Skip to main content

‘युनिसेक्स’ यामाहा ‘रे-जी’

आकर्षक डिजाइन, उच्च इन्जिन क्षमता, उपयुक्त मूल्य र राम्रो माइलेज, यी सवारी साधन किन्न खोज्नेका साझा चाहना हुन्। दुई पाङ्ग्रे होस् वा चार पाङ्ग्रे, जस्तो सुकै सवारी जोड्न चाहनेले यस्ता विशेषता खोज्ने गर्छन्। 
मध्यम वर्गीय नेपालीको साझा सवारी बनेको बाइकमा यस्ता खाले विशेषता खेज्दै सोरुम धाउने धेरै छन्। अझ युवा पुस्ताका निम्ति त डिजाइन र इन्जिन क्षमता नै आकर्षण हो। यस्तै विशेषतायुक्त दुई पाङ्ग्रे सवारी खोज्ने तन्नेरीका लागि नयाँ विकल्प आएको छ – यामाहको ‘रे–जी’ स्कुटर। 
युनिक र आकर्षक ग्राफिक्स, अन्य स्कुटरभन्दा बढी इन्जिन क्षमता, बढी माइलेज र उपयुक्त मूल्यका कारण यामाहा ‘रे–जी’ले नेपाली तन्नेरीको मन जित्न थालेको छ। ‘युवा पुस्ता हाम्रो स्कुटरप्रति आकर्षित भएका छन्,’ यामाहाको बिक्रेता मोरङ अटो वक्र्सका बजार प्रबन्धक गौरव हमाल भन्छन्, ‘नेपाल भित्रिएको दुई महिनाभित्र १ हजारभन्दा बढी बिक्री हुनु यसको प्रमाण हो।’ 
यसको युनिक खाले ग्राफिक्सले सबैभन्दा बढी तन्नेरीलाई आकर्षण गरेको छ। गएको दुई महिनामा हजार वटा भन्दा बढी यो मोडेलका स्कुटर बिक्री भइसकेका छन्। ‘यसको उच्च इन्जिन क्षमता र माइलेजले पनि धेरैलाई आकर्षित गरेको छ,’ हमाल भन्छन्, ‘यसले हामीलाई स्कुटर बजारमा समेत स्थापित बनाउने देखाएको छ।’ 
यसअघि मोटरसाइकल मात्र बजारमा ल्याएको यामाहाले आफ्नो पहिलो मोडेल ‘यामाहा रे’को अपग्रेड भर्सनकोरुपमा यसलाई बजारमा ल्याएको हो। स्कुटर महिलाका निम्ती बनाइएको बाइक भएपनि यसलाई महिला पुरुष दुवैले रुचाउने गरि निर्माण गरिएको छ। महिला र पुरुषले समेत मन पराउने डिजाइन र ग्राफिक्समा निर्माण भएकाले कम्पनीले यसलाई ‘युनिसेक्स बाइक’को संज्ञा दिएको छ। 

‘केटाहरुलाई समेत हुने भएकाले यसलाई युनिसेक्स बाइक भनिएको हो,’ हमाल भन्छन्, ‘यसको लुक्सले केटाहरुलाई समेत आकर्षित गर्छ।’ १ सय १३ सिसी इन्जिन क्षमताको यो स्कुटर स्टाइलिस छ। ‘रे’का पछाडी अङ्ग्रेजी ‘जेड’ जोडिएको यो स्कुटरलाई कम्पनीले ‘रे–जी’ नाममा ब्रान्डिङ गरिरहेको छ। 
नेपाली बजारमा १ लाख ६२ हजार ९ सय रुपैयाँ भाउ तोकिएको यो स्कुटरमा एयर कुल्ड इन्जिन प्रयोग भएको छ। यसले अधिकतम शक्ति ७.१ पिएस र अधिकतम टर्क ८.१ एनएम दिनसक्छ। कम्पनीले प्रति लिटर पेट्रोलमा ५३ किलोमिटर कुदाउन सकिने दाबी गरेको यो स्कुटरले कम्तिमा ४५ किलोमिटर माइलेज दिन्छ। 
रेसिङ लुक्सयुक्त स्कुटर भएकाले युवा पुस्ताले यसको स्टाइललाई मन पराएका छन्। ‘ब्ल्याक थन्डर’, ‘प्रिस्टाइन ह्वाइट’ र ‘रिगल रेड’ गरी तीन रङमा उपलब्ध यो स्कुटर नेपाली युवा–युवतीको पहिलो रोजाइमा पर्ने हमालको दाबी छ। 
भारतमा गत वर्ष विभिन्न अवार्ड समेत पाएका यामाहाका स्कुटर नेपाली सडक र ग्राहक सुहाउादा भएको हमाल बताउछन्। स्पोर्टी लुक्स, इन्धन किफायती, अगाडी पट्टी डिस ब्रेकजस्ता विशेषता यसमा छन्। सहरी यात्राका लागि मोटरसाइकलको सट्टा स्कुटर रोज्नेहरु बढिरहेका बेला यामाहाको नयाा विशेषतायुक्त ‘रे–जी’ले धेरैको मन जितिरहेको छ। भारतमा विभिन्न पुरस्कार जितेको यसले अझै धेरै नेपाली ग्राहकको मन जित्न भने बाकी नै छ। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...