Skip to main content

Posts

Showing posts from November, 2013

यसरी ठगीन्छौ हामी बहुमूल्य सुनमा

Tweet राजधानी बाहिरका गहना पसलेहरुले २४ क्यारेट भन्दै २२ क्यारेट सुन बिक्री गर्दै उपभोक्तालाई ठगी गरिरहेको पाइएको छ।  असोज र कात्तिक महिनामा मुलुकका विभिन्न क्षेत्रबाट संकलन गरिएको सुनका गहनाको नमुना परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको हो। सरकारी अनुगमन टोलीले चितवनको नारयणगढ र कास्कीको पोखरा क्षेत्रबाट संकलन गरेका नमुना परीक्षणले त्यहाका अधिकांश पसलेले कमसल सुनलाई २४ क्यारेट भन्दै बिक्री गरेको देखाएको छ।   गत वैशाख र जेठ महिनामा उपत्यकाभित्र संकलन गरेका नमुना परीक्षणबाट पनि यस्तै तथ्य बाहिर आएको थियो। तर, असोजमा उपत्यकाभित्रबाट संकलन गरिएका नमुना परीक्षणबाट भने यस्तो ठगी कम भएको देखाएको छ। उपत्यकाभित्र यस्तो ठगी कम भएको देखिएपनि उपत्यका बाहिर भने कमसल सुनलाई २४ क्यारेट भन्दै बिक्री गरेर उपभोक्ता ठग्ने प्रवृति व्यापक देखिएको छ। (तालिका हेर्नुस्) नमुना परीक्षणले के देखायो? (शुद्धता प्रतिशतमा) सुन पसल लिइएको नमुना             घोषित   शुद्धता पाइएको शुद्धता रुपाकोट ज्योति सुनचाँदी पसल , महेन्द्रपुल , पोखरा            लके

उपभोक्ता ठग्नेलाई तह लगाउन पाँच नयाँ नीति

Tweet उपभोक्ता अधिकार संरक्षणका लागि सरकारले नयाँ पाँचवटा नीति र निर्देशिका बनाउने भएको छ।  उपभोक्ता हित रक्षाका लागि सरकारले तीनवटा नीति र एक–एक वटा कार्याविधि एवं मापदण्ड बनाउन लागेको हो। उपभोक्ता सम्बन्धि कानुनलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार निर्माण र परिमार्जन गर्ने एवं समयानुकुल बनाउने उद्देश्यका साथ नयाँ नीति र निर्देशिका ल्याउन लागिएको हो। नयाँ नीति र निर्देशिका ल्याउनका लागि उपभोक्ता कानुन कार्यान्वयन गर्ने प्रमुख निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मस्यौदा तयार गरिसकेको छ। ‘हामीले पाँचवटा नयाँ नीति–निर्देशिकाको मस्यौदा तयार पारेर मन्त्रालय पठाइसकेका छौ’, विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भने, ‘मन्त्रालयले छलफल गरेर अघि बढाउने छ।’  विभागले बजारमा हुने अस्वभाविक मूल्यवृद्धि रोक्नलाई मूल्य नियमन नीतिको मस्यौदा तयार पारेर मन्त्रालयमा पठाइसकेको छ। यो नीतिमा आएपछि अस्वभाविकरुपमा बढ्ने मूल्य नियन्त्रण गर्न सहज हुने बिडारीले बताए। ‘नीति बनेपछि मूल्यवृद्धि नियन्त्रण र नियमनका लागि सजिलो हुनेछ,’ उनले भने।  यसैगरी विभागले उपभोक्ता नीति, आन्तरिक व्यापार

नुनको जस्तै हल्ला आउला, नपत्याउनुस् है!(तालिका सहित)

Tweet भारतको विहारबाट नेपालको विराटनगर हुदै शुक्रबार मुलुकभर नुन अभाव भएको हल्ला फैलियो। हल्लाले आतंककोरुप लिदा उपभोक्ता वर्षभरलाई पुग्ने नुन किन्न तम्सिए भने कतिपय व्यापारी बढी मूल्य लिएर लुट मच्चउन पछि परेनन्।  उपभोग्य वस्तु अभावको हल्ला फैलाएर कालोबजारी गर्नेहरु नेपालमा प्रसस्तै छन्। जसलाई भाउ बढाउन एउटा हल्लाको आवश्यकता पर्छ। कहिले तिनले आफै हल्ला उत्पादन गर्छन्, त कहिले नुन अभावको जस्तो आयातित हल्लाको सहारा लिन्छन्। आज नुन अभावको हल्ला फैलियो, सुन अभाव हल्लाको सहारा लिएर तस्करी गर्नेहरु पहिले देखि नै सक्रिय छदैंछन्। भोली नुन अभावको हल्ला जस्तै चामल, दाल, चिनी, तरकारीलगायतका वस्तुको अभाव देखाउदै कालोबजारी गर्नेहरु सक्रिय हुनसक्छन्। यस्तै हल्लाको पछि लागेर उपभोक्ता पनि महँगो मूल्य तिरेर वर्षभरलाई पुग्ने सामान एकैदिन किन्न बेर लगाउदैनन्। अभावको हल्लाले मुलुकका अन्य क्षेत्रका उपभोक्तालाई भन्दा उपत्यका र सहरी क्षेत्रकालाई बढी पिरोल्छ। स्वभाविक हो, सहरमा आपूर्ति रोकियो भने उपभोक्त भोकै बस्नुपर्ने अवस्था आउँछ। उपभोग्य वस्तुको अभावको संकट भोग्दै आएका उपत्यकाबासीलाई चुनावको मु

यसरी फैलियो ‘नुन सकिएको’ हल्ला

Tweet बिहानको चिसो हावासँगै शुक्रबार उपत्यकामा विहारतिरबाट आएको एउटा हल्लाले झ्याली पिट्यो। जुन हल्लाले धेरैको मनलाई चिसो बनायो। हल्ला सुन्नेहरु तुरुन्तै नजिकका पसलमा पुगे र नुनका पोका उठाउन थाले। बजारमा नुन सकिएको हल्ला आएपछी चुनावका मुखमा अलिनो तिहुनले छाक टार्नु पर्ला भनेर उपत्यकाबासी आतंकित बने।  ‘नराम्रो खबर फैलन एकछिन, राम्रो फैलन धेरै दिन’ भनेजस्तै बजारमा नुन नभएको हल्ला चारै तिर फैलियो। व्यक्तिबाट परिवार, परिवारबाट छिमेक, छिमेकबाट टोल हुदै सहरभरी नुन सकिएको हल्ला फैलियो। वर्षैभरी जस्तो पेट्रोल र ग्यासको अभाव झेल्दै आएका नेपालीले केही महिना अघि पानीवालाको हड्तालले पानी अभाव समेत झेलिसकेका थिए। चुनावकै मुखमा नुन सकिएको हल्ला चलेपछि धेरैको मनमा चिसो पस्नु स्वभाविक नै थियो।  नुन सकिएको हल्ला चलेपछि उपत्यकाभित्र एक प्रकारको आतंक नै मच्चियो। घर, अफिस, सडक जताततै नुनकै चर्चा हुन थाल्यो। जो जहा छन्, त्यहिबाट नुनको जोहो गर्न लागे। पूर्वी नेपालमा त राजधानीभित्रै हल्ला चल्नु अघि नै यस्तै आतंक सुरु भइसकेको थियो।  जब भारतको विहार हुदै पूर्वी नेपाल छिरेको ‘आतंकी हल्ला’ राजधानी प

उद्योग खोज्ने अभियानमा घरेलु

Tweet नेपाल घरेल तथा साना उद्योग महासंघ(एफएनसिएसआई)ले कानुनी दायरामा नआई चलिरहेका लघु, घरेलु तथा साना उद्योगलाई खोजेर दर्ता गराउने अभियान चलाउने भएको छ। धेरै साना उद्योगहरु कुनै पनि निकायमा दर्ता नभई चलिरहेकाले त्यस्ता उद्योगलाई कानुनी दायरामा ल्याउन महासंघले यस्तो अभियान सुरु गर्न लागेको हो। यसले उद्यमी र राज्य दुवैलाई फाइदा पुग्ने भएकाले दर्ता अभियान चलाउन लागिएको महासंघका महासचिव बिष्णुबहादुर लुइटेलले बताए। ‘दर्ता नभई चलेका उद्योगबाट राज्यले कर पाइरहेको छैन, उद्यागीहरुले पनि आवश्यक सुविधा पाउन सकेका छैनन्,’ उनले भने, ‘यस्तो समस्या सुल्झाउन हामीले दर्ता अभियान चलाउन लागेका हौ।’ महासंघले कानुनी दायरामा नआएका साना उद्योगलाई दायरामा ल्याउने अभियान सुरु गर्न अहिले सातवटा जिल्लामा अध्ययन गराइरेहको छ।  महासंघले घरेलु तथा साना उद्योग विभाग, अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को सहयोगमा अध्ययन थालेको हो। उपत्यकाका तीन जिल्ला, कास्की, चितवन, मोरङ र सुनसरीमा अध्ययन सुरु गरिएको महासचिव लुइटेलले बताए। ‘अध्ययन गरिएका जिल्लाको रिपोर्ट आगामी दुई महिनाभित्र आइसक्छ,’ लुइटेलले भने, ‘त्यसपछि

‘युनिसेक्स’ यामाहा ‘रे-जी’

Tweet आकर्षक डिजाइन, उच्च इन्जिन क्षमता, उपयुक्त मूल्य र राम्रो माइलेज, यी सवारी साधन किन्न खोज्नेका साझा चाहना हुन्। दुई पाङ्ग्रे होस् वा चार पाङ्ग्रे, जस्तो सुकै सवारी जोड्न चाहनेले यस्ता विशेषता खोज्ने गर्छन्।  मध्यम वर्गीय नेपालीको साझा सवारी बनेको बाइकमा यस्ता खाले विशेषता खेज्दै सोरुम धाउने धेरै छन्। अझ युवा पुस्ताका निम्ति त डिजाइन र इन्जिन क्षमता नै आकर्षण हो। यस्तै विशेषतायुक्त दुई पाङ्ग्रे सवारी खोज्ने तन्नेरीका लागि नयाँ विकल्प आएको छ – यामाहको ‘रे–जी’ स्कुटर।  युनिक र आकर्षक ग्राफिक्स, अन्य स्कुटरभन्दा बढी इन्जिन क्षमता, बढी माइलेज र उपयुक्त मूल्यका कारण यामाहा ‘रे–जी’ले नेपाली तन्नेरीको मन जित्न थालेको छ। ‘युवा पुस्ता हाम्रो स्कुटरप्रति आकर्षित भएका छन्,’ यामाहाको बिक्रेता मोरङ अटो वक्र्सका बजार प्रबन्धक गौरव हमाल भन्छन्, ‘नेपाल भित्रिएको दुई महिनाभित्र १ हजारभन्दा बढी बिक्री हुनु यसको प्रमाण हो।’  यसको युनिक खाले ग्राफिक्सले सबैभन्दा बढी तन्नेरीलाई आकर्षण गरेको छ। गएको दुई महिनामा हजार वटा भन्दा बढी यो मोडेलका स्कुटर बिक्री भइसकेका छन्। ‘यसको उच्च इन्जिन क्षम

कहिले रोकिएला तरकारीको मनपरी भाउवृद्धि?

Tweet तरकारी बजारमा आइतबार काउलीको थोक मूल्य ५५ रुपैया किलो तोकियो। फलफूल तथा तरकारी बजार विकास समितिले यही मूल्यलाई आधिकारीक मान्दै आइतबारको बजार भाउ सार्वजनिक गर्‍यो।  उपत्यकाको मुख्य तरकारी बजारमा ५५ रुपैयामा कारोबार भइरहेको काउली आइतबारै बालाजुस्थित कृषि उपज बजारमा भने किलोको ७० रुपैयामा बिक्री भइरहकेको थियो। कालिमाटीबाट मुस्किलले ५ किलोमिटर दुरीको बालाजुस्थित समितिले नै सञ्चालन गरेको बजारमा एक किलोमै १५ रुपैया महगोमा तरकारी बिक्री गर्नुपर्ने जायज कारण छैन। ५ किलोमिटरको दुरीमा ढुवानी भाडा र अन्य खर्च एवं नाफा जोडेपनि तरकारी किलोमै १५ रुपैया महगो पर्न जादैन। तर पनि व्यापारीहरु भने अनावश्यक नाफा राखेर महागोमा तरकारी बिक्री गरिरहेका छन्।  व्यापारीहरुले मनपरीरुपमा भाउ बढाएर तरकारी बिक्री गरेको यो तथ्य मनगणन्ते हैन। उपभोग्य वस्तुको मूल्य अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य विभागले आइतबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो। तर, विभागले दुई तिरको भाउको तुलना गरेर कसैलाई कारबाही भने गरेको छैन। विभागका अधिकारीहरुले दुवै स्थानका तरकारीको भाउको विवरण संकलन गरेपनि बढी