Skip to main content

पूर्वी क्षेत्रका सुन पसले पनि ठग

सरकारी टोलीले अनुगमन बढाएपनि सुनचाँदी व्यवसायीले शुद्धतामा उपभोक्ता ठगीलाई निरन्तरता दिइरहेको पाइएको छ।
अनुगमन हुन थालेपछि उपत्यका भित्रका पसलेले ठगी कम गरेपनि उपत्यका बाहिर भने कम नभएको देखिएको हो। उपत्यका बाहिर बहुमूल्य धातुको शुद्धता कम गर्ने स्वास्थ्यमा हानी पुग्ने रसायन समेत मिसाउने गरेको तथ्य बाहिर आएको छ।
गत मंसिर अन्तिम साता सरकारी टोलीले पूर्वी नेपालका पाचवटा बजारमा गरेको अनुगमनले सुनचाँदीमा उपभोक्ता ठगी नरोकिएको देखाएको हो। पूर्वी क्षेत्रका व्यापारिक केन्द्रहरु विराटनगर, इटहरी, धरान, धनकुटा भोजपुर बजारमा गरिएको अनुगमनले त्यस क्षेत्रमा पसलेले बहुमूल्य धातुमा उपभोक्तालाई ठगी गरिरहेको देखाएको छ।
सरकारी टोलीले संकलन गरेका सुनचाँदीका नमुना राजधानीको बालाजुस्थित नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालामा परीक्षण गर्दा सबैजसो पसलेले ठगी गरेको भेटिएको हो। पााचवटा बजारका २१ पसलबाट संकलन गरिएका सुनचाँदीका गहनाको नमुना परीक्षण गर्दा १९ वटाका नमुना व्यवसायीले घोषणा गरेकोभन्दा कम गुणस्तरीय पाइएको छ।
शुद्धता कम गर्ने पसलेमध्ये केहीले २४ क्यारेट(९९.५० प्रतिशत) घोषणा गरेर बिक्री गर्ने गहनामा सुनको मात्रा ९० प्रतिशतभन्दा कम पनि पाइएको छ।अझै धेरै पसलेले अटेर गरेरै छुट पाइन्छ भन्ने सोच राख्दा गुणस्तर सुधार गरेको देखिदैन’, विभागका उपमहानिर्देक विश्वबाबु पुडासैनीले भने, ‘उपत्यकामा केही सुधार देखिएपनि बाहिर समस्या उस्तै
गुणस्तरले शुद्धता कम गरेर ग्राहक ठगी गर्ने पसलेलाई कारबाही गर्न वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई परीक्षण प्रतिवेदन पठाउने पुडासैनीले जानकारी दिए।हामीले प्रतिवेदन पठाएपछि वाणिज्यले कारबाही अघि बढाउनेछ’, उनले भने।
पूर्वका पाच क्षेत्रबाट संकलन गरिएका चाँदीका गहनाको परीक्षणबाट स्वास्थ्यलाई हानी गर्ने क्याडमियम मिसावट भएको देखिएको छ। चाँदीका गहनाको परीक्षणका क्रममा तीनवटा पसलेले यस्तो रसायन मिसाएको पाइएको हो। परीक्षणका क्रममा एउटा पसलेले झण्डै साढे १४ प्रतिशतसम्म क्याडमियम मिसाएको पाइएको छ।स्वास्थ्यका लागि हानिकारक मानिएको यस्तो रसायन मिसाउनु गम्भिर अपराध हो’, पुडासैनीले भने, ‘यसलाई नियन्त्रण गर्न आवश्यक  

यसअघि गत असोज कात्तिक महिनामा चितवनको नारायणगढ कास्कीको पोखराका सुनचाँदी पसलबाट संकलन गरिएको नमुना परीक्षण गर्दा पनि शुद्धतामा उपभोक्ता ठगी भइरहेको तथ्य बाहिर आएको थियो। त्यसबेला नारायणगढका वटा पसलबाट संकलित नमुनामा सबैको शुद्धता पसलेले घोषणा गरेकोभन्दा कम थियो। यसैगरी पोखराका आठवटा पसलबाट संकलित नमुनामध्ये सातवटाको नमुनामा घोषितभन्दा कम मात्रामा सुन भेटिएको थियो।
सुनको शुद्धतामा ठगी भएको गुनासो आउन थालेपछि गएको वैशाख जेठमा सरकारले गहना पसलहरुको अनुमगन सुरु गरेको थियो। वैशाख जेठमा उपत्यकाभित्र गरिएको अनुमगन नमुना परीक्षणबाट नाम चलेकै गहना पसलेले शुद्धतामा ठगी गरेको भेटिएको थियो। त्यसबेला उपभोक्ता ठगी गरेको पुष्टी भएका आठवटा पसलेलाई वाणिज्य विभागले जिल्ला अदालतमा मुद्दा दर्ता गराईसकेको छ।
पोखरा नारायणगढका पसलेलाई भने मुद्दा चलाउन सम्बन्धित जिल्लका निरिक्षण अधिकृतलाई पत्राचार गरिसकेको वाणिज्य विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन अनुसार कमसल गुणस्तरको सामानलाई गुणस्तरीय भनी बिक्री गर्न पाइदैन। यही व्यवस्थाका आधारमा विभागले उपत्यकाका पसलेलाई मुद्दा चलाएको हो।
व्यवसायीले भने सरकारले गरेको अनुगमन कारवाहीको विरोध गर्दै आएका छन्। वैशाख जेठ महिनामा भएको अनुगमनको विरोध गर्दै व्यवसायीहरुले पसल नै बन्द गरेका थिए। मुलुकभर पसल बन्द गरेर आन्दोलनमा व्यापारी उत्रेपछि सरकारले संयुक्त कार्यदल बनाई सुनचाँदीको अनुमगन सम्बन्धि निर्देशिका बनाउने निर्णय गरेको थियो। निर्णय अनुसार निर्देशिकाको मस्यौदा तयार भएपनि त्यसले अन्तिमरुप लिन सकेको छैन। व्यापारीहरुले शुद्धताको मात्र, जर्ती नाफाका विषयमा सहमती नजनाएकाले निर्देशिकाले अन्तिमरुप लिन नसकेको हो। 
सुनचादी परीक्षण नतिजा 

 पसल
नमुना
घोषित शुद्धता
परीक्षण नतिजा(प्रतिशतमा)
लक्ष्मी ज्वेलर्स, धरान
सुनको सिक्री
२४ क्यारेट
९७.
वैष्णोदेवी ज्वेलर्स, धनकुटा
सुनको जुली रिङ
२४ क्यारेट
९८.
न्यू बेन्जु एन्ड सेसन ज्वेलरी, धनकुटा
चाादीको पाउजु
१०० प्रतिशत
९९.
शुभलक्ष्मी स्टोर, इटहरी


९३.३९
गणेश स्टोर, भोजपुर
सुनको पेन्डेन्ट
२४ क्यारेट
९७.३८
न्यू सुभलाभ स्टोर, इटहरी
सुनको तिलहरी
२४ क्यारेट
९६.
चाादनी गहना सोरुम, इटहरी
सुनको तिलहरी
२४ क्यारेट
९८.३४
दीपशिखा ज्वेलर्स, भोजपुर
सुनको सिक्री
२४ क्यारेट
९४.१२
न्यू रियाल गोल्ड प्यालेस, इटहरी
सुनको औंठी
२४ क्यारेट
९९.१८
जयमा सन्तोषी भण्डार, इटहरी
चाादीको कल्ली
१०० प्रतिशत
९५.१६
कान्तिपुर ज्वेलरी एन्ड इन्भेष्टमेन्ट प्रालि, धनकुटा
सुनको झुम्का
२४ क्यारेट
९५.९९
शौभाग्य लक्ष्मी ज्वेलर्स, धनकुटा
सुनको टन
२४ क्यारेट
८९.६५
गोल्ड सिल्भर मार्ट, विराटनगर
सुनको टप
२४ क्यारेट
९९.
महालक्ष्मी ज्वेलर्स, विराटनगर
चाादीको ब्रासलेट
१०० प्रतिशत
९१.३२
ओमलक्ष्मी ज्वेलर्स, विराटनगर
सुनको टप
२२ क्यारेट
९९.४२
बालाजी ज्वेलरी, विराटनगर
चाादीको चुरा
९९ प्रतिशत
९०.१६
विजय हाउस, विराटनगर
सुनको औंठी
२४ क्यारेट
९२.३६(.५४ क्याडमियम)
गौरी गणेश भण्डार, धरान
चाादीको पञ्चपात्रो
८८ प्रतिशत
९९.३५
पीके ज्वेलर्स, धरान
चाादीको सिक्का
१०० प्रतिशत
९९.५४
शाक्य ज्वेलरी, धरान
सुनको सिक्री
२४ क्यारेट
९६.९९
महालक्ष्मी आभुषण केन्द्र, धरान
सुनको औंठी
२४ क्यारेट
९६.९८


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु