Skip to main content

फोरजीको पर्खाइमा उपभोक्ता, यस्तो हुन्छ सुविधा

कुनै उल्झन आइनपरे केही महिनाभित्रै सहरी क्षेत्रका नेपालीले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोरजी) प्रयोग गर्न पाउनेछन् । विगत केही वर्षदेखि चर्चामा रहेको फोरजी सेवाको अनुमति दिन अब कानुनी अन्यौल छैन । नीतिगत अन्यौल हटाउँदै सूचना तथा सञ्चार मन्त्रीको संयोजकत्वमा रहने फ्रिक्वेन्सी नीति निर्धारण समितिले पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउन पाउने गरि नीति संसोधन गरिसको छ ।
 
नीति संशोधनलगत्तै नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी चलाउने फ्रिक्वेन्सी माग्दै निवेदन दिइसकेका छन् । फ्रिक्वेन्सी विना टेलिफोन, मोबाइल, इन्टरनेटलागयतका सेवा चलाउन सकिंदैन । त्यसैले फ्रिक्वेन्सी पाउने बित्तिकै उनीहरु फोरजी चलाउने तरखरमा छन् । टेलिकम र एनसेलले अनुमति पाएको दुई महिनाभित्रै राजधानी र अन्य केही सहरमा फोरजी चलाउने घोषणा गरिसकेका छन् । 

दूरसञ्चार कम्पनीहरुले फोरजी सुरु गर्ने घोषणा गरिरहेका बेला धेरै उपभोक्तालाई फोरजी के हो? यसले के फाइदा हुन्छ ? भन्ने जिज्ञासा उत्पन्न भएको छ । धेरैले फोरजी सुरु भएपछि उपभोक्ताले कस्तो सेवा सुविधा पाउँछन् भनेर प्रश्न तेस्र्याउन थालेका छन् । कतिपयको बुझाईमा फोरजी आएपछि सस्तोमा उच्च गतिको इन्टरनेट सुविधा पाइन्छ भन्ने छ । यो ब्लगमा फोरजी के हो ? यसबाट उपभोक्तालाई के फाइदा पुग्छ ? र, नेपाली कम्पनीको तयारी के छ ? भन्ने बारे संक्षिप्तमा जानकारी दिइनेछ ।  

के हो फोरजी ?  
फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’अर्थात चौथो पुस्ताको ताररहितको सक्षिप्त रुप हो । यसलाई मोबाइल ब्रोडब्यान्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । प्रविधि क्षेत्रमा एकदमै तिव्र अन्वेषण र विकास भइरहेकाले नेपालमा फोरजीको तयारी हुदै गर्दा विकसित मुलुकमा भने यो भन्दा पनि आधुनिक पाँचौ पुस्ता (फाइभ जी) को अन्वेषण सुरु भइसकेको छ । फोरजीले तेस्रो पुस्ता (थ्रिजी) सेवालाई विस्थापित गर्छ ।
फोरजी अपलिंक र डाउनलिंक गरि दुई जोडीमा वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘ओएफडिएम’ भनिन्छ), समयलाई विभाजन गरि वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘टिडिएमए’ भनिन्छ) र बहु संकेतलाई एकिकृत गरि वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘सिडिएमए’भनिन्छ) प्रणालीमा चल्छ । यसको अर्थ हुन्छ, हामीले अहिले चलाइरहेको नेपाल टेलिकमको नमस्ते वा एनसेलको सिमकार्डमा फोरजी चल्नसक्छ । त्यस्तै टेलिकमकै स्काई सिमकार्डमा समेत कम्पनीले चाहेमा फोरजी चलाउन सक्छ ।

दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । तर, धेरै मुलुकका कम्पनीहरुले यो गतिको मोबाइल इन्टरनेट नचलाई आफ्नो सेवालाई फोरजीकोरुपमा प्रचार गरिरहेका छन् । छिमेकी मुलुक भारतमा समेत कम्पनीहरुले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् ।
आइटियूको मापदण्डलाई वेवास्ता गरेपनि फोरजीको गति थ्रिजीको तुलनामा भने निक्कै नै बढी हुने गर्छ । थ्रिजी सेवामा उपभेक्ताले जम्मा ३ देखि ४ मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिको मात्र इन्टरनेट चलाउन पाइरहेका छन् ।
 
उपभोक्तालाई के फाइदा हुन्छ ? 

फोरजी सेवा सुरु भएपछि उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउने छन् । यसका लागि निश्चय नै थ्रिजीका लागि तिरिरहेको भन्दा बढी खर्च त लाग्ने नै छ । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजीका उपभोक्ताले अहिले भन्दा सजिलो गरि भिडियो कल र च्याट गर्न सक्छन् । त्यत्ति मात्र होइन, फोरजीमा इन्टरनेटमा आधारित टेलिफोमा पाइने सेवाहरु पाइने छ । त्यस्तै उच्च गुणस्तरीय भिडियो सहितको मोबाइल टेलिभिजन समेत हेर्न मिल्छ । यसबाट भिडियो कन्फरेन्स गर्न सजिलो हुन्छ । फोरजी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिन्छ ।
 
फोरजीका उपभोक्ताले आफ्नो स्मार्टफोनमा यो सेवा सुरु गर्दैमा सबै सुविधा पाउछन् भन्ने भने हुँदैन । स्मार्टफोनको गुणस्तर र त्यसले सर्पोट गर्ने प्रविधिका आधारमा उपभोक्ता पाउने सुविधा खुम्चिन सक्नेछ । धेरै नेपाली उपभोक्ताले स्मार्टफोनका पुराना मोडेल  र फिचर्स फोन चलाउने भएकाले फोरजीको सुविधाबाट बन्चित हुनुपर्ने हुनसक्छ । अहिले भने धेरै आयातकर्ताले फोरजी समेत चल्ने मोबाइल सेट भित्र्याउन थालेका छन् । त्यसो त फोरजी चलाउन स्मार्टफोन नै हुनुपर्छ भन्ने छैन । कम्पनीहरुले फोरजी गतिको इन्टरनेट चल्ने गरि डंगोल र मोड्युमहरु समेत बजारमा ल्याउने छन् । त्यसबाट समेत फोरजीको सेवा लिन सकिने छ ।

नेपाली कम्पनीको तयारी 
हाल तीनवटा कम्पनीले फोरजी चलाउन चासो देखाउदै निवेदन दिएपनि दुइवटा कम्पनीले मात्र आवश्यक प्राविधिक तयारी गरेको जानकारहरु बताउँछन् । यस्तो तयारी गर्नेमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल छन् । दुवै कम्पनीले राजधानी र केही सहरी क्षेत्रमा फोरजीका लागि समेत उपयुक्त हुने खालका मोबाइल टावर राखिसकेका छन् । उनीहरुले ती टावरहरुलाई सञ्चालन गर्न आवश्यक सफ्टवेयर र केही ‘प्राविधिक कोडिङ’ गरेपछि कम्तिमा राजधानी भित्र सेवा तत्कालै सुरु गर्न सक्नेछन् । 
अनुमतिको पर्खाइमा रहेका दुवै कम्पनीले कस्तो प्याकेज ल्याउने भनेर आन्तरिक तयारी समेत थालिसकेका छन् । तर, उनीहरुले व्यवासायीक योजनालाई सार्वजनिक गर्न भने चाहेका छैनन् । अहिलेकै अवस्थाम दुवै कम्पनीले आइटियू मापदण्ड अनुसारकै फोरजी सेवा चलाउने तयारी भने गरेका छैनन् । उनीहरु कम्तिमा भारतकै कम्पनीहको गतिमा इन्टरनेट दिई फोरजी चलाउने तयारी गरिरहेका छन् । अनुमतिकै टुङ्गो नलागेकाले टेलिकम र एनसेल दुवैले मूल्यको टुङ्गो भने लगाइसकेका छैनन् । 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु