Skip to main content

सिआरटीलाई विस्थापित गर्दै एलसिडी



विष्णु पोखरेल
काठमाडौं असार १५

ग्राहकको आकर्षण लिक्युड कि्रस्टल डिस्प्लेएलसिडी मोनिटरतर्फ वृद्धि हुँदै गएपछि नेपालमा पनि क्याटहोड रे ट्युबस्सिआरटी मोनिटरको बिक्री घटेको छ ।
छरितो प्रविधिकारुपमा भित्रिएको एलसिडी मोनिटर सिआरटीको तुलनामा केही महँगो भए पनि ग्राहकको पहिलो रोजाइ यही हुने गरेको छ । ुग्राहकले दुई÷चार हजार महगै भएपनि एलसिडी नै खोज्न थालेपछि सिआरटीको मार्केट डाउन भएको होु श्रीयन्त्र कन्सोलका साचालक रविन प्रजापतीले भने । उनले ग्राहको चाहना नयाँ प्रविधितर्फ मोडिएकाले सिआरटीको बजार शून्यजस्तै भएको जानकारी दिए ।
सिआरटी मोनिटरको तुलनामा छरितो एवं विद्युत कम खपत हुने भएकाले ग्राहकले एलसिडी मोनिटर नै किन्ने गरेका छन् । ुठाउँ कम ओगट्ने र छरितो भएकाले ग्राहकले एलसिडी नै मन पराएका हुन्ु कम्प्युटर सफ्ट जोनका साचालक हिमांशु जैनले भने ुअझ विद्युत कम खपत हुने भएपछि त ग्राहकको आकर्षण यसैमा छ ।ु छ÷सात वर्षअघिदेखि नेपाली बजारमा एलसिडी मोनिटर भित्रिएका भए पनि यसको बिक्री भने दुई÷तीन वर्षअघिदेखि मात्र वृद्धि भएको हो ।
ुएलसिडीको बिक्री बढ्नुमा नेपालको लोडसेडिको भूमिका छु मेगाटेकका साचालक शैलेस लोहनीले भने ुलोडसेडिङ हुन थालेपछि कम बिजुली खाने भएकाले यसको बिक्री ह्वात्तै बढेको हो ।ु सिआरटी मोनिटरका तुलनामा एलसिडीले आधाभन्दा कम विद्युत खपत गर्ने भएकाले ग्राहकले बढी मूल्य तिरेर भए पनि एससिडी नै किन्ने गरेका छन् । ुएलसिडी मोनिटर राख्दा इन्र्भटरबाट पनि कम्प्युटर चलाउन सकिन्छु स्पिड साइबर क्याफे किर्तिपुरका साचालक मुरारी विष्टले भने ुत्यसैले हामीले पनि एलसिडी मोनिटर नै राखेका छौं ।ु उनले एलसिडीले थोरै ठाउँ ओगट्ने भएकाले साइबर क्याफे साचालन गर्नेहरु सिओटीको साटो एलसिडीमा नै आकर्षित भएको बताए ।
पछिल्लो समयमा टिभी किन्ने ग्राहकहरु पनि एलसिडी मोनिटरतर्फ आकर्षित भएकाले यसको बजार विस्तार हँुदै गएको बिक्रेताहरु बताउँछन् । सामसुङ कम्पनीका मोनिटर बिक्री गर्ने इसान इन्फोसिसका साचालक पुनम दुगडले टिभीकोरुपमा मोनिटरलाई प्रयोग गर्ने बढेको बताए । ुमोनिटर किनेर टिभीकार्ड राखी प्रयोग गर्नेहरु पनि बढेका छन्ु उनले भने ुत्यसले बिक्री बढाएको छ ।ु एलसिडीतर्फ ग्राहकको आकर्षण बढ्दै गएपछि अहिले करिब एक प्रतिशत मात्र सिआरटी मोनिटरको बिक्री हुने गरेको बिक्रेताहरु बताउछन् ।
कतिपय कम्पनीहरुले त सिआरटी मोनिटर उत्पादन नै बन्द गरिसकेका छन् । नेपालमा सबैभन्दा बढी बिक्री हुने सामसुङले पनि सिआरटीको उत्पादन बन्द गरिसकेको दुगडले बताए । एलजी फिलिप्सजस्ता कम्पनीले पनि एलसिडी मोनिटरको उत्पादन बन्द गरेका छन् । एलसिडीको आकर्षण बढिरहेको भए पनि ग्राफिक्सको काम गर्ने केही कार्यालयले भने अफै सिआरटी मोनिटर नै किन्ने गरेका छन् । ुसिआरटीमा पिक्चरको कम्बिनेसन मिलाउन सजिलो हुन्छु डेल्टा इन्प्रुाेटेडका प्रबन्ध निर्देशक दिलिप कुण्डलियाले भने ुत्यसैले केही कम्पनीले अहिले पनि सिआरटी नै खोज्छन् ।ु
बजारमा विभिन्न ब्रान्डका विभिन्न मोडेल र आकारका एलसिडी मोनिटर पाइन्छन् । नेपाली बजारमा हाल १५ देखि ४२ इन्चसम्मका एलसिडी मोनिटर उपलब्ध छन् । आयातकार तथा वर्गाकार दुवै खाले एलसिडी मोनिटर पाइने गरेकोमा आयातकार मोनिटर नै ग्राहकले धेरै मन पराउने गरेका छन् । बिक्रेताहरुका अनुसार सबैभन्दा बढी १८।५ र १९ इन्चका मोनिटरहरु बिक्री हुने गरेका छन् । छरितो र सुहाउँदो भएकाले यी आकारका मोनिटरको बिक्री बढी भएको एस्सर मोनिटरको बिक्रेता मर्कन्टाइलका असिस्टेन्ट म्यानेजर राज प्रजापतीले बताए । ुआकर्षक भएकाले होला यो रेन्जका मोनिटर बढी बिक्छन्ु उनले भने । ग्राहकले बढी रिसोलुसन भएका मोनिटरको खोजी गर्ने गरेका छन् ।
केही वर्षदेखि एलसिडी मोनिटरको मूल्य घटिरहेकाले पनि ग्राहकको आकर्षण यसतर्फ बढेको हो । ५÷६ वर्ष १५ इन्चको मोनिटरलाई १६÷१७ हजार पर्ने गरेकामा अहिले भने ८÷९ हजार मात्र पर्छ । तीन महिना अघिसम्म यही मोनिटरलाई सात साढे सात हजार मात्र पथ्र्यो । डलरको भाउ बढेकाले मोनिटरको मूल्यमा केही वृद्धि भएको बिक्रेताहरु बताउँछन् । ुवल्र्डकपले गर्दा पनि मूल्य वृद्धि भएको होु जैनले भने ।
विभिन्न कम्पनीहरुले एक वर्षको वारेन्टीका साथ एलसिडी मोनिटर बिक्री गरिरहेका छन् । बिक्रताका अनुसार बजारमा हालै टिभीकार्ड प्रयोग नगरि टिभी हेर्न मिल्ने खालका एलसिडी मोनिटर पनि भित्रिएका छन् । मोनिटर किनेर छुट्टै टिभिकार्ड किन्ने झन्झटबाट यस्ता मोनिटरले मुक्ति दिनेछन् । नेपाली बजारमा हाल डेल्टा केसिटी र एओसी कम्पनीका यस्ता मोनिटर बजारमा भित्रिएका हुन् । टिभीभन्दा पनि सस्तो पर्ने भएकाले यस्ता मोनिटरतर्फ ग्राहकको आकर्षण बढेको बिक्रेताहरु बताउँछन् ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु