Skip to main content

सार्कमा धेरै जनताले फोन प्रयोग गर्नेमा नेपाल तेस्रो

नेपाल दक्षिण एसियाली क्षेत्र(सार्क)मा धेरै जनताको पहुँचमा टेलिफोन सेवा विस्तार हुनेमध्ये नेपाल तेस्रो स्थानमा पुगेको छ। 

मोबाइल फोनको प्रयोग तीव्ररुपमा विस्तार भएपछि नेपाल यस क्षेत्रका धेरै जनताले टेलिफोन प्रयोग गर्ने मुलुकमध्ये तेस्रो स्थानमा पुगेको हो। पछिल्ला वर्षहरुमा संसारभर नै टेलिफोन प्रयोगकर्ता बढिरहेका छन्। सार्क क्षेत्रमा पनि टेलिफोन प्रयोगकर्ताको वृद्धि तिव्र छ। 

मोबाइल सेवा र मोबाइल सेट सस्तिएपछि नेपालजस्ता विकासोन्मुख मुलुकहरुमा पनि टेलिफोन प्रयोगकर्ता वृद्धि उच्च छ। कम विकसित मुलुकहरु रहेको अफ्रिकी महादेशमा समेत अहिले टेलिफोन प्रयोगकर्ता बढिरहेका छन्। 

जनसंख्या र वितरित टेलिफोन सेवाको अनुपातका आधारमा निकालिने टेलिघनत्वको तुलना गर्दा नेपाल तेस्रो स्थानमा देखिएको हो। टेलिघनत्वको आधारमा सार्क मुलुकमा माल्दिभ्स सबैभन्दा अगाडी देखिएको छ। सञ्चार प्राधिकरण माल्दिभ्सका अनुसार गत अगष्ट सम्ममा माल्दिभ्सको टेलिघनत्व १ सय ९६.८० प्रतिशत पुगेको छ। प्राधिकरणको तथ्याङ्क हेर्दा माल्दिभ्समा प्रति व्यक्ति दुई लाइन टेलिफोन सेवा पुगेको देखिन्छ। 

सार्क मुलुकका दूरसञ्चार नियामक निकाय र विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका समाचारका आधारमा लिइएका पछिल्लो तथ्याङ्कको तुलना गर्दा श्रीलंका दोस्रो स्थानमा रहेको छ। टेलिकम्युनिकेसन रेगुलेटरी कमिसन श्रीलंकाका अनुसार गत जुनसम्ममा श्रीलंकाको टेलिघनत्व १ सय १०.३ प्रतिशत छ।

कमिसनले त्यसपछिको तथ्याङ्का आफ्नो वेवसाइटमा राखेको छैन। तर श्रीलंकाका विभिन्न सञ्चारमाध्यमले भने अक्टोवर महिनाको पहिलो सातामा लेखेको समाचारमा भने मोबाइल उपलब्धता शतप्रतिशत पुगेको उल्लेख छ। मोबाइल उपलब्धता शतप्रतिशत पुगेको अवस्थामा भने श्रीलंकाको टेलिघनत्व करिब १ सय १६ प्रतिशत पुग्नेछ। 

गत अगष्टमा नेपाल दूरसञ्चार प्राधिकरणले निकालेको व्यवस्थापन सूचना प्रणाली(एमआइएस) प्रतिवेदन अनुसार नेपालको टेलिघनत्व ८१.७२ पुगेको छ। यसका आधारमा नेपाल सार्क मुलुकमा टेलिघनत्व धेरै हुने मध्येमा तेस्रो स्थानमा आउँछ। नेपालको टेलिघनत्व भारतकोभन्दा बढी रहेको छ। 

छिमेकी मुलुक भारतको टेलिघनत्व भने नेपालकोभन्दा कम रहेको छ। भारत सार्क क्षेत्रमा टेलिघनत्वका आधारमा छैटौं स्थानमा रहेको छ। भारतको टेलिघनत्व ७३.३२ प्रतिशत रहेको छ। यसैगरी सार्क मुलुकमध्ये भुटान चौथो, पाकिस्तान पाचौंैं, अफगानिस्तान सातौ र बंगालादेश आठौं स्थानमा रहेका छन्।

दूरसञ्चार सेवाप्रदायकको संख्या वृद्धिसँगै प्रयोगकर्ता बढेकाले नेपालमा पछिल्ला वर्षमा टेलिघनत्व उच्च हुदै गएको हो। मोबाइल सेवा सुलभ बनेकाले सार्क क्षेत्रका अन्य मुलुकमा समेत मोबाइलकै ग्राहक धेरै देखिएका छन्। नेपालमा पनि मोबाइल सेवा प्रयोग गर्ने उपभोक्ता धेरै रहेका छन्। नेपालमा टेलिफोन सेवाको पहुँचमा बाधिनेमध्ये ७२.५८ प्रतिशत मोबाइल सेवाको नेटवर्कमा आवद्ध छन्। 


सार्क मुलुकको टेलिघनत्व

मुलुक            टेलिघनत्व
माल्दिभ्स              १९६.८०
श्रीलंका              ११०.३
नेपाल               ८१.७२
भुटान               ७६.४७
पाकिस्तान       ७३.५
भारत               ७३.३२
अफगानिस्तान       ७२
बंगालादेश               ६७

स्रोत : सम्बन्धित मुलुकका टेलिफोन सेवा नियामक निकायहरु 


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...