Skip to main content

वाणिज्य विभागलाई 'बाल' दिन्नन् व्यापारी

उपभोक्ता ठगी गर्ने राजधानीका व्यापारीहरुले वाणिज्य विभागले दिएको निर्देशनलाई समेत अटेर गर्ने गरेका छन्।
उपभोक्ता ठगी गरेको भेटिएपछि पहिलो पटकका लागि विभागले सुधार गर्न दिएको निर्देशन व्यापारीले अटेर गर्ने गरेको भेटिएको हो। सुधारका लागि निर्देशन दिएका पसललाई दोहोर्‍याएर अनुगमन गर्दा निर्देशन अटेर गरेको पाइएको छ।
आइतबार विभागले दोहोर्‍याएर अनुगमन गरेका सातवटा पसलमध्ये कुनैले पनि पहिले दिएको निर्देशन पालन नगरेको पाइएको छ। त्यसमध्ये बढी ठगी गर्ने पाँच पसल भने विभागले बन्द गराइदिएको छ। ‘हामीले पहिले अनुगमन गरेर दिएको निर्देशन पालन नगर्ने पसललाई बन्द गरेका हौ,’ विभागका निर्देशक हरिनारायण वेल्बासेले भने, ‘उनीहरुलाई कानुन अनुसार कारबाही अघि बढाउछौ।’
विभागले पहिले दिएको निर्देशन पालन नगर्ने थापाथलीस्थित सिरिज किराना स्टोर, बबरमहलस्थित एडमन्ड बेकरी सेन्टर, शुभ पाथिभरा स्टोर्स, मनकामना स्टोर र आचार्य जनरल स्टोर्सको बारोबार बन्द गराएको हो। विभागले यी पसललाई निर्देशन पालन गरेर विभागको अनुगमनपछि मात्र सञ्चालन गर्न भनिएको छ।

‘हामीले विभिन्न समयमा गरेको अनुगमनका क्रममा ग्राहक ठगी गरेको र तोकिएका व्यवस्थाहरु नगरेको भेटिएपछि सुधार गर्न निर्देशन दिएका थियौं,’ उनले भने। पाँचवटै पसललाई विभागले गत साउन ८ गते सुधारको निर्देशन दिएको थियो। विभागले पहिलो पटक अनुमगनमा गल्ती गरिएको भेटिएका पसलेलाई सुधारका लागि निर्देशन दिने गरेको छ। यसरी दिएको निर्देशन पालन गरेको जानकारी पसलहरुले विभागलाई तोकिएको समयभित्र दिनुपर्ने हुन्छ। यी पसलेले भने तोकिएको समयभित्र विभागलाई सुधारको जानकारी समेत गराएका थिएनन्।
पुरानो निर्देशनलाई वेवास्ता गर्ने लुम्बिनी कफी सप र प्रजापती स्टोरलाई भने तीनदिनभित्र सुधार गर्न निर्देशन दिइएको छ। यी पसलेहरुले साइनबोर्ड नराखेको हुनाले बन्द नगरिएको हो। दुवै पसलेले साइनबोर्ड राखेर विभागलाई जानकारी गराउनु पर्नेछ।
आइतबार विभागले अनुगमनका क्रममा उपत्यका र काभ्रेका विभिन्न स्थानमा अनुगमन गर्दा उपभोग्य मिति सकिएका पेय र खाद्य वस्तु भेटेको छ। यस्ता वस्तु नष्ट गरिएको विभागले जनाएको छ। यसैबिच बबरमहलस्थित लुम्बिनी ग्यासमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका ग्यास सिलिन्डर बजारमा पठाउन लगेको भेटिएको छ।
अनुगमन टोलीले लुम्बिनी ब्राण्डका ७० थान सिलिन्डरको निरीक्षण गर्दा ८ थान सिलिन्डर म्याद नाघेको पाइएको हो। अरु सिलिन्डरको भौतिक अवस्था पनि अत्यन्त जीर्ण देखिएको छ। सिलिन्डरको प्राविधिक परीक्षण तथा आवश्यक कारबाहीको लागि नेपाल गुणस्तर तथा नापतौल विभाग पठाइएको विभागले जनाएको छ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...