Skip to main content

Posts

Showing posts from September, 2010

बिपीले गाडी ठेलेका थिए

हाई भोल्टेजमा तताएपछि फलाम त पग्लेर तरल बन्छ भने मान्छेको मन नपग्लने कुरै भएन । सुरुमा अन्तर्वार्ताका लागि तयार नभएका यी पात्रले कुराकानी सुरु गरेपछि चालै नपाई पल्टाउन थाले स्मृतिका पानाहरू । जसले ढुंगो बनाउन खोजेको मन नपगाली राख्न सकेनन् र भावनाको सागरमा डुबुल्की मारेर आँखाभरि आँसु मात्र बनाएनन्, आँसु छचल्काए परेलीका डिलबाट । सायद भक्कानिएर यसरी आँसु झार्नुपर्छ भनेर पो उनले अस्वीकार गर्न खोजेका थिए कि स्मृतिका पाना पल्टाउन ? जीवनका ७५ औँ वसन्त पार गरेका नेत्रबहादुर पन्त, जो नेपाली राजनीति र साहित्यक्षेत्रका चर्चित व्यक्तिव्य विश्वेश्वरप्रसाद कोइरालाका ड्राइभर थिए । स्मृतिका पाना पल्टाउने क्रममा उनले सम्झिए एउटा मृत्यु र रुझाए परेली । अनि सम्झिए एउटा अपहेलना र भिजाए आफ्नो मुजा परेको अनुहारलाई समेत । इतिहासको कालखण्डमा यिनले एउटा नायकलाई गन्तव्यसम्म पुर्‍याए, लक्ष्य पूरा भएपछि पुनः घर फर्काएर ल्याए, फेरि अर्को दिन गन्तव्यसम्म पुर्‍याउने काममा तल्लीन भए । यसरी उनले कति दिन कटाए गन्ती गरेर साध्यै छैन । आफ्नो जीवनको गाडीलाई हाँक्न यिनले एउटा नायकको गाडी हाँके र त्यसपछि पनि हाँकिरहे छोटे न