Skip to main content

नुनको जस्तै हल्ला आउला, नपत्याउनुस् है!(तालिका सहित)

भारतको विहारबाट नेपालको विराटनगर हुदै शुक्रबार मुलुकभर नुन अभाव भएको हल्ला फैलियो। हल्लाले आतंककोरुप लिदा उपभोक्ता वर्षभरलाई पुग्ने नुन किन्न तम्सिए भने कतिपय व्यापारी बढी मूल्य लिएर लुट मच्चउन पछि परेनन्। 
उपभोग्य वस्तु अभावको हल्ला फैलाएर कालोबजारी गर्नेहरु नेपालमा प्रसस्तै छन्। जसलाई भाउ बढाउन एउटा हल्लाको आवश्यकता पर्छ। कहिले तिनले आफै हल्ला उत्पादन गर्छन्, त कहिले नुन अभावको जस्तो आयातित हल्लाको सहारा लिन्छन्।
आज नुन अभावको हल्ला फैलियो, सुन अभाव हल्लाको सहारा लिएर तस्करी गर्नेहरु पहिले देखि नै सक्रिय छदैंछन्। भोली नुन अभावको हल्ला जस्तै चामल, दाल, चिनी, तरकारीलगायतका वस्तुको अभाव देखाउदै कालोबजारी गर्नेहरु सक्रिय हुनसक्छन्। यस्तै हल्लाको पछि लागेर उपभोक्ता पनि महँगो मूल्य तिरेर वर्षभरलाई पुग्ने सामान एकैदिन किन्न बेर लगाउदैनन्।
अभावको हल्लाले मुलुकका अन्य क्षेत्रका उपभोक्तालाई भन्दा उपत्यका र सहरी क्षेत्रकालाई बढी पिरोल्छ। स्वभाविक हो, सहरमा आपूर्ति रोकियो भने उपभोक्त भोकै बस्नुपर्ने अवस्था आउँछ। उपभोग्य वस्तुको अभावको संकट भोग्दै आएका उपत्यकाबासीलाई चुनावको मुखमा पनि यस्तै संकट पर्ला भन्ने पिरलो परिरहेकै छ। 

वैंद्य नेतृत्वको माओवादी मोर्चाले घोषणा गरेको बन्दलाई कारण देखाउदै दैनिक उपभोग्य वस्तु अभाव त हुने होइन? धेरैको मनमा यस्तो प्रश्न उठिरहेकै छ। तपाई पनि यस्तै सोचेर तनावमा त हुनुहुन्न? त्यस्तो सोच्नु भएको छ भने मनबाट यस्तो डर हटाउनु भए हुन्छ। उपत्यकामा तत्कालै दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था छैन। 
सरकारले निजी र सरकारी क्षेत्रबाट संकलन गरेको उपभोग्य वस्तुको मौज्दातको स्थितीले राजधानीभित्र आपूर्ति पूर्णरुपमा बन्द हुदाँ पनि तत्कालै डराउनु नपर्ने देखाएको छ। अहिलेकै मौज्दात हेर्दा खाद्यान्नलगायतका उपभोग्य वस्तुका लागि कम्तिमा २० दिन आपूर्ति ठप्प भएपनि उपत्यकाबासीले डराउनु पर्दैन। इन्धनको आपूर्ति भने १० दिन पूर्णरुपमा ठप्प भएपनि पुग्ने छ। उपत्यकामा कुन वस्तुको मौज्दात कति समयसम्म पुग्ने छ? तलको तालिका हेर्नुहोस् :– 
वस्तु
स्टक
कति दिनका लागि पुग्छ
खाद्यान्न
७३०० टन
२१ दिन
इन्धन
१९१५५ केएल
९ दिन
दाल र गेडागुडी
१३०० टन
१७ दिन
घिउ र तेल
३०००० टन
९० दिन
चिनी
२०००० टन
६० दिन
नुन (मुलुकभरका लागि)
८४००० टन
७ महिना

स्रोत : प्रधानमन्त्री कार्यालय

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...