Tweet छोरीका साथ मञ्जु ' बिरानो ठाउँ , भरथेग गर्ने कोही छैन , भोकभोकैचाहिँ नपरेस् है बाबै , गाह्रो भए यतै फर्कनू। ' आफ्नो काख छाडेर सुखी भविष्यको कल्पना गर्दै सँघार नाघ्न लागेकी उनलाई आमाले सुँकसुँकाउँदै भनेकी थिइन्। यो पाँच वर्षअघिको कुरा हो। जुनबेला उनी १९ वर्षकी थिइन्। माओवादी द्वन्द्व सकिएर शान्तिप्रक्रिया सुरु भएको थियो। संविधानसभा चुनाउ सकिएको थियो। आमनेपालीले सुखी भविष्यको सपना पूरा हुन लागेको ठानेका थिए। सुखी र सम्पन्न हुने कल्पनाका पत्रहरू बगलीमा कोच्याएर सपनाको सहर सर्ने युवायुवतीको लर्को लाग्थ्यो। त्यही लर्कोमा मिसिएकी थिइन्- उदयपुर गाईघाटकी मञ्जु भुजेल। सपनाको सहर थियो- काठमाडौं अनि सपनाचाहिँ पैसा कमाएर सुख पाउने। उज्ज्वल भविष्यको सपना साकार पार्न ' पैसा टिप्ने ' उद्देश्यसहित ' नेपाल ' छिरेकी भुजेलले बिरानो ठाउँमा एउटा छहारी पाइन्- बबरमहलस्थित मीतआमाको सानो छाप्रे होटेल। मीतआमाकहाँ केही दिन बसेर कामको खोजी गर्ने सुर थियो उनको। तर मीतआमाले ' अन्त जानु पर्दैन , यहीं काम गर , अरूले दिने जति तलब दिउँला ' भनेपछि उनी त्यही छाप्रे होटेलक
This is a personal blog