Skip to main content

Posts

Showing posts from July, 2010

सिआरटीलाई विस्थापित गर्दै एलसिडी

विष्णु पोखरेल काठमाडौं असार १५ ग्राहकको आकर्षण लिक्युड कि्रस्टल डिस्प्लेएलसिडी मोनिटरतर्फ वृद्धि हुँदै गएपछि नेपालमा पनि क्याटहोड रे ट्युबस्सिआरटी मोनिटरको बिक्री घटेको छ । छरितो प्रविधिकारुपमा भित्रिएको एलसिडी मोनिटर सिआरटीको तुलनामा केही महँगो भए पनि ग्राहकको पहिलो रोजाइ यही हुने गरेको छ । ुग्राहकले दुई÷चार हजार महगै भएपनि एलसिडी नै खोज्न थालेपछि सिआरटीको मार्केट डाउन भएको होु श्रीयन्त्र कन्सोलका साचालक रविन प्रजापतीले भने । उनले ग्राहको चाहना नयाँ प्रविधितर्फ मोडिएकाले सिआरटीको बजार शून्यजस्तै भएको जानकारी दिए । सिआरटी मोनिटरको तुलनामा छरितो एवं विद्युत कम खपत हुने भएकाले ग्राहकले एलसिडी मोनिटर नै किन्ने गरेका छन् । ुठाउँ कम ओगट्ने र छरितो भएकाले ग्राहकले एलसिडी नै मन पराएका हुन्ु कम्प्युटर सफ्ट जोनका साचालक हिमांशु जैनले भने ुअझ विद्युत कम खपत हुने भएपछि त ग्राहकको आकर्षण यसैमा छ ।ु छ÷सात वर्षअघिदेखि नेपाली बजारमा एलसिडी मोनिटर भित्रिएका भए पनि यसको बिक्री भने दुई÷तीन वर्षअघिदेखि मात्र वृद्धि भएको हो । ुएलसिडीको बिक्री बढ्नुमा नेपालको लोडसेडिको भूमिका छु मेगाटेकका साचालक शैलेस