Tweet १६ औ शताब्दीको अन्त्यतिर मुगलले कश्मिरमा कब्जा जमाए । तिनले श्रीनगरको पहाडमा किल्ला बनाए । कश्मीरमा एउटा किंवदन्ती प्रचलित छ– ‘जब मुगल सैनिक चुचुरोबाट तलतिर झर्थे तिनले आक्रोशित कश्मीरी युवाका हातबाट ढुङ्गाको स्वागत पाउथे । भिन्न–भिन्न समूहमा छरिएका युवाले ढुङ्गा वर्षाउदै मुगल सेनालाई हायलकायल पार्थे । त्यसैले ती युवाले उपाधी पाएका थिए–दिलवार अर्थात बहादुर ।’ चार शताब्दीपछि त्यही आदिम ढुङ्गे हतियार अर्को पुस्ताका आक्रोशित कश्मीरी युवाको रोजाई र जीवनको अभिन्न अंग बनेको छ । तिनीहरु भन्छन्– उनीहरु ढुङ्गे हतियारमार्फत स्वतन्त्रताको झिल्का बालिरहेका छन् । संयोग नै मान्नुपर्छ ४ सय ३० वर्षपछि पनि नवहट्टा ढुङ्गे हतियार प्रदर्शनको केन्द्र बनिरहेको छ, जहाँ इतिहासको कुनै कालखण्डमा युवा कश्मीरीले मुगल सेनालाई ढुङ्गा हान्दै धपाउथे । ढुङ्गामुढाको श्रृङ्खला श्रीनगरको डाउनटाउनमा सीमित छैन । गाँउ–सहर हुदै यो मुसलमान बहुल जम्मुको चेनाव उपत्यकासम्म फैलिएको छ । सन् २००८ को अमरनाथ गुठीमा वनक्षेत्र सार्ने निर्णयपछि बढ्न थालेको ढुङ्गामुढा श्रृङ्खला २०१० को आन्दोलनपछि अझै बढ्यो । त्यसपछिका
This is a personal blog