पादन र बिक्री सुरु गर्ने भएको छ।  अहिले निजी क्षेत्रबाट मात्र दूध आपूर्ति भइरहेको पोखरामा संस्थानले आगामी दुई महिनाभित्र आफ्नो उत्पादन बिक्री सुरु गर्ने भएको हो। संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहले पोखराबाट दूध उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए।  'हामीले निजी क्षेत्रकै कारखानालाई प्रयोग गरेर दूध उत्पादनको तयारी गरेका छौ,' उनले भने, 'उत्पादन सुरु गर्न कारखाना छनोट गर्दैछौ।' आगामी दुई महिनाभित्र पोखराबाट संस्थानले आफ्नो ब्रान्डको दूध उत्पादन गरिसक्ने उनले जानकारी दिए।  सरकारले केही वर्ष अघि पोखरास्थित संस्थानको दूध प्रशोधन कारखाना निजी क्षेत्रको सुजल डेरीलाई बिक्री गरेपछि त्यहा डिडिसीका उत्पादन उपलब्ध छैनन्। सिंहले पोखराबाट दूध, दही र पनिरको उत्पादन सुरु गरिने जानकारी दिए। यसबाहेकका उत्पादन भने अन्यत्रका कारखानाबाट लगेर बिक्री गरिने छ।  'पोखरामा हाम्रो दूधको माग धेरै रहेकाले निजी क्षेत्रको सहकार्यमा उत्पादन सुरु गर्न लागेका हौ,' सिंह