Skip to main content

ठगी गर्ने सुन पसलेलाई उन्मुक्ति

सुनको शुद्धतामा व्यापक ठगी गरेको पुष्टी हुदाँ समेत सरकारी निकायले ठग व्यापारीलाई कारबाही गर्न आलटाल गरिरहेका छन्।
सरकारी निकायहरुले समन्वय गरेर कारबाही अघि नबढाउदा दर्जनौ ठग व्यापारीले कारबाहीबाट उन्मुक्ति पाइरहेका छन्। सरकारी निकायको वेवास्ताका कारण सुनमा उपभोक्तालाई ठगेको पुष्टी भइसक्दा पनि राजधानी सहित चितवन, पोखरा, विराटनगर इटहरी, धरान, धनकुटा, भोजपुरलगायत क्षेत्रका पसलेले उन्मुक्ति पाएका हुन्। 
वाणिज्य विभागको नेतृत्वमा गरिएको अनुगमनका क्रममा राजधानी सहित मुलुकका विभिन्न क्षेत्रबाट सुनका गहनाको नमुना संकलन गरि परीक्षण गर्दा ठगी पुष्टी भइसकेको छ। गत असोज र कात्तिक महिनामा चितवनको नारायणगढ र पोखराका गहना पसलबाट ल्याइएको नमुना परीक्षण गर्दा अधिकांसको शुद्धता कम पाइएको थियो। नारायणगढका ६ वटामध्ये सबै र पोखराका आठवटामध्ये सातवटा पसलको शुद्धता पसलेले घोषणा गरेकोभन्दा कम पाइएएको थियो। नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशाला परीक्षणबाट शुद्धतामा पसलेले उपभोक्ता ठगी गरेको पुष्टी भइसक्दा पनि हालसम्म दुवै स्थानका पसलेलाई कारबाही अघि बढेको छैन।
यसैगरी मंसिर अन्तिम साता पूर्वी क्षेत्रका पाँचवटा बजारका २१ पसलबाट संकलन गरिएका सुनचाँदीका गहनाको नमुना परीक्षण गर्दा १९ वटाका नमुना व्यवसायीले घोषणा गरेकोभन्दा कम शुद्ध पाइएको थियो। यी पसलेलाई पनि हालसम्म कुनै कारबाही अघि बढाइएको छैन। गत साता राजधानीको चावहिल क्षेत्रका ६ वटा पसलको अनुगमन गरि संकलन गरिएको नमुना परीक्षणबाट पसलेले २४ क्यारेट(९९.५० प्रतिशत)को सुन भनेर बेचेका गहनामा चाँदीको मात्रा पाइएको छ। यी पसलेलाई समेत हालसम्म कारबाही अघि बढाइएको छैन।
अनुगमन र परीक्षणमा सम्लग्न सरकारी निकायले राजधानी सहित सबै क्षेत्रका पसलेलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ र उपभोक्ता संरक्षण ऐन–२०५४ अनुसार छुट्टा–छुट्टै मुद्दा अघि बढाउन सक्नेछन्। तर, हालसम्म कुनैपनि ऐन अनुसार पसलेहरुलाई मुद्दा अघि बढाइएको छैन। एक सरकारी निकायले अर्कोलाई कारबाहीका लागि पत्राचार गरेको भन्दै कारबाही अघि नबढाएका हुन्।
नमुना परीक्षण गरेको गुणस्तर तथा नापतौल विभागले परीक्षण प्रतिवेदन वाणिज्य विभाग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई पठाइसकेको जनाएको छ। ‘हामीले वाणिज्य विभाग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई प्रतिवेदन सहितको पत्र पठाइसकेका छौ’, विभागका महानिर्देशक रामआधार साहले भने, ‘कानुन अनुसार कारबाही अघि बढाउने काम उनीहरुको हो’।
सुन पसलेहरुलाई जिल्ला प्रशासन कार्यालयले कालोबार ऐन अनुसार र वाणिज्य विभाग एवं विभाग अन्तर्गतका निरिक्षण अधिकृतले उपभोक्ता संरक्षण ऐन अनुसार मुद्दा अघि बढाउन सक्छन्। साहले कालोबजार ऐन अनुसार काराबाही अघि बढाउन सक्ने जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको दाबी गरेपनि प्रमुख जिल्ला अधिकारीहरुले भने पत्र नपाएको बताए।
‘मैले अहिलेसम्म गुणस्तरको पत्र र प्रतिवेदन पाएको छैन’, कास्कीका प्रमुख जिल्ला अघिकारी यादवप्रसाद कोइरालाले भने, ‘पत्रै नआइकन कसरी कारबाही गर्नु? किन पत्र पठाएको छु भनिरहेछन् बुझेको छैन’। चितवनका प्रमुख जिल्ला अघिकारी नरेन्द्रराज शर्माले पनि कसैले आफुलाई पत्र नपठाएको बताए। शर्माले पत्र नआएकाले आफुले पसलेलाई कालोबजार ऐन अनुसार कारबाही अघि बढाउन नसकेको जानकारी दिए।
चितवनका निरिक्षण अधिकृत एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शिव भट्टराइले वाणिज्य विभागले पत्राचार गरेपनि मुद्दा दर्ता भइनसकेको बताए। ‘पत्र आएको छ, कानुन अनुसार कारबाही हुन्छ’, उनले भने, ‘मुद्दा दर्ताका लागि कानुनी सल्लाह लिदैछौ, विभागले कानुन अधिकृत पठाइदिन्छु भनेको छ’। उपभोक्ता संरक्षण ऐन अनुसार निरिक्षण अधिकृतले जिल्ला सरकारी वकिलको राय लिएर जिल्ला अदालतमा मुद्दा दर्ता गराउन सक्ने अघिकार दिएको छ। तर भट्टराईले त्यसलाई वेवास्था गर्दै विभागलाई कानुन अधिकृत पठाइदिन माग गरेका छन्।
वाणिज्य विभागका उप–महानिर्देशक विनोदप्रकाश सिंहले चितवन र कास्कीका निरिक्षण अधिकृतलाई पत्राचार गरिसकेको र पूर्वी क्षेत्रका अधिकृतहरुलाई पत्राचार गर्न लागिएको बताए। ‘कानुनी जटिलता मिलाउदा केही समय लागेको हो’, उनले भने, ‘कारबाही नगर्ने नियत हैन, सबैतिर मुद्दा अघि बढ्छ’।
राजधानीका पसेललाई भने विभागले आफै मुद्दा दायर गर्ने सिंहले जानकारी दिए। यसअघि विभागले गत वैशाख र जेठ महिनाको अनुमगन र नमुना परीक्षणबाट दोषी देखिएका ८ पसले विरुद्ध भने मुद्दा दर्ता गराएको छ।


 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु