Skip to main content

Posts

Showing posts from August, 2010

गुणस्तरहीन तेल उत्पादकलाई थुनामा राख्न आदेश

विष्णु पोखरेल काठमाडौं, भदौ ४ गुणस्तरहीन खाने तेल उत्पादन गर्ने दुई उद्योगका संचालकलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। मापदण्ड विपरित तेल उत्पादन र बिक्री वितरण गर्ने रुपन्देहीको सिद्धार्थ आयल इन्डस्ट्री र विराटनगरको वागमती आयल इन्डस्ट्री विरुद्धको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो। दुवै उद्योग विरुद्ध वाणिज्य विभागले उपभोक्ता संरक्षण नियमावली अनुसार कारवाहीको माग गर्दै मुद्दा दायर गरेको थियो। उपभोक्ता संरक्षण ऐन र नियमावली बनेपछि गुणस्तरहीन उत्पादकलाई पहिलो पटक जिल्ला अदालतले यस्तो आदेश दिएको हो। अदालतको आदेश पछि वागमती आयलका तर्फबाट उपस्थित भएका प्रतिनिधी भागवत तिमल्सिनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने सिद्धार्थका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ। विभागले सरकारी वकिलको राय लिएर एक महिना अघि जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। करिब एक बर्ष अघि निरीक्षण अधिकृत नियुक्त गरेको विभागले दायर गरेको यो नै पहिलो मुद्दा हो। एक बर्ष अघि खाद्य तथा गुण नियन्त्रण विभागले परिक्षण गर्दा सिद्धार्थले उत्पादन गर्ने 'तेज' ब्राण्डको तोरी तेल

छ सिमेन्ट उद्योगको उत्पादन र बिक्री रोक्का

विष्णु पोखरेल काठमाडौं, भदौ ५ गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै वाणिज्य विभागले ६ स्वदेशी सिमेन्ट उद्योगको उत्पादन र बिक्री रोक्का गरेको छ। बजार अनुगमनका क्रममा महालक्ष्मी सुपर क्वालिटी, रिलायन्स सुपर शक्ति, अग्नी, त्रिशक्ति, जगदम्बा अल्ट्रा प्रिमियम र निर्माण ब्रान्डका सिमेन्ट गुणस्तरहिन भेटिएपछि उक्त निर्णय गरिएको हो। ‘गुणस्तर मापदण्ड पुरा नगर्ने ती उद्योगका सञ्चालकलाई उत्पादन र बिक्री बन्द गरी सात दिनभित्र उपस्थित हुन पत्र काटेका छौं,' विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले भने। विभागले गएको असार १ गते राजधानीको बल्खु क्षेत्रका ५ हार्डवेयर पसलबाट नमूना संकलन गरी गुणस्तर तथा नापतौल विभागमा परीक्षण गरेको थियो। वाणिज्य विभागको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर विभाग र उपभोक्ता संगठनका सदस्य सामेल थिए। गुणस्तर प्रतिवेदन आउनासाथ विभागले नमूना संकलित हार्डवेयर पसललाई पनि पत्र पठाएर बाँकी रहेको सिमेन्ट नबेच्न निर्देशन दिएको छ। नमूना परीक्षण गर्दा छवटै उद्योगले सिमेन्टमा तोकिएको मापदण्डअनुरुप आवश्यक वस्तु मिश्रण नगरेको फेला परेको थियो। समिश्रण नमिले

मूल्य निर्धारणमा चर्को कार्टेलिङ

विष्णु पोखरेल काठमाडौं, साउन २७ प्रतिस्पर्धी बजारको मान्यता र कानुन विपरित व्यापारीक संगठनहरुले सामानको उपभोक्ता मूल्य तोक्ने गरेका छन्। व्यावसायीहरुका संगठनले तोकेको भाउमा हुने कारोबारले उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। फलफूल, जुस, मासु, दुध जस्ता उपभोग्य वस्तु बिक्रेता एवं यातायात, सैलुन, रेष्टुरेन्टलगायत सेवा प्रदायकका छाता संगठनले सामानको भाउ तोकेका हुन्। तोकिएको भाउ अनिवार्य रुपमा लागू गर्न आवद्ध व्यवसायीलाई उनीहरुले उर्दी समेत जारी गरेका छन्। मुलुकले अपनाएको प्रतिस्पर्धात्मक बजार प्रणालीमा व्यापारीका संगठनले मूल्य तोक्न मिल्दैन। सरकारले ल्याएको प्रतिपर्ष्धा तथा बजार संरक्षण ऐन एवं नियमावलीले पनि यस्ता कार्यलाई दण्डनीय मानेको छ। 'कानुन हुँदा हँुदै पनि व्यापारीहरुले संगठनका नाममा सिन्डिकेट र कार्टेलिङ जारी राखेका छन्,' उपभोक्त हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिम्खडाले भने, 'सरकारले कारवाही गरेको छैन।' उपभोग्य वस्तुको मूल्य बढ्नुको मुख्य कारण व्यापारीक संगठनका नाममा हुने मूल्य मिलेमतो(कार्टेलिङ) भएको उनले बताए। 'खुल्ला बजार भनिए पनि व्यापारीका संगठनबाट बजा