Skip to main content

अब नयाँ पोलोको पालो

जर्मनीको फक्सवागन विश्वभरकै उपभोक्ताको रोजाइमा पर्ने सवारी ब्रान्ड हो। दक्षिण एसियाली मुलुकका ग्राहकले समेत फक्सवागनका कार किन्नुलाई गर्वका रुपमा लिन्छन्। नेपाली ग्राहक पनि यसबाट अछुतो छैनन्।
फक्सवागनका कार किन्न करोडको बजेट छुट्ट्याउने उपभोक्ता नेपालभित्रै छन्। प्रयोगकर्ताले गर्वको रुपमा लिने फक्सवागनका कार किन्न गएको दुइवर्षदेखि भने उपभोक्ताले ठूलो रकम विनियोजन गर्नुपर्दैन। कम्पनीले दक्षिण एसियाली बजार लक्षित गर्दै ल्याएका ‘पोलो’ र ‘भेन्टो’ मोडलले नेपाली ग्राहकलाई समेत ३० लाखभन्दा सस्तोमा फक्सवागनका कार चढ्ने सुविधा दिइरहेको छ।
सस्तो कार ल्याएर मात्र हुदैन कम्पनीलाई त्यस मोडलको जस्तै सुविधा सहित अन्य कम्पनीले ल्याएका कारसँग प्रतिष्पर्धाको चुनौती समेत हुने गर्छ। यस्तो चुनौती सामना गर्न मोटर कम्पनीहरुले आफ्ना मोडललाई ‘मोडिफाई’ र ‘अपग्रेड’ गरेर उपभोक्ताको चाहना पुरा गर्ने कोसिस गरिरहन्छन्।
फक्सवागनले पनि उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै ‘पोलो’का दुइथरी परिस्कृत नयाँ मोडल ल्याएको छ। नेपाली बजारमा एक महिनाअघि मात्र भित्रिएका पोलोका नयाँ मोडलहरु उपभोक्ताको रोजाइमा पर्न थालेका छन्। पुराना मोडलको भन्दा थप विशेषतायुक्त यी मोडलले नेपाली बजारमा राम्रो कारोबार गर्ने फक्सवागनको नेपाली बिक्रेता पुजा इन्टरनेसनलका बजार प्रबन्धक सारिक बोगटीले बताउछन्। एक महिनामै पोलोका नयाँ मोडल धेरै ग्राहको रोजाइमा परिसकेका छन्।
नेपाली बजारमा भित्रिएका ‘न्यू पोलो जिटी टिएसआई’ र ‘न्यू क्रस पोलो’मा अत्याधुनिक विशेषता छन्। यी मोडलमा रहेका शक्तिशाली इन्जिन, आकर्षक डिजाइन, आरामदायी सिटलगायतका विशेषताले ग्राहको मन तानेको छ। ‘न्यू पोलो जिटी टिएसआई’मा शक्तिशाली ‘टिएसआई’ इन्जिन र सेभेन स्पिड डिएसजी स्वचालित गेयरबक्सको सुविधा छ। ‘न्यू क्रस पोलो’मा नयाँ बम्पर, बडी क्याडिङ, नयाँ अलोई ह्विल, ‘टिडिआई’ इन्जिन र फाइभ स्पिड म्यानुअल गेयरबक्सजस्ता विशेषता छन्।

विश्वस्तरिय ब्रान्ड भएपनि नेपाली ग्राहको क्रम क्षमता अनुकुल भएकाले यी दुवै मोडल चाडै लोकप्रिय हुने बोगटी बताउछन्। १ हजार २ सय सिसी इन्जिन क्षमताको ‘न्यू पोलो जिटी टिएसआई’को मूल्य नेपाली बजारमा हालका लागि ३७ लाख ५४ हजार र उत्तिकै इन्जिन क्षमतायुक्त ‘न्यू क्रस पोलो’को मूल्य ३६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।
फक्सवागनको ‘इन्ट्रि लेवल कार’ मानिएको पोलोका यी नयाँ मोडल ह्याचब्याक समूहका कार हुन्। यी मोडलमा ‘हाइटेक मेसिनरी’ प्रयोग भएको छ। ‘न्यू पोलो जिटी टिएसआई’मा प्रयोग भएको ‘टिएसआई’ पेट्रोल इन्जिनका लागि एकदमै राम्रो इन्जिन मानिन्छ। यसले उच्च शक्ति उत्पादन गर्नुका साथै इन्धन कम खपत गर्ने बोगटीले बताए। टिडिआई इन्जिन पनि शक्तिशाली र इन्धन किफायती छ।
न्यू पोलो जिटी टिएसआई’ले ५ हजार आरएमपीमा ७७ किलोवाटको शक्ति र १५ सयदेयिख ४१ सय आरएमपीमा १ सय ७५ एनमएमको टर्क दिन्छ। ‘न्यू क्रस पोलो’ले भने ४२ सय आरएमपीमा ५५ किलोवाटको शक्ति र २ हजार आरएमपीमा १ सय ८० एनएमको टर्क दिन्छ। दुवैमा अलोई ह्विलको प्रयोग भएको छ।
यी मोडलमा प्रयोग भएको ह्यालोगेन हेडल्याम्पले कारलाई आकर्षक बनाउनुका साथै अध्यारोमा चलाउदा सहजता प्रदान गर्छ। लेदर बेरिएको स्टेयरिङ, लेदर बेरिएकै ह्यान्ड ब्रेकले चालकलाई सजिलो पार्नेछन्। यी मोडलमा ‘क्रोम इन्टेरियोर ट्रिम्स’, ‘क्लाइमाट्रोनिक’ स्वचालित एयर कन्डिसनरजस्ता विशेषता छन्। यसमा रहेको एयर कन्डिसनर स्वचालिनरुपमा चल्ने र धुलोलाई छान्ने गर्छ।
ठूलो स्क्रिन र धेरैखाले बटमयुक्त म्युजिक सिस्टममा आधुनिक विशेषता छन्। यो सिस्टमलाई युएसबी, एक्स–इन, एसडी कार्ड, ब्लुटुथ र फो स्पिकरसँग सजिलै जोड्न सकिन्छ। गती सम्बन्धित विद्युतिय पावर स्टेयरिङ यी मोडलका थप विशेषता हुन्। रिमोटमार्फत कन्ट्रोल गर्न सकिने सेन्ट्रल लकिङ सिस्टम, इन्ट्रुमेन्ट क्लस्टर, टिचोमिटर, स्पिडोमिटर, ओडोमिटर, ट्रिप ओडोमिटरले गाडीलाई चलाउन, पार्किङ गर्न र सुरक्षित राख्न सहज बनाउनेछन्।
मल्टि–फङ्सन स्टेयरिङ ह्विल, उचाई मिलाइएको ड्राइभर सिट, रेयर पार्किङ सिस्टम, इलेक्ट्रोनिक्स स्टेबलाइजेसन प्रोग्राम(इएसपी), एन्टिलक ब्रेकिङ सिस्टम(एबिएस), अगाडीपट्टीको दुवै सिटमा एयरब्याग, पावर विन्डोजस्ता विशेषताले यी मोडललाई उपभोक्तामैत्री बनाएका छन्। ‘न्यू पोलो जिटी टिएसआई’ नेपाली बजारमा क्यान्डी ह्वाइट, फ्ल्यास रेड र डिप ब्ल्याक कलर र ‘न्यू क्रस पोलो’ फ्ल्यास रेड, रिफ्लेक्स सिल्भर एवं डिप ब्ल्याक पर्पल कलरमा उपलब्ध छन्। विश्वकार १ सय ५० भन्दा बढी मुलुका बिक्री भइरहेको र धेरै ग्राहकको रोजाइमा परेको फक्सवागन ब्रान्ड नेपाली उपभोक्तामाझ पनि निक्कै लोकप्रिय छ। यसको लोकप्रियतालाई बजारमा आएका दुई मोडलले अझ उचाइमा पुर्‍याउछन् वा खस्काउछन्, आगामी दिनले देखाउनेछन्।

 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु