Skip to main content

Posts

Showing posts from September, 2013

औ अब बाइक कुदाउदै मोबाइल चार्ज गर्नुस्

Tweet यात्राका क्रममा मोबाइल फोनको ब्याट्री सकियो भने के गर्नुहुन्छ? कारधनी हुनुहुन्छ भने त कारमा चार्ज गर्नुहोला। बाइकमा चढेर कतै निस्कदै हुनुहुन्छ भने पक्कै समस्या पर्छ। मोबाइल चार्ज गर्न बाइक रोकेर छेउछाउको बस्ती तिर लाग्नुको विकल्प हुन्न। बस्ती तिर लाग्दैमा पनि चार्ज गर्न पाइन्छ भन्ने कहा ग्यारेन्टी छ र? लोडसेडिङ भइरहेको हुनसक्छ। यस्तै चिन्ताले सताउने गरेको छ भने ढुक्क हुनुहोस् अब तपाईले यात्रका क्रममा मोबाइल चार्ज गर्न कार किनिरहनु पर्दैन। न त बाइक छेउ लगाएर बस्ती तिर दौडनु नै पर्छ। बाइकमै आफ्नो माबाइलको चार्जर जोडेर ब्याट्री फुल बनाउन मिल्ने सुविधा सहितको बाइक आइसकेको छ। तपाईले पुरानो बाइक बेचेर यस्तो सुविधा भएको बाइक किन्न सक्नुहुन्छ। अनि ढुक्क भएर बाइक चलाउदै त्यसैमा मोबाइल चार्ज जर्न पनि सक्नुहुन्छ। नेपाली बजारमा भर्खरै बिक्री सुरु गरिएको अमेरिकी कम्पनी युनाइटेड मोटर्स(युएम) ग्लोबलले उत्पादन गरेको ‘रेनेगेड कमान्डो’ बाइक किन्नुभयो भने तपाइले यस्तो सुविधा पाउनु हुनेछ। लामो यात्राका लागि आरामदायी हिसाबले बस्न मिल्ने डिजाइनमा तयार भएको यो बाइकले तपाईलाई कारमा हुने केही ‘हा

काठमाडौंलाई कोलोराडोबाट तरकारी अर्डर

Tweet अमेरिका बस्ने छोरासँग गफ गर्दा तरकारी सकिएको कुरा भयो भने एकै छिनमा उनीहरुको घरैमा तरकारी आइपुग्छ। यसरी घरैमा आइपुगेको तरकारीका लागि उनीहरुले पैसा समेत तिर्नुपर्दैन। कपन निवासी कृष्णप्रसाद र भगवती पन्त दम्पतीका लागि यस्तो घटना पहिले नौलो हुन्थ्यो। अहिले उनीहरुलाई यस्तो घटना नौलो लाग्न छाडेको छ। गएको एक वर्षदेखि त प्रत्येक साता जस्तो उनीहरुले थाहै नपाई विभिन्न खाले तरकारी र फलफूल घरमा आइपुग्छ। ‘डोरबेल’ बज्दा ढोका खोल्न पुगेका पन्तले धेरैपल्ट तरकारी र फलफूलको पोको लिएर आएको मान्छे भेट्छन्। पोको लिन्छन् र मुसुक्क हासेर भान्सामा पुर्‍याउछन्। अमेरिकाको कोलोराडोमा बस्ने छोरो कञ्चनलाई सुनाउदा पन्तको घरमा कसरी विनापैसाको तरकारी आइपुग्छ त? ‘अनलाइन सपिङबाट,’ पन्तको सहज जवाफ छ, ‘उतैबाट पैसा तिरेर अनलाइन सपबाट डेलिभरी गराइदिन्छ।’ पन्तका छोरा कञ्चनले करिब एक वर्षदेखि मेट्रो तरकारी डटकमबाट कोलोराडोमै बसेर तरकारी खरिद गरिरहेका छन्। उनले उतैबाट ‘पेपाल’ कार्डबाट पैसा तिरिदिन्छन् अनि कपनसम्म तरकारी पुर्‍याउने अर्डर दिन्छन्। ‘उहा हाम्रो नियमित ग्राहक बन्नुभएको छ,’ मेट्रो तरकारीका प्रमुख कार

लौ हेर्नुस् तीन लाख पर्ने रक्सी

Tweet विलासी वस्तुका लागि अर्बौ बाहिरिने नेपालमा कति भाउसम्मको रक्सी आउछ? ‘लाख रुपैयाँसम्मको’ तपाईको जवाफ हुनसक्छ। किनकी करिब तीन महिनाअघि नेपालमा विश्वप्रसिद्ध ह्स्विकी कम्पनी जोनी वाकरको एक लाख पर्ने ह्विस्की आएको समाचार प्रकाशमा आएको थियो। ‘जोनी वाकर ओडिसी’ बारे केही समयअघिका ताता बहस ताजै रहेकाले तपाइले महँगो रक्सी सम्झदा  लाख अंक पनि सम्झन सक्नुहुन्छ। यदी अहिले पनि महँगो रक्सी सम्झदा एक लाख मात्र सम्झिरहनु भएको छ भने अब त्यसमा थप दुई लाख पनि जोडेर महँगो रक्सीको मूल्य निकाल्नु भए हुन्छ। हो, अब नेपाली बजारमा एक बोतलको तीन लाख पर्ने रक्सी भित्रिसकेको छ। बिक्रेताले यसलाई नेपाल आयात भएको हालसम्मकै सबैभन्दा महँगो रक्सी भनेका छन्। नेपाली बजामरा वेलायती कम्पनी चिभाज ब्रदर्सले उत्पादन गरेको ‘रोयल स्यालुट–६२ स्यालुट’ ब्रान्डको तीन लाख पर्ने महँगो ह्विस्की भित्रिएको हो। चिभाज ब्रदर्सले उत्पादन गरेको यो ‘ब्लेन्डेड स्कच ह्विस्की’को दाम नेपाली बजारमा कर सहित ३ लाख रुपैयाँ तोकिएको छ।

किन्नुस दसैंको खसी, घरमा बसीबसी

यसपटकको दसैंका लागि तपाई कहाँबाट खसी किन्दै हुनुहुन्छ? व्यस्तताका कारण खाद्य संस्थानमा लाइन लागेर कसरी खसी किन्नु भनी चिन्तित त हुनुहुन्न? यदी तपाई त्यस्तो चिन्तामा हुनुहुन्छ भने अब पीर मान्नु पर्दैन। खाद्य संस्थान वा टुकुचा पुगी लाइन लागेर खसी किन्ने फुर्सद नभए पनि दसैंमा तपाई घरमै बसीबसी एकै छिनमा किन्न सक्नुहुन्छ। जिउदो खसी समेत अब अनलाईनबाटै किन्न सकिने सुविधा सुरु भएकाले तपाईले घरमै बसेर यस्तो सेवा पाउनु हुने भएको हो। यो सुविधाको उपयोग गर्दै तपाइले जहासुकैबाट इन्टरनेटमार्फत तत्कालै खसी छनोट गरि अर्डर गर्न सक्नुहुनेछ। यसरी अर्डर गरिएको खसी घरमा एकघण्टा भित्र आइपुग्छ। खसी घरमा आइपुगेपछि तपाइले नगदमा रकम दिन सक्नुहुनेछ। बैंकिङ प्रणालीमार्फत पैसा तिर्न चाहनुहुन्छ भने ‘इन्टरनेट बैंकिङ’ वा कार्डलाई समेत प्रयोग गर्नु सक्नुहुन्छ। नेपालमै पहिलो पटक अनलाइनबाट जिउदो खसी किन्ने सुविधा दिएको हो–‘मेट्रो तरकारी डटकम’ले। ‘राजधानीको जनजीवन दिनानुदिन व्यस्त हुदै गएको छ,’ मेट्रो तरकारीका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले भने, ‘दसैंमा खसी किन्न पनि व्यस्त भएर नभ्याउनेलाई लक्षित गर्दै यस्तो से

स्लिम सेट : ‘एक्सफ्याक्टर एचडी’

लोभलाग्दो डिजाइन, हलुका र पातलोपनले जोसुकैलाई लोभ्याउनसक्‍ने स्मार्टफोन हो-कलर्सको ‘एक्सफ्याक्टर एचडी’। यसमा भारतीय ब्रान्ड भन्दै नाक खुम्च्याउनेका लागि समेत पहिलो नजरमै आकर्षित गर्ने विशेषता छन्। दक्षिण एसियाली बजारमा अमेरिकी कम्पनी एप्पल र कोरियाली कम्पनी सामसङका स्मार्टफोन ग्राहकको रोजाइमा परिरहेका बेला भारतीय कम्पनीले बजारमा ल्याएको यो स्मार्टफोन साँच्‍चै लोभलाग्दो छ। ग्राहकलाई हेर्नेबित्तिकै ध्यान खिच्ने यसको पहिलो विशेषता हो- अरू स्मार्टफोनभन्दा पातलो डिजाइन। कम्पनीको भनाइमा ‘ब्रिलियन्ट कर्व डिजाइन’ रहेको यो स्मार्टफोनको मोटाइ सात दशमलव९९ मिलिमिटरमात्र छ। यसको पातलोपनले गर्दा धेरैलाई पहिलो नजरमै आकर्षित गर्नसक्छ। गुगलसँगको सहकार्यमा एन्ड्रोइड अपरेटिङ सिस्टम राखिएको यो स्मार्टफोनमा रहेको ठूलो स्क्रिन पनि ग्राहकको आकर्षणमा पर्छ। यसमा चार दशमलव सात इन्चको फराकिलो स्क्रिन छ। ‘हाई डेफिनेसन (एचडी)’ डिस्प्लेयुक्त यो स्मार्टफोनमा ‘फुल एचडी’ भिडियोको मज्जा लिन सकिन्छ।

दुई कम्पनी ३०-३० लाख ग्राहक बढाउदै

निजी क्षेत्रका दूरसञ्‍चार सेवाप्रदायक स्मार्ट टेलिकम र युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले पहिलो चरणमा ३०-३० लाख ग्राहक बनाउने गरी जीएसएम मोबाइल सेवा सञ्‍चालनको तयारी थालेका छन्। दुवै कम्पनीले मुलुकभर सेवा पुर्‍याउने योजनाअनुसार पहिलो चरणमा जीएसएम मोबाइल विस्तारको तयारी थालेका हुन्। एकीकृत दूरसञ्‍चार अनुमतिपत्रको विवाद टुंगिएपछि स्मार्ट र यूटीएलले लगानी र सेवा विस्तारको तयारी गरेका छन्। दुवै कम्पनीले लगानी थप गरी पहिलो चरणमा जीएसएम मोबाइल सेवा विस्तार गर्ने योजना बनाएका छन्। स्मार्ट र यूटीएललाई नेपाल दूरसञ्‍चार प्राधिकरणले गत चैत २९ गते फ्रिक्वेन्सी नीतिअनुसार एकीकृत अनुमतिपत्र दिने निर्णय गरेको थियो। प्राधिकरणको निर्णयविरुद्ध मुद्दा परेपछि दुवै कम्पनीलाई लगानी र सेवा विस्तार गर्न अप्ठ्यारो परेको थियो। उनीहरूले प्राधिकरणको निर्णय कानुनी विवादमा तानिएपछि लगानी र सेवा विस्तार कार्य बीचैमा रोकेका थिए।

सूपथ मूल्य पसलभित्र केमा कति छु्ट?

दसैं–तिहार र छठ जस्ता चार्डपर्व नजिकिदै गर्दा सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी संस्थानहरुले सुपथ मूल्य र घुम्ती पसल सुरु गरेका छन्। संस्थानहरुले उपत्यका भित्र आठ र उपत्यका बाहिर २३ वटा सुपथ मूल्य पसल सुरु गरेका हुन्। उपत्यकाभित्र भने साल्ट ट्रेडिङ कर्पोरेसनले तीनवटा घुम्ती पसल समेत सुरु गरेको छ। नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले मिलेर यस्ता पसल सुरु गरेका हुन्। यी पसलमा दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा किन्न पाइन्छ। उपत्यका भित्र साल्ट ट्रेडिङको कालिमाटी  र कोटेश्वर कार्यालय, नेसनल ट्रेडिङको टेकु र रामशाहपथस्थित कार्यालय, वल्खु तरकारी बजार, जावलाखेल, थापाथलीस्थित खाद्य संस्थान कार्यालय र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सुरु भएका हुन्। यसैगरी बनेपास्थित साल्ट ट्रेडिङको कार्यालय सहित मुलुकका अन्य क्षेत्रका विभिन्न २२ स्थानमा रहेका संस्थानहरुका कार्यालय हातामा यस्ता पसल मंगलबारदेखि सुरु गरिएको हो।

विवादित लाइसेन्सलाई सर्वोच्चको लालमोहोर

युनाइटेड टेलिकम लिमिटेड(युटिएल) र स्मार्ट टेलिकमलाई एकिकृत अनुमतिपत्र दिने गरि नेपाल दूरसञ्चार प्राधिकरणले गत चैतमा गरेको विवादित निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ। एकिृत अनुमतिपत्रसँग जोडिएका पाँचवटा रिट मंगबार खारेज गर्दै सर्वोच्च अदालतले अनुमतिपत्रलाई वैधता प्रदान गरेको हो। प्राधिकरणको सञ्चालक समितिले गत चैत २९ गते दुवै कम्पनीलाई एकिकृत अनुमतिपत्र दिने निर्णय गरेपछि त्यस विरुद्ध अदालतमा रिट दायर भएको थियो। रिटमा यसअघि एकिकृत लाइसेन्स रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी भएको थियो। चर्को बहस र विवादमा फसेको यो निर्णय विरुद्ध परेका सबै रिट खारेज भएपछि प्राधिकरणलाई यस्तै खाले अन्य निर्णय गर्न पनि अब बाटो खुलेको छ। कायम मुकायम प्रधानन्यायाधिस दामोदरप्रसाद शर्मा र सर्वोच्चका न्यायाधिस तर्कराज भट्टको संयुक्त इजलासले एकिकृत अनुमतिपत्रसँग जोडिएका सबै रिट खारेज गरेको हो। सर्वोच्चले मंगलबार प्राधिकरणको एकिकृत अनुमतिपत्र सम्बन्धि निर्णय, फ्रिक्वेन्सी नीति कार्यान्वयन सम्बन्धि सूचना, आधारभुत टेलिफोन खुल्ला गरिएको सूचना, बाधा अड्काउ फुकाउ सम्बन्धि सरकारको निर्णय र अनुमति पाउने

कति गाडी बिके सवारी मेलामा?

सवारी साधनको बिक्री बढाउने उद्देश्यले राजधानीको भृकुटीमण्डमा चारदिन चलेको सवारी मेलामा दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। मेला अवधिमा दुई हजारभन्दा बढी सवारी साधन र प्रसस्त सवारी सम्बन्धि सामग्रीको बिक्री र बुकिङ भएको हो। ‘मेलामा ५ सय जति कार र १५ सय जति मोटरसाइकल बुकिङ भएको छ,’ मेला संयोजक शम्भु दाहालले भने, ‘सबै बुकिङ र कारोबार अनुमान गर्दा २ अर्बभन्दा बढी हुन्छ।’ मेलामा सबैभन्दा कम मूल्यदेखि अधिकतम मूल्यसम्मका सवारी साधनको बुकिङ भएको उनले जानकारी दिए। निम्न मध्यम र मध्यम वर्गको सवारी साधनकोरुपमा चिनिएको मोटरसाइकल मेलाको अवसरमा धेरै बुकिङ भएका छन्। मेलामा कम्पनीहरुले छुट, उपहार र किस्ताबन्दी सुविधा दिएकाले धेरै सवारी साधनको कारोबार भएको हो।

मोटरमा मध्यम वर्ग

सूचना प्रविधि सम्बन्धि काम गर्ने नेपाल सर्टिफाइङ कम्पनी चलाउने नारायण न्यौपानको सपना थियो–पहिले काठमाडौंमा घडेरी जोड्ने, घर बनाउने अनि कार चढ्ने। यो सपना पुरा गर्न उनले आम्दानी बढाउनु पर्ने भयो। आम्दानीका लागि थप खटेर मेहनत गर्नु जरुरी थियो। आम्दानी बढाउन काठमाडौंको सार्वजनिक यातायात उनलाई तगारो बन्यो। ‘भाडाका गाडी चढेर भनेको समयमा कतै पुग्न सकिएन,’ न्यौपाने भन्छन्, ‘समयमा पुग्नका लागि बाइक किने।’ बाइक किनेर आफ्नो सानो पुँजीको व्यवसायलाई बढाउन थालेका न्यौपानेलाई केही वर्षपछि बाइकको सवारीले पनि तगारो बन्यो। ‘ग्राहकले भनेका बेला उनीहरुले चाहेकै स्थानमा सेवा दिनुपर्ने भयो,’ न्यौपानेले अनुभव सुनाए, ‘यसका लागि कहिले काही तीन–चार जना सँगै जानुपर्ने, कहिले सामान लानु पर्ने भयो।’ अब बाइकले काम चल्न नसक्ने भयो। जब बाइकका कारण हातमा आएको काम फुत्कन थाल्यो, न्यौपानेले आफ्नो पुरानो सपना परिवर्तन गर्न बाध्य भए।

सरकार आफैले गर्छ कालोबजारी

व्यापारीहरुले उपभोक्ता ठगी गरेमा कारबाही गर्नुपर्ने सरकार आफैले ऐनले तोकेकोभन्दा बढी नाफा लिएर कालोबाजारी गरेको छ। उपभोक्ता कानुन कार्यान्वयन गर्ने वाणिज्य विभागको तालुक मन्त्रालयका सचिव अध्यक्ष रहेको सरकारी स्वामित्वको नेपाल आयल निगमले ऐन विपरित कालोबजारी गरेको हो। निगमले कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ विपरित २० प्रतिशतभन्दा बढी नाफा लिइरहेको छ। मंगलबार साँझ निगम संचालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव जनार्दन नेपालको अध्यक्षतामा बसेको बैठकले ऐन विपरित हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको छ। बैठकले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा भाउ बढाउने निर्णय गरेको थियो। बढाइएको मूल्यको अनुपात हेर्दा हवाई इन्धनको मूल्य भने ऐनले दिएको २० प्रतिशतको सिमाभन्दा बढी रहेको छ।

स्मार्ट एन्ड इको फ्रेन्ड्ली ‘इटुओ’

काठमाडौंमा छाडेको कारलाई पोखरा पुगेर लक वा अनलक गर्न सकिन्छ? तपाईको उत्तर होला, सकिदैन। तर महिन्द्रा रेभाले एक महिनाअघि नेपाल भित्र्याएको विद्युतिय कार ‘रेभा इटुओ’मा भने यो सम्भव छ। हो, महिन्द्रा रेभाको इटुओ कार किन्नुभयो भने तपाइले कारलाई काठमाडौंमा छाडेर पोखरा पुगी अनलक गर्न सक्नुहुन्छ। यत्ति मात्र होइन, पोखराबटै कारको ब्याट्री कती बाकी छ भनेर जाच गर्न पनि सक्नुहन्छ। तर, यसका लागि तपाइसँग रेभा इटुओ कार मात्र भएर हुदैन, स्मार्टफोन र त्यसमा महिन्द्रा रेभा इटुओको एप्स भएको हुनुपर्छ। यो एप्ससँग सिंङ्क गरिएको अर्को सिमकार्ड कारको भित्रपट्टी रहेको स्क्रिनमा जडान गरिएको हुन पनि उत्तिकै जरुरी हुन्छ। महिन्द्रा रेभाको नेपाली बिक्रेता अग्नी इन्कर्पोरेटेड प्रालिले एक महिनाअघिदेखि बिक्री सुरु गरेको इटुओमा यस्तै ‘हाइटेक’ विशेषता छन्। पेट्रोल वा डिजेलको सट्टामा ब्याट्रीबाट चल्ने भएकाले अरुभन्दा भर इटुओलाई हाइटेक विशेषताले थप भिन्न र अकर्षक बनाइदिएको छ।

वाणिज्य विभागलाई 'बाल' दिन्नन् व्यापारी

उपभोक्ता ठगी गर्ने राजधानीका व्यापारीहरुले वाणिज्य विभागले दिएको निर्देशनलाई समेत अटेर गर्ने गरेका छन्। उपभोक्ता ठगी गरेको भेटिएपछि पहिलो पटकका लागि विभागले सुधार गर्न दिएको निर्देशन व्यापारीले अटेर गर्ने गरेको भेटिएको हो। सुधारका लागि निर्देशन दिएका पसललाई दोहोर्‍याएर अनुगमन गर्दा निर्देशन अटेर गरेको पाइएको छ। आइतबार विभागले दोहोर्‍याएर अनुगमन गरेका सातवटा पसलमध्ये कुनैले पनि पहिले दिएको निर्देशन पालन नगरेको पाइएको छ। त्यसमध्ये बढी ठगी गर्ने पाँच पसल भने विभागले बन्द गराइदिएको छ। ‘हामीले पहिले अनुगमन गरेर दिएको निर्देशन पालन नगर्ने पसललाई बन्द गरेका हौ,’ विभागका निर्देशक हरिनारायण वेल्बासेले भने, ‘उनीहरुलाई कानुन अनुसार कारबाही अघि बढाउछौ।’ विभागले पहिले दिएको निर्देशन पालन नगर्ने थापाथलीस्थित सिरिज किराना स्टोर, बबरमहलस्थित एडमन्ड बेकरी सेन्टर, शुभ पाथिभरा स्टोर्स, मनकामना स्टोर र आचार्य जनरल स्टोर्सको बारोबार बन्द गराएको हो। विभागले यी पसललाई निर्देशन पालन गरेर विभागको अनुगमनपछि मात्र सञ्चालन गर्न भनिएको छ।

बर्ड फ्लुले बढारिदै अर्थतन्त्र

अघिल्लो वर्षको भदौमा भोजका लागि दैनिक जसो बुकिङ हुने नक्सालस्थित स्टार भेन्यु यसपाली भने सुनसान छ। भदौ लागेपछि मुस्किलले दुई–चार दिन साना खाले भोजको बन्दबस्तीमा व्यस्त भएका सञ्चालक दीपक चापागाई अहिले फुर्सदमा छन्। ‘पर्सिका लागि एउटा सानो पार्टीको अर्डर आएको छ,’ शुक्रबार दिउँसो उनले भने, ‘त्यससमा पनि खासै मासुको मेन्यु छैन।’ गत वर्ष यसबेला उनको पार्टी प्यालेस तीजको दर कार्यक्रमदेखि विभिन्न खाले भोजभतेरका लागि व्यस्त थियो। ती पार्टीहरुमा चिकेन ‘आइटम’को मेन्यु छुटेका थिएनन्। ‘यसपाली पार्टी नै भएका छैनन्, भएकामा पनि चिकेन आइटमको मेन्यु हुदैहुदैन,’ उनले भने, ‘बर्ड फलुको हल्ला भएपछि पार्टी प्यालेसमा कार्यक्रम हुनै छाडे, भएकाले पनि चिकेन राख्दैनन्।’ राजधानीभित्रै बर्ड फ्लु देखिएपछि स्टार भेन्यु मात्र होइन यहाका सबैजसो पार्टी प्यालेसमा हुने भोजभतेरमा चिकेन आइटम विरलै देखिन थालेको छ। ‘चिकेन कै कारण पार्टी प्यालेसको व्यापार आधा कम भएको छ,’ चापागाई भन्छन्, ‘चिकेन प्रयोग नहुने भएपछि तरकारी, माछाजस्ता कुराको भाउ ह्वात्तै बढेको छ।’ ......

आकर्षक इटियोस

घुमघाम संस्कृतीमा नेपाली पनि अभ्यस्त हुन थालेका छन्। साप्ताहिक होस् वा अरु कुनै सार्वजनिक विदा अहिले धेरै सहरीयाको रोजाई हुन्छ—घुमघाम। समय छ भने केही टाढा नभए, उपत्यका सेरेफोरोका रमणीय ठाँउमा भएपनि मन बहलाउन जानेहरु बढ्दैछन्। घुम्न एक्लै जाने कुरो भएन। साथीभाई वा परिवारसँग विहानै उपत्यका सेरोफेरोका पहाडतिर लाग्नु, ड्राई पिकनिक खानु अनि साँझतिर बासस्थान फर्कनु। धेरै उपत्यकाबासीको विदा मनाउने शैली यस्तै बन्दैछ। परिवार वा चार—पाँचजना साथीभाई मिलेर यसरी विदा मनाउन जानेको चाहना हुन्छ—एउटा उपयुक्त कार। जुन कारमा होस्, सामान राख्ने पर्याप्त स्थान, चिसो रहने गरी पेय राख्ने ठाँउ र बाटोभर रमाउदै सुन्न मिल्ने म्युजिक सिस्टम। हो यस्तै विशेषतायुक्त छ, विश्वचर्चित ब्रान्ड टोयोटाले नेपालमा भर्खरै बिक्री सुरु गरेको कार ‘इटियोस’।