Skip to main content

Posts

Showing posts from October, 2013

कस्ता छन् राजनीतिक दलका आइटी योजाना?

Tweet आफ्ना दस्तावेजहरुमा सूचना प्रविधि क्षेत्रको विकास बारे खासै उल्लेख नगर्ने प्रमुख राजनीतिक दलहरुले यसपटकको चुनावी घोषणापत्रमा भने यस क्षेत्रको विकास सम्बन्धि महत्वकांक्षी योजना सार्वजनिक गरेका छन्।  प्रमुख तीन दल एकिकृत माओवादी, नेपाली काङ्ग्रेस र एमालेले आफ्ना घोषणापत्रमा सूचना प्रविधिका विषयमा विभिन्न योजना सार्वजनिक गरेका हुन्। उनीहरुले सूचना प्रविधि क्षेत्रमै केन्द्रीत रहेका योजनाहरु सार्वजनिक गरेका हुन्। माओवादीले आफ्नो घोषणापत्रमा प्रविधि विकासलाई उच्च प्राथमिकतामा राख्ने उल्लेख गरेको छ। माओवादीले सूचना प्रविधि क्षेत्रको विकासका लागि अनुशन्धान तथा विकास(आरएन्डडी)मा कुल ग्राहस्थ उत्पादनको कम्तिमा एक प्रतिशत लगानी गर्ने योजना सार्वजनिक गरेको छ। ‘पछिल्ला वैज्ञानिक आविष्कार र विकसित प्रविधिको प्रयोग विना उन्नत आधुनिक राष्ट्र निर्माण हुन सक्दैन’ माओवादीको घोषणापत्रमा भनिएको छ, ‘विज्ञान तथा प्रविधिको विकासलाई उच्च प्राथमिकता दिइने छ।’  माओवादीले अनुसन्धान, प्रविधि आयात, मानव संसाधनको विकास र पूर्वाधारको विकासमा विशेष जोड दिएको छ। विभिन्न निकाय अन्तर्गत सेवा प्रदान गर

महिला हिंसा विरुद्ध पाँच मुलुकका तन्नेरीको हातेमालो

Tweet दुई साता अघि देखि राजधानीका विभिन्न स्थानमा ‘रातो चुरा बोल्छ’ भन्ने नाराका साथ केही युवा–युवती पर्चा बाडिरहेका छन्। उनीहरु पर्चा मात्र बाड्दैनन्, कहिले र्‍याली निकाल्छन् त कहिले महिला सरोकारमा काम गर्ने सरकारी निकाय पुगेर ध्यानाकर्षण पत्र बुझाउँछन्। नेपालीमा ‘रातो चुरा बोल्न’ वा अङ्ग्रेजीमा ‘रेड ब्याङ्गेल्स स्पिक्स’ लेखिएका टिसर्टधारी यी १७ युवा–युवतीको समूह गएको असोज २४ देखि यस्तै चेतना र दबाब मूलक अभियानमा सक्रिय छ। नेपालमा यस्ता चेतनामूलक अभियानहरु धेरै चलिरहेका हुन्छन्। तर, अहिले चलिरहेको युवा–युवतीको यो अभियान भने अरुभन्दा भिन्न छ।  उद्देश्यले यो अभियानलाई अरुभन्दा फरक बनाएको भने होइन। यसको उद्देश्य पनि केही सयमअघि निक्कै चर्चा पाएको ‘अक्यूपाई बालुवाटर’ अभियानसँग मिल्दो छ। ‘अक्यूपाई बालुवाटर’ अभियानको उद्देश्य महिला हिंसा विरुद्ध थियो। ‘रातो चुरा बोल्छ’ अभियानले पनि महिला हिंसा विरुद्ध नै आवाज उठाइरहेको छ। तर, यसका सहभागी र अभियान सञ्चालनको तरिका फरक छ।

टेलिफोन कम्पनीले कति तिरे कर?

Tweet सरकारले गत वर्ष दूरसञ्चार क्षेत्रबाट मात्र करिब साढे ३५ अर्ब राजस्व पाएको छ।नेपालमा सञ्चालित छवटा मुख्य दूरसञ्चार सेवाप्रदायकबाट सरकारले गत आर्थिक वर्षमा ५३ अर्ब ३४ करोड ५४ लाख राजस्व पाएको हो। यो अघिल्लो वर्षको तुलनामा करिब साढे ११ अर्बले बढी हो।  दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०६९/७० मा सरकारले अग्रिम आयकर, मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, रोयल्टी, ग्रामिण दूरसञ्चार विकास कोष शुल्क, फ्रिक्वेन्सी शुल्क, टिडिएस, दूरसञ्चार सेवा शुल्क र स्वामित्व करबापत कम्पनीहरुले यो रकम सरकारलाई बुझाएका हुन्। आर्थिक वर्ष २०६८/६९ मा भने दूरसञ्चार सेवाप्रदायकले सरकारी राजस्वमा २३ अर्ब ८७ करोड १९ लाख मात्र योगदान गरेका थिए। ‘यस क्षेत्रबाट राजस्व योगदान वर्षेनी बढिरहेको छ,’ प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले भने, ‘सेवा विस्तार कारोबार बढेकाले राजस्व वृद्धि भएको हो।’ अघिल्लो वर्षसम्म कम्पनीहरुले बुझाउने राजस्वमा आयकरको हिस्सा सबैभन्दा बढी थियो। गत वर्ष भने कम्पनीहरुले सरकारलाई बुझाएको राजस्वमा आयकरकोभन्दा मूल्य अभिवृद्धि करको हिस्सा धेरै

सार्कमा धेरै जनताले फोन प्रयोग गर्नेमा नेपाल तेस्रो

Tweet नेपाल दक्षिण एसियाली क्षेत्र(सार्क)मा धेरै जनताको पहुँचमा टेलिफोन सेवा विस्तार हुनेमध्ये नेपाल तेस्रो स्थानमा पुगेको छ।  मोबाइल फोनको प्रयोग तीव्ररुपमा विस्तार भएपछि नेपाल यस क्षेत्रका धेरै जनताले टेलिफोन प्रयोग गर्ने मुलुकमध्ये तेस्रो स्थानमा पुगेको हो। पछिल्ला वर्षहरुमा संसारभर नै टेलिफोन प्रयोगकर्ता बढिरहेका छन्। सार्क क्षेत्रमा पनि टेलिफोन प्रयोगकर्ताको वृद्धि तिव्र छ।  मोबाइल सेवा र मोबाइल सेट सस्तिएपछि नेपालजस्ता विकासोन्मुख मुलुकहरुमा पनि टेलिफोन प्रयोगकर्ता वृद्धि उच्च छ। कम विकसित मुलुकहरु रहेको अफ्रिकी महादेशमा समेत अहिले टेलिफोन प्रयोगकर्ता बढिरहेका छन्।  जनसंख्या र वितरित टेलिफोन सेवाको अनुपातका आधारमा निकालिने टेलिघनत्वको तुलना गर्दा नेपाल तेस्रो स्थानमा देखिएको हो। टेलिघनत्वको आधारमा सार्क मुलुकमा माल्दिभ्स सबैभन्दा अगाडी देखिएको छ। सञ्चार प्राधिकरण माल्दिभ्सका अनुसार गत अगष्ट सम्ममा माल्दिभ्सको टेलिघनत्व १ सय ९६.८० प्रतिशत पुगेको छ। प्राधिकरणको तथ्याङ्क हेर्दा माल्दिभ्समा प्रति व्यक्ति दुई लाइन टेलिफोन सेवा पुगेको देखिन्छ। 

पार्टी एक भइसक्दा पनि युनियन फुटिरहन्छन्

Tweet बजेटपछि तलब वृद्धि चित्त नबुझाउदै अर्थ मन्त्रालयमा धर्नामा बसेका कर्मचारीहरु नेपाली काङ्ग्रेस पार्टी एकिकरण भएको सात वर्ष भइसक्दा पनि कृषि विकास बैंकमा काङ्ग्रेकको भातृ संगठनकारुपमा दुईवटा कर्मचारी युनियन क्रियाशिल छन्। काङ्ग्रेस फुटेका बेला गठन भएका पार्टी निकट दुई संगठन पार्टी एकिकरणपछि पनि एक भएका छैनन्। पार्टी एकिकरणपछिका महाधिवेसनमा मिल्न खोजेजस्तो गर्ने तर कहिल्यै नमिल्ने प्रवृति कृषि विकास बैंकका काङ्ग्रेस निकट युनियनमा देखिएको छ। अहिले पनि बैंकमा मूल काङ्ग्रेस निकट मानिने नेपाल वित्तिय संस्था कर्मचारी संघ र त्यसैबाट फुटेको नेपाल वित्तिय संस्था समावेशी कर्मचारी संघ अस्तित्वमा छन्। कृषि विकास बैंकको जस्तै नेपाल टेलिकमकमा पनि काङ्ग्रेस निकट दुई युनियन हालसम्म क्रियाशिल छन्। तर पछिल्लो समयमा एउटा युनियन भने मधेसी जन अधिकार फोरम(लोकतान्त्रिक) निकट देखिएको छ। टेलिकमका काङ्ग्रेसको आधिकारीक प्रतिनिधत्व दाबी गर्ने नेपाल टेलिकम वर्कस युनियन(एनटिसिडब्लुयु) क्रियाशिल छ भने पार्टी फुटेका बेला यसैबाट अलग्गिएको नेपाल टेलिकम इम्प्लोइज् युनियन समेत अहिले पनि अस्तित्वमै छ। कृषि विक

अब नयाँ पोलोको पालो

Tweet जर्मनीको फक्सवागन विश्वभरकै उपभोक्ताको रोजाइमा पर्ने सवारी ब्रान्ड हो। दक्षिण एसियाली मुलुकका ग्राहकले समेत फक्सवागनका कार किन्नुलाई गर्वका रुपमा लिन्छन्। नेपाली ग्राहक पनि यसबाट अछुतो छैनन्। फक्सवागनका कार किन्न करोडको बजेट छुट्ट्याउने उपभोक्ता नेपालभित्रै छन्। प्रयोगकर्ताले गर्वको रुपमा लिने फक्सवागनका कार किन्न गएको दुइवर्षदेखि भने उपभोक्ताले ठूलो रकम विनियोजन गर्नुपर्दैन। कम्पनीले दक्षिण एसियाली बजार लक्षित गर्दै ल्याएका ‘पोलो’ र ‘भेन्टो’ मोडलले नेपाली ग्राहकलाई समेत ३० लाखभन्दा सस्तोमा फक्सवागनका कार चढ्ने सुविधा दिइरहेको छ। सस्तो कार ल्याएर मात्र हुदैन कम्पनीलाई त्यस मोडलको जस्तै सुविधा सहित अन्य कम्पनीले ल्याएका कारसँग प्रतिष्पर्धाको चुनौती समेत हुने गर्छ। यस्तो चुनौती सामना गर्न मोटर कम्पनीहरुले आफ्ना मोडललाई ‘मोडिफाई’ र ‘अपग्रेड’ गरेर उपभोक्ताको चाहना पुरा गर्ने कोसिस गरिरहन्छन्। फक्सवागनले पनि उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै ‘पोलो’का दुइथरी परिस्कृत नयाँ मोडल ल्याएको छ। नेपाली बजारमा एक महिनाअघि मात्र भित्रिएका पोलोका नयाँ मोडलहरु उपभोक्ताको रोजाइमा पर्न थालेका

शान्त ‘सिल्फी’मा सयर

Tweet चर्चित ब्रान्डको छरितो कारको खोजीमा हुनुहन्छ भने विकल्पकोपमा नेपाली बजारमा आएको छ, जापानी कम्पनी निसानको ‘सिल्फी’। विश्व चर्चित निसानले थाइल्यान्डको फ्याक्ट्रीमा उत्पादन गरेको ‘सिल्फी’ प्रिमियम सेडानको खोजीमा रहेकाका लागि विकल्प हुनसक्छ। सि–सेग्मेन्टको यो गाडीलाई ‘फेमिली कार’कोरुपमा प्रचार गरिएको छ। व्यवसायी, बैंकर्स, कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)मा कार्यरत उच्च तहका व्यक्तित्वलाई लक्षित गरि निसानले यो कार  नेपालमा भित्र्याएको हो। ‘प्रिमियम सेग्मेन्टको फेमिली कार खोज्नेलाई लक्षित गरेर हामीले यो गाडी ल्याएकार हौ,’ निसानको बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सका वरिष्ठ प्रबन्धक शम्भु सुवेदीले भने, ‘यसमा अत्याधुनिक विशेषता रहेकाले ग्राहकले धेरै चासो दिएका छन्।’ यसैसातादेखि बिक्री सुरु गरिएको ‘सेल्फी’ दुइवटा बिक्री भइसकेका छन्। ‘हाम्रा ग्राहक प्रिमियम मात्र भएपनि एक साता नबित्तै दुइवटा कार बिकेकाले यसप्रति ग्राहकको चासो धेरै छ भन्ने देखिएको छ,’ उनले भने, ‘अरुले पनि बुकिङ गराइरहेका छन्।’ ग्राहकको सुझावका आधारमा उनीहरुकै चाहना अनुसारको बनाइएकाले यो कार विश्व