Skip to main content

शान्त ‘सिल्फी’मा सयर

चर्चित ब्रान्डको छरितो कारको खोजीमा हुनुहन्छ भने विकल्पकोपमा नेपाली बजारमा आएको छ, जापानी कम्पनी निसानको ‘सिल्फी’। विश्व चर्चित निसानले थाइल्यान्डको फ्याक्ट्रीमा उत्पादन गरेको ‘सिल्फी’ प्रिमियम सेडानको खोजीमा रहेकाका लागि विकल्प हुनसक्छ।
सि–सेग्मेन्टको यो गाडीलाई ‘फेमिली कार’कोरुपमा प्रचार गरिएको छ। व्यवसायी, बैंकर्स, कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)मा कार्यरत उच्च तहका व्यक्तित्वलाई लक्षित गरि निसानले यो कार  नेपालमा भित्र्याएको हो। ‘प्रिमियम सेग्मेन्टको फेमिली कार खोज्नेलाई लक्षित गरेर हामीले यो गाडी ल्याएकार हौ,’ निसानको बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सका वरिष्ठ प्रबन्धक शम्भु सुवेदीले भने, ‘यसमा अत्याधुनिक विशेषता रहेकाले ग्राहकले धेरै चासो दिएका छन्।’
यसैसातादेखि बिक्री सुरु गरिएको ‘सेल्फी’ दुइवटा बिक्री भइसकेका छन्। ‘हाम्रा ग्राहक प्रिमियम मात्र भएपनि एक साता नबित्तै दुइवटा कार बिकेकाले यसप्रति ग्राहकको चासो धेरै छ भन्ने देखिएको छ,’ उनले भने, ‘अरुले पनि बुकिङ गराइरहेका छन्।’ ग्राहकको सुझावका आधारमा उनीहरुकै चाहना अनुसारको बनाइएकाले यो कार विश्वभर मनपराइएकोमा परेको छ।

निसानले ‘सिल्फी’ कार उत्पादन गर्नका लागि सन् २००० देखि सन् २०१२ सम्म अध्ययन अनुशन्धान गरेको थियो। विश्वका १ सय ७० मुलुकबाट प्राप्त सुझावका आधारमा यो कार निर्माण गरिएको हो।
‘सिल्फी’ मोडलका १ हजार ६ सय र १ हजार ८ सय सिसी इन्जिन क्षमताका दुइथरी भ्यारेन्ट उत्पादन गरिएको छ। नेपाली बजारमा भने १ हजार ६ सय सिसी इन्जिन क्षमताको कार मात्र ल्याइएको छ। हाललाई यसको स्वचालित सञ्चालन सुविधा भएको मोडल उपलब्ध छैन। कम्पनीले चाडै स्वचालित सञ्चालन सुविधाको मोडल पनि भित्र्याउने तयारी गरिरहेको छ।
‘एक्ट्रोनिक सिभिटी अर कन्टिन्युअस्ली भेरिएवल ट्रान्समिसन’युक्त यो कारमा चार सिलिन्डरयुक्त इन्जिन प्रयोग गरिएको छ। यसमा प्रयोग भएको दुइवटा सिभिटिसी(कन्टिन्युअस्ली भेरिएवल टिम्मिङ कन्ट्रोल) प्रणालीले १० प्रतिशत इन्धन बचत गर्ने कम्पनीको दाबी छ।
यसमा प्रयोग भएको इन्जिनले ५ हजार ६ सय आरपिएममा १ सय १६ किलोवाटको उच्चतम उर्जा दिनसक्छ। यसले ४ हजार आरपिएममा १ सय ५४ न्युटन मिटर(एनएम)को टर्क उत्पन्न गर्छ। १६ इन्चको टायर र १ सय ६५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली सडकमा पनि सजिलै कुदाउन सकिने सुवदी जानकारी दिन्छन्। ‘एसियाली बजारलाई हेरेर बनाएकाले नेपालमा पनि यसलाई सजिलै चालउन सकिन्छ,’ उनले भने, ‘यो कार नेपाली सडक सुहाँउदो छ।’
यसमा प्रयोग गरिएको प्रविधका कारण अरु कार चलाउदा जस्तो आवाज ठूलो आउदैन। कार चालक र त्यसमा सवार कसैले पनि हल्ला भएको महसुस गर्न सक्दैनन्। यसको यही शान्त स्वभावले धेरैलाई आकर्षित गर्ने गरेको छ। कुनै यात्रामा निस्कदा तपाईलाई कारको हल्लाले ‘डिस्टर्व’ गर्नेछैन। शान्तसँग आरामदायी यात्रा गर्न सक्नुहुन्छ।
यात्रालाई यसको फराकिलो भित्री बनोटले अझ सहज बनाउनेछ। यसमा प्रयोग भएका आरामदायी सिटले लामो यात्रालाई पनि सहज पार्नेछन्। दुई सिटबिचको लम्बाई धेरै भएकाले अग्ला यात्रुलाई समेत कुनै अफ्ट्यारो हुनेछैन। यसको आरामदायी र शान्त स्वाभावलाई तुलना गर्दै केही अन्तर्राष्ट्रिय मिडियाले त बिएमडब्लुको तेस्रो श्रेणीका कारसँग दाँजेका छन्।
यसमा रहेको ‘डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल’ प्रणालीले जस्तोसुकै मौसममा पनि स्वचालितरुपमा तापक्रम मिलाउने काम गर्छ। यसमा रहेको ठूलो डिकीले गर्दा पारिवारिक घुमाइका लागि प्रसस्त सामान राख्न सकिन्छ। ‘किलेस इन्ट्री’को सुविधालाई उपयोग गर्दै यसलाई चाबीबिनै चलाउन र रोक्न सकिन्छ।
यसमा रहेको ‘फ्युल सेभिङ मोड’ले इन्धनको खपत कम गर्न सहयोग गर्छ। चारवटा एयरब्यागको सुविधायुक्त ‘सिल्फी’मा एन्टिलक ब्रेकिङ सिस्टम रहेको छ। इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन(इबिडी) सुविधा भएको यो कारमा चालकलाई ब्रेक लगाउनु पर्छ पर्दैन भनेर जानकारी दिने ‘ब्रेक असिस्ट(बिए)’को सुविधा पनि छ।
‘रेनफोर्समेन्ट डोर’को सुविधा रहेकाले दुर्घटनाका बेलामा समेत यसका ढोकाले यात्रु एवं चालकको सुरक्षा गर्ने कम्पनीले जनाएको छ। यसमा ‘क्रम्बिलिङ जोन’को सुविधा पनि छ। यसको मूल्य नेपाली बजार ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ। विभिन्न ६ वटा रङमा उपलब्ध शान्त स्वभावको ‘सिल्फी’ कारले नेपाली बजारमा निसानको गती पनि दौडाउने बिक्रेताको अपेक्षा छ। दसैंको मुखमा बजारमा आएको ‘सिल्फी’ले निसानका बिक्रेतालाई दसैं ल्याउने हो की होइन, हेर्न भने बाकी नै छ।
 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु