Tweet सरकारी टोलीले अनुगमन बढाएपनि सुनचाँदी व्यवसायीले शुद्धतामा उपभोक्ता ठगीलाई निरन्तरता दिइरहेको पाइएको छ। अनुगमन हुन थालेपछि उपत्यका भित्रका पसलेले ठगी कम गरेपनि उपत्यका बाहिर भने कम नभएको देखिएको हो। उपत्यका बाहिर बहुमूल्य धातुको शुद्धता कम गर्ने र स्वास्थ्यमा हानी पुग्ने रसायन समेत मिसाउने गरेको तथ्य बाहिर आएको छ। गत मंसिर अन्तिम साता सरकारी टोलीले पूर्वी नेपालका पाचवटा बजारमा गरेको अनुगमनले सुनचाँदीमा उपभोक्ता ठगी नरोकिएको देखाएको हो। पूर्वी क्षेत्रका व्यापारिक केन्द्रहरु विराटनगर , इटहरी , धरान , धनकुटा र भोजपुर बजारमा गरिएको अनुगमनले त्यस क्षेत्रमा पसलेले बहुमूल्य धातुमा उपभोक्तालाई ठगी गरिरहेको देखाएको छ। सरकारी टोलीले संकलन गरेका सुनचाँदीका नमुना राजधानीको बालाजुस्थित नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालामा परीक्षण गर्दा सबैजसो पसलेले ठगी गरेको भेटिएको हो। पााचवटा बजारका २१ पसलबाट संकलन गरिएका सुनचाँदीका गहनाको नमुना परीक्षण गर्दा १९ वटाका
This is a personal blog